• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      ८ घण्टा अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      ८ घण्टा अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      ८ घण्टा अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      ११ घण्टा अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      १२ घण्टा अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      १२ घण्टा अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      १२ घण्टा अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      १२ घण्टा अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      २ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ३ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ३ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ३ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ४ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ४ दिन अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ १०, आईतबार (१२ घण्टा अघि)
  • २८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरुप आज काठमाडौँ महानगरपालिका वडा–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुभएको हो । सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । उहाँले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराउनुभयो ।

    मन्त्री पोखरेलले देश भकारका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गर्नुभयो । यसअघि सबै विद्यालयलाई समाज बजेट पटाउँदा समस्या उत्पन्न भएको भन्दै उहाँले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोही अनुरूप बजेट पठाइने उल्लेख गर्नुभयो ।

    मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिनुभयो । मन्त्री पोखरेलले सोही निर्वाचन क्षेत्रको जनप्रतिनिधिको हैसियतले स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तीनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खाने पानीलगायतका गुनासो गरेका थिए ।

    सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आई नपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो पोखेका थिए । उनीहरूले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बत्ती, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष अनुरोध गरेका थिए । यस्तै त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो समेत राखेका थिए ।

    स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिएबमोजिम गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चित गरिने बताउनुभयो । त्यसै गरी सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाडै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिए लगत्तै त्रिवि सेवा आयोग लगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ क्षेत्र नं ५ मा १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासाे सुन्ने र सम्बोधन गर्ने गरी अघि बढेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । उहाँले आफ्नो मन्त्रालय र सरकारको कामबारे जनतालाई सुसूचित गराइने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताउनुभयो ।

    कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्षेत्र नं ५ का उल्लेख्य सङ्ख्यामा स्थानीय जनता, बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

    समाचार

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑