काठमाडौँ । धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन राहत नबाँडेको भन्दै आक्रोश व्यक्त गरेपछि तनाव भएको छ । बाढीपछि तीन दिनसम्म राहत नबाँडेको भन्दै तामाङले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
आशिकाले गल्छी गाउँपािलका–६ का वडाध्यक्ष दीपककुमार कार्कीसँग विवाद गरेकी हुन् । रातदिन नागरिकका लागि खटेका जनप्रतिनिधिलाई थर्काएपछि जवाफ दिएको कार्कीले बताएका छन् ।

