
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आइतबार बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरुभएको हो।
बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण मुख्य एजेन्डा छन्। बैठकमा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘महाधिवेशन कार्यविधि २०८३’ लाई प्राथमिकतामा राखेर छलफल गरिँदैछ ।
यससँगै संसदीय दलको विधान संशोधनबारे आवश्यक निर्णय लिइँदैछ । विधान संशोधनसहित समसामयिक विषयहरूमा छलफल गरी संगठन सुदृढीकरणको स्पष्ट मार्गचित्र तय गरिने प्रवक्ता मनिष झाले बताएका छन् ।


