• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १३ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १६ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १६ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १७ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १९ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      १९ घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

  • लाईभ नेपाल
  • २०८३ भाद्र १५, सोमबार (१ हफ्ता अघि)
  • ९०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ।
    भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रमको सुरुवात नै बाढीमा परी ज्यान गुमाएका सयौँ नेपाली नागरिकको स्मरणमा मौनधारणबाट गरिएको थियो। विपद्को पीडाबीच आयोजना गरिएको उक्त कार्यक्रमले संस्थागत जिम्मेवारी हस्तान्तरणसँगै मानवीय संवेदनालाई समेत केन्द्रमा राखेको थियो।

    कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रम प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले सञ्चालन गरेका थिए। सो अवसरमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रुद्राक्षको माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

    त्यसपछि प्रमुख निर्वाचन अधिकृत कार्कीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने शपथ गराएका थिए।

    शपथग्रहणपछि निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले अध्यक्ष मन्जिला अनिल शर्मा, वरिष्ठ उपाध्यक्ष कमला ओली, उपाध्यक्ष रञ्जना निरौला, महासचिव रमेश दाहाल, सचिव खेमराज न्यौपाने र कोषाध्यक्ष कमला रिसाल पदाधिकारीलगायत सदस्यहरूमा- डीआर राई, शान्ति रिसाल, इन्दिरा ढकाल, उषा केसी, केवरा भट्टराई, देवेन्द्र पराजुली, रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, सुषमा आचार्य रहेको नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए । यीमध्ये दुईजना सदस्य अनुपस्थित थिए ।

    निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निवर्तमान अध्यक्ष के.सी.ले प्रमुख निर्वाचन अधिकृत कुमारराज कार्की तथा निर्वाचन अधिकृत रञ्जु रुषा सिग्देललाई आभारपत्र प्रदान गरेका थिए। पूर्वअध्यक्ष राधेश्याम लेकालीले समेत दुवै निर्वाचन अधिकृतलाई माला लगाएर निर्वाचन प्रक्रियालाई सफल बनाउन पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेका थिए।

    प्रतिबद्धता पूरा गर्ने अध्यक्ष शर्माको घोषणा

    पहिलो चरणको कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्माले नयाँ कार्यसमितिका तर्फबाट मन्तव्य दिँदै आफूले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता तथा संस्थाले गर्नुपर्ने आवश्यक कामहरूलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरिन्। यसै क्रममा शर्माले अनेसास नेपाल च्याप्टरलाई जग्गा दान (भूमी दान) गर्ने घोषणा गरेकी छन् ।

    उनले अनेसासको निर्वाचनलाई सफल बनाउन अग्रजहरूको मार्गदर्शन र सहयोगको स्मरण गर्दै आजीवन सदस्यहरू, निर्वाचन समिति तथा निर्वाचन प्रक्रियामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार तथा धन्यवाद व्यक्त गरिन्।

    शर्माले नयाँ कार्यसमितिले संस्थाको उद्देश्य, गरिमा र विगतका सकारात्मक कार्यलाई निरन्तरता दिँदै थप रचनात्मक तथा प्रभावकारी गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

    अग्रज साहित्यकारको उपस्थितिमा दोस्रो चरण

    पहिलो चरणको औपचारिक पद हस्तान्तरणपछि कार्यक्रमको दोस्रो चरण सुरु भएको थियो। अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष राजेन्द्र के.सी. ले गरेका थिए।

    कार्यक्रममा पूर्वसल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी पूर्वअध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार प्रतीक ढकाल, अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरे, अनेसास बोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, पूर्वउपाध्यक्ष रेनुका सोलु, अनेसास पुरस्कार समितिका सदस्य तथा नेपाल च्याप्टरकी पूर्वअध्यक्ष सन्ध्या पहाडी, च्याप्टरका सल्लाहकार प्रा.डा. रामप्रसाद दाहाल र साहित्यकार महेश पौड्याल विशेष अतिथिका रूपमा मञ्चासीन थिए।

    कार्यक्रममा प्रमुख अतिथि तथा मञ्चासीन विशेष अतिथिहरूले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले अनेसास नेपाल च्याप्टरको विगतको योगदानलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा थप प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका थिए।

    अनुभव हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष के.सी.

    कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले आफ्नो कार्यकालमा अनेसास नेपाल च्याप्टरबाट भएका विभिन्न गतिविधि, उपलब्धि तथा प्रगतिका कामहरूबारे प्रकाश पारे। उनले संस्था सञ्चालनका क्रममा आइपरेका विभिन्न कठिनाइ, चुनौती तथा सहजताका विषयमा आफ्ना अनुभवहरू समेत साझा गरे।

    आफ्नो अनुभव नयाँ कार्यसमितिका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै के.सी.ले नयाँ कार्यकालका लागि निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू संस्था सञ्चालनका लागि सक्षम, योग्य र अनुभवी रहेको बताए। उनले विगतमा सुरु गरिएका सकारात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले थप ऐतिहासिक तथा उदाहरणीय काम गर्ने विश्वाससमेत व्यक्त गरे।

    मन्तव्यकै क्रममा के.सी.ले आफूले सभापतित्व गरिरहेको स्थानबाट नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्मालाई अध्यक्षको आसनमा पदस्थापन गराउँदै आफ्नो कार्यकालको औपचारिक समापन गरेका थिए। यससँगै अनेसास नेपाल च्याप्टरको नेतृत्व औपचारिक रूपमा नयाँ कार्यसमितिले सम्हालेको हो।

    विपद्को घडीमा संस्थागत जिम्मेवारी

    काठमाडौंमा बसोबास गर्ने अनेसासका आजीवन सदस्य, साहित्यकार तथा विभिन्न क्षेत्रका उल्लेख्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकसमेत बसेको थियो।

    भोटेकोशी बाढीबाट उत्पन्न विषम परिस्थितिका कारण राहत संकलनलगायत मानवीय सहयोगका कार्य तत्काल अघि बढाउनुपर्ने अवस्था रहेकाले संस्थाको नियमित कार्य सञ्चालन तथा आकस्मिक निर्णय गर्न बाटो खुला गर्ने उद्देश्यले पनि यस समयमा पद हस्तान्तरण कार्यक्रम आयोजना गरिएको अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले जानकारी दिए।

    दाहालका अनुसार निवर्तमान कार्यसमितिले विधानतः नयाँ निर्णय गर्न नमिल्ने र नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी नसम्हालिसकेको अवस्थामा संस्थाका नियमित गतिविधि तथा विपद्का बेला गर्नुपर्ने आकस्मिक निर्णय प्रभावित हुन सक्ने भएकाले विषम परिस्थितिका बाबजुद पद हस्तान्तरणलाई अघि बढाइएको हो।

    मानवीय संवेदनाको यो कठिन घडीमा शोकलाई आत्मसात् गर्दै संस्थागत जिम्मेवारीको नयाँ अध्याय सुरु गरेको अनेसास नेपाल च्याप्टरले अब राहत तथा सहयोगका गतिविधिसँगै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनका नियमित कार्यक्रमलाई समेत निरन्तरता दिने जनाएको छ।

    यसरी बाढीको पीडाले देश शोकमा रहेका बेला श्रद्धाञ्जलि र समवेदनाबाट सुरु भएको अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण कार्यक्रम नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिँदै संस्थाको आगामी यात्राका लागि नयाँ ऊर्जा र प्रतिबद्धतासहित सम्पन्न भएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑