• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि MAXUS Nepal को ७० लाख सहयोग घोषणा

      १ मिनेट अघि

      परिवारसँग नाडा अटो शो जाँदै हुनुहुन्छ? यी आकर्षण छुटाए पछुताउनुहोला!

      १६ मिनेट अघि

      प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग

      १९ मिनेट अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

      २५ मिनेट अघि

      बिर्तामोडको भाट–भटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

      ३५ मिनेट अघि

      विपद् पीडितलाई सहुलियतपूर्ण कर्जा दिन निर्देशन

      ४३ मिनेट अघि

      नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई कर्जा छनौटको अवसर

      ४८ मिनेट अघि

      त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

      १ घण्टा अघि

      ५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

      १ घण्टा अघि

      रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

      १ घण्टा अघि

      कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

      १ घण्टा अघि

      चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

      २ घण्टा अघि

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      ३ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      ३ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      ३ दिन अघि
    आज: २०८३ भाद्र १४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    परिवारसँग नाडा अटो शो जाँदै हुनुहुन्छ? यी आकर्षण छुटाए पछुताउनुहोला!

  • लाईभ नेपाल
  • २०८३ भाद्र १४, आईतबार (१६ मिनेट अघि)
  • १  पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ आइतबार परिवारसँग घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा छुट्न नहुने ठाउँ हो । गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गर्छ ।

    तर, नाडाले पहिलो पटक ‘मेड इन नेपाल/मेड फर नेपाल’ को छुट्टै पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता दिएको छ । यो पेभिलियनमा नेपाली उद्योगले उत्पादन गरिरहेका विद्युतीय मोटरसाइकल तथा स्कुटर, नेपालमा एसेम्बल भएका कार, अटोमोटिभ ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, टायर तथा विभिन्न कम्पोनेन्टबारे प्रत्यक्ष जानकारी लिन सकिन्छ । नाडाका अनुसार यस पेभिलियनमा ८ वटा स्टल रहेका छन् ।

    यसपटकको पेभिलियनको सबैभन्दा आकर्षक पक्ष भनेको नेपालमा उत्पादन र एसेम्बलिङको सम्भावना देखाउने प्रयास हो । यात्रीको विद्युतीय स्कुटर, नेपालमा एसेम्बल गरिएका मेटा इभिदेखि हुन्डाईका सवारीसाधन तथा एसियन ब्याट्रिजका उत्पादनले स्वदेशमै अटोमोबाइल उद्योग विकास गर्न सकिने सम्भावना देखाइरहेका छन् । गाडी उत्पादनका लागि आवश्यक सबै सामग्री नेपालमै बन्ने अवस्था अझै बनिसकेको छैन ।

    तर ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, विभिन्न कम्पोनेन्टलगायतका क्षेत्रमा नेपाली उद्योगको उपस्थिति विस्तार हुँदै गएको छ । त्यसैले यो पेभिलियन केवल उत्पादनको प्रदर्शनी नभई नेपालको अटोमोबाइल उद्योग कहाँ पुगेको छ र कहाँ पुग्न सक्छ भन्ने बुझ्ने अवसर पनि हो । अटो शोमा ठूला र महँगा गाडी हेर्नु मात्र होइन, आफ्नै देशमा के उत्पादन भइरहेको छ भन्ने बुझ्न पनि सकिन्छ । परिवारसँग जाने अभिभावकले बालबालिकालाई नेपाली उद्योग, प्रविधि, विद्युतीय सवारी र रोजगारी सिर्जनाबारे प्रत्यक्ष रूपमा देखाउन सक्ने अवसरका रूपमा पनि यो पेभिलियनलाई लिन सक्छन् ।

    अटो शो आयोजक नाडाका संयोजक अनुप बरालका अनुसार यसपटक तीन लाख वर्गफुट क्षेत्रमा २०० भन्दा बढी स्टल राखिएका छन् । यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन् । त्यसका अतिरिक्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पाट्र्स, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् । परिवारसँग अटो शो पुग्दै हुनुहुन्छ भने घुमाइलाई केही व्यवस्थित बनाउन सकिन्छ ।

    पहिलो, ‘मेड इन नेपाल÷मेड फर नेपाल’ पेभिलियनमा पुगेर नेपाली उत्पादन र एसेम्बलीबारे जानकारी लिनुहोस् ।

    दोस्रो, आफूलाई मन परेको नयाँ ईभी, कार वा मोटरसाइकलको मूल्य, रेन्ज, फिचर्स र बिक्रीपछिको सेवाबारे कम्पनीका प्रतिनिधिसँग बुझ्नुहोस् ।

    तेस्रो, बालबालिकालाई नयाँ प्रविधि र भविष्यको मोबिलिटीबारे जानकारी दिनुहोस् ।

    यसपटक अटो शोमा ह्युमानोइड रोबोट र क्वाड्रुपेड रोबोटसमेत विशेष आकर्षणका रूपमा राखिएका छन् । चौथो, तत्काल गाडी किन्ने योजना नभए पनि विभिन्न ब्रान्डको प्रविधि र मूल्य तुलना गरेर भविष्यका लागि जानकारी संकलन गर्न सकिन्छ । नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती भन्छन्, ‘परिवारसँग अटो शो घुम्ने हो भने विदेशी ब्रान्डका चम्किला गाडी मात्र होइन, नेपालमै बन्न थालेका सवारी र अटोमोबाइल सामग्रीको कथा पनि हेर्न नछुटाउनुहोस् ।’

    उप्रेतीका अनुसार, ‘यसपटकको नाडा अटो शोमा ‘मेड इन नेपाल’ हेर्नु भनेको केवल एउटा स्टल हेर्नु होइन, नेपालको अटोमोबाइल उद्योगको सम्भावना हेर्नु पनि हो।’

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि MAXUS Nepal को ७० लाख सहयोग घोषणा

    प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग

    एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

    बिर्तामोडको भाट–भटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

    विपद् पीडितलाई सहुलियतपूर्ण कर्जा दिन निर्देशन

    नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई कर्जा छनौटको अवसर

    समाचार

    बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि MAXUS Nepal को ७० लाख सहयोग घोषणा

    परिवारसँग नाडा अटो शो जाँदै हुनुहुन्छ? यी आकर्षण छुटाए पछुताउनुहोला!

    प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग

    एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑