काठमाडौं । झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपर स्टोर भोलि २०८३ भदौ १४ गते आइतबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ । स्टोर पुनः सञ्चालनमा आउन लागेको अवसरमा भाट–भटेनीले ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोर पुनः सञ्चालनसँगै ग्राहकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

