• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      १ घण्टा अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      १२ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      १२ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ १०, आईतबार (३ महिना अघि)
  • ४९३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले रचनात्मक उद्योग क्षेत्रका कार्यक्रमलाई बढाउँदै लगेको छ । यसै क्रममा शनिवार चर्या गुरु यज्ञमानपति बज्राचार्यको एकल चर्या प्रवाह आयोजना गरेर उहाँलाई सम्मान प्रदान गरेको छ । नेपाः डान्स एकेडेमीसँगको सहकार्यमा नेपाः सांस्कृतिक पुचःले शनिवार राष्ट्रिय नाच घरमा प्रस्तुत गरेको ‘गुरु यज्ञपतिमान बज्रचार्य सम्मान तथा चर्या नृत्य एकल साँझ २०८३ चर्या प्रवाह’मा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चर्या गुरु बज्राचार्यलाई सम्मान प्रदान गर्नुभएको हो ।

    त्यही अवसरमा नेपाः डान्स एकेडेमीले पनि विशेष सम्मान प्रदान गरेको थियो । कार्यक्रममा गुुरु वन्दना, पँयेता मूः द्यः ल्हायेगु, रत्नमण्डल अर्पण, पञ्चोपचार अर्पण, षोडषलास्य, पद्मनर्तेश्वर, एवममया, नाम संगीति, कुरुकुल्ला, बज्र सरस्वती, कालभैरव, वुंगमलोकेश्वर, जय जय बागेश्वरी, बज्रवीर महाकाल र बज्रसत्व शत्ताक्षर नृत्य प्रस्तुत गरिएका थिए ।

    यी नृत्यहरुमा ७५ जनाले प्रस्तुतिकरण गर्नुभएको थियो । बज्रयान बौद्ध दर्शनमा आधारित विभिन्न देवी देवताको स्वरुप, भाव र मुद्रामा आधारित यो नृत्य काठमाडौँ उपत्यकामा बसोबास गर्ने बौद्धमार्गी समुदायले देवीदेवता र पितृ आव्हान तथा आराधना गर्दा तोकिएका व्यक्तिहरुका बिचमा गरिने भएकोले यसलाई गुप्त नृत्यका रुपमा लिइन्छ । चर्या गीत (बज्र गीत) को लय र तालमा प्रस्तुत हुने यस नृत्यमा पञ्चवुद्ध, मञ्जुश्री, आर्यतारा, लोकेश्वर लगायत देवीदेवताको उपासना गरिन्छ ।

    कार्यक्रममा प्रस्तुति र सम्मानपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले, लाभको आशा नगरी चर्या नृत्यको आदर्शलाई पुन्तान्तरणमा उल्लेखनीय योगदान गर्नुभएकोले गुरुलाई सम्मान गरिएको बताउनुभयो । ‘उमेर, वर्ण, धर्म, लिङ्ग, वर्ग जस्ता कुनै पनि सीमाको पर्वाह नगरी विद्यार्थीको अनुकुलतामा शिक्षा दिने गुरुको कर्मसँग कुनै पनि वस्तु, सेवा तथा व्यक्तित्वको तुलना हुन सक्दैन । उहाँले विद्यार्थीहरुलाई आफ्नो समय दिएर सिक्न आउ भन्नु भन्दा पनि विद्यार्थीको अनुकुल समय सोधेर त्यही समयमा सिक्न आउन भन्नुहुन्छ ।

    कोही विद्यार्थी भौतिक रुपमा सिक्न आउन सकेन भने गुरुले अनलाइनमा तिम्रा लागि म कुरि राखेको छु भनेर म्यासेज पठाउनु हुन्छ । गुरु यति सक्रिय भएपछि विद्यार्थीले थालेको काम नसकी सुखै पाउँदैन । गुरुको यो गुण, गुप्त र अमूर्त सम्पदाको ज्ञान र सिप पुस्तान्तरण गर्ने अचुक विधि बनेको छ । यो कर्मप्रति हामी नतमस्तक छौँ ।’ डंगोलले आफूले पनि गुरुसँग शिक्षा लिएको प्रसङ्ग उल्लेख गर्दै अनुभव सुनाउनुभयो । धारणा राख्ने क्रममा उहाँले, वुद्ध दर्शनलाई सामयिक जीवन पद्धति र युवा पुस्ता माझ लोकप्रिय गराउने बज्राचार्यको योगदानको प्रशंशा गर्नुभयो ।

    ‘मैले यस अघि के गरिरहेको थिएँ । खासै अनुभूति थिएन । आज काठमाडौँ महानगरपालिकाले यत्रो ठुलो कार्यक्रम गरेर मलाई मेरो काम देखाइ दिए पछि मैले त राम्रै काम गरेको रहेँछु भन्ने अनुभूति भयो । जीवन सार्थक भएको जस्तो लाग्यो । मैले दिएको शिक्षालाई जीवन्त प्रदर्शन गर्ने क्षमता उत्पादन गर्ने नेपाः डान्स एकेडेमीको मिहिनेत देखेर मेरा त आँखा नै रसाए ।’ बज्राचार्यले भावुक हुँदै भन्नुभयो, ‘आज पाएको यो हौसला र तागतले अझै पनि केही गर्न सक्छु जस्तो लागेको छ । मलाई तपाईँहरु सबैले आशीर्वाद दिनुहोस् ।’ चर्या नृत्यका विषयमा धारणा राख्दै उहाँले भन्नुभयो, ‘चर्या नृत्य गर्ने व्यक्तिहरु देवी र देवताको आव्हान गरेर आफूमा देव भाव उतार्न सक्ने व्यक्तित्व भएकोले उहाँहरुलाई कलाकार मात्र भनेर पुग्दैन । उहाँहरु त्यो भन्दा माथिल्लो श्रेणीको हुनुहुन्छ ।

    यो नृत्य भनेको जीवन बुझ्ने, बुझाउने र जीवनलाई अनुशासनमा राख्ने अस्त्र पनि हो ।’ कार्यक्रम हेर्नका लागि महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, नेपालका लागि इजरायलका राजदूत स्मुलिक अरी बास, नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइट सहित कुटनीति, कला, साहित्य तथा सिर्जना क्षेत्रका व्यक्तित्वहरु पुग्नुभएको थियो । नेवाः सांस्कृतिक पुचःका अध्यक्ष रीना महर्जनले शास्त्रीय नृत्यको गरिमा र परम्परालाई उजागर गर्दै बचावटका काम गर्ने पर्ने अवस्था आएकोले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ‘चर्या नृत्यमा युवाहरुलाई आकर्षण बढाउँदै लैजान कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’

    डान्स एकेडेमीका अध्यक्ष रोहिया महर्जनले चर्या नृत्यको विकास र विस्तारका विषयमा अनुभूति सुनाउँदै भन्नुभयो, ‘आलिङ्ग, प्रत्यालिङ्ग, मुद्रा र आसनका बारेमा बुझ्ने कौतुहलताले म चर्या गुरुकोमा पुगेँ । युवाहरुलाई पनि ममा जस्तै कौतुलहता जागोस् । र, यसले चर्या नृत्यको विस्तारमा सहयोग पुग्न सकोस् भन्ने हाम्रो अभिलाषा छ ।’ कार्यक्रम, ज्ञानका प्रतीक वुद्ध, व्यक्ति आफूसँग भएको ज्ञान उपयोगको प्रतीक धर्म, वुद्ध र धर्मको संगमको प्रतीक संघलाई गुरुज्ञान मानेर गरिने प्रार्थना गुरु वन्दनाबाट सुरु गरिएको थियो । पँयेताको अर्थात् पञ्चतालको प्रयोग, देवी उत्पत्तिको भाव, नेपाल मण्डलमा बस्ती सुरु हुनु पूर्व पोखरीमा भएको कमल, कमलबाट उत्पत्ति भएको ज्योती, हावाको वहावसँगै कमलको फूलमा देखिने क्रिया, फूल, धूप दीप, गन्ध, टीका र खाद्य परिकार सहित अलौकिक पूजा विधिमा प्रयोग गरिने हस्तमुद्रामा आधारित नृत्य प्रदर्शन गरिएका थिए ।

    जगतलाई डरमुक्त गराउने पालनकर्ता तथा रक्षक, शान्त, स्वच्छ र निर्मल बनाउने, प्राणीहरुलाई अकाल मृत्यबाट बचाउने देवीदेवताका आसनको वर्णन, उहाँहरुमा भएको करुणा, राग, द्वेष र मोह त्यागको भावना, वुद्ध शासनको रक्षा नृत्यमा भावारित गरिएको थियो । वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताव र अमोघसिद्धि पञ्चवुद्ध हुन् । प्रत्येक वुद्धका अन्तरनिहित विशेषता छन् । हरेका आफ्नै रङ्ग, मुद्रा, दिशा र अन्तरदृष्टि छन् ।

    बौद्ध धर्माबलम्बीहरुका लागि पञ्चवुद्धको स्थान उच्च छ । बिध्नबाधा नाश गरेर बुद्ध ज्ञानबाट निर्वाणको बाटो देखाउने बज्रयानी र महायानी परम्परा छ । यही परम्परामा ज्ञान र सकारात्मक उर्जाको संरक्षण र नकारात्मक उर्जाको नाश नृत्यका भाव र मुद्राबाट प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    समाचार

    अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑