• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १३ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १६ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १६ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १६ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १९ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      १९ घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

  • लाईभ नेपाल
  • २०८३ भाद्र १७, बुधबार (५ दिन अघि)
  • ११७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट

  • रसुवा । रसुवाको स्याप्रुबेँसी तथा गोल्जुङ क्षेत्रका बाढीपीडित परिवारको पीडा झन् गहिरिँदै गएको छ। विनाशकारी बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन हुनुका साथै घरबारविहीन बनेका नागरिकहरू अहिले सुरक्षित स्थान र उद्धारको पर्खाइमा छन्।

    स्याप्रुबेँसी, गोल्जुङ निवासी छोङ गोम्बो लोपेन (धनबहादुर तामाङ) को परिवारले बाढीका कारण ठूलो क्षति व्यहोर्नुपरेको छ। बाढीपछि उनका सहोदर भाइ निमा गोम्बो तामाङ र भान्जा जितमान घले हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।

    यता, स्याप्रुबेँसीमा आएको बाढीका कारण मृत्युको मुखबाट जोगिएका धनबहादुर तामाङका परिवारसहित २० महिनाका बालक, ४ वर्षीया बालिका तथा दुई महिनाकी सुत्केरी जमुना तामाङसहित १३ जना घरबारविहीन तथा अलपत्र अवस्थामा परेका थिए।

    उनीहरू सुरक्षित उद्धारको प्रतीक्षामा रहेका बेला केरुङमा रोकिएका धनबहादुर तामाङले फोनमार्फत रुँदै आफ्नो परिवारको अवस्थाबारे जानकारी गराउँदै उद्धारका लागि हारगुहार गरेका थिए। त्यसपछि विभिन्न व्यक्ति तथा निकायको पहल र प्रयासपछि नेपाल सरकारले अलपत्र १३ जनाको सुरक्षित उद्धार गरेको परिवार तथा आफन्तले बताएका छन्।

    अलपत्र अवस्थामा रहेका १३ जनाको उद्धार गरिदिएकोमा परिवारले नेपाल सरकारप्रति हृदयदेखि धन्यवाद तथा आभार व्यक्त गरेको छ। विपद्को समयमा सरकारले गरेको उद्धार कार्यले पीडित परिवारमा केही राहतको अनुभूति भएको उनीहरूको भनाइ छ।

    तर, केरुङमा अझै अलपत्र अवस्थामा रहेका धनबहादुर तामाङलगायत अन्य नेपाली नागरिकको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ। उनीहरूलाई समेत तत्काल सुरक्षित रूपमा उद्धार गरी नेपाल ल्याउन पीडित परिवार तथा आफन्तहरूले नेपाल सरकारसँग जोडदार माग गरेका छन्।

    विशेषगरी बाढी तथा पहिरोका कारण घरबारविहीन बनेका, परिवारका सदस्य सम्पर्कविहीन रहेका र विदेशी भूमिमा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल उद्धार, सुरक्षित पुनर्स्थापना तथा आवश्यक राहतको व्यवस्था गर्न सरकार गम्भीर बन्नुपर्ने स्थानीयको माग छ।

    पीडित परिवारले विपद्का कारण आफन्त गुमाउने अवस्थामा पुगेका तथा अझै सम्पर्कविहीन रहेका परिवारको खोजी कार्यलाई तीव्रता दिनसमेत सरकारसँग आग्रह गरेको छ।

    “एउटा विपत्तिबाट जोगिए पनि अर्को पीडाले सताइरहेको छ। केरुङमा अलपत्र परेका धनबहादुर तामाङलगायत नेपाली नागरिकलाई पनि सरकारले तत्काल उद्धार गरी सुरक्षित घर फर्काउने वातावरण बनाइदिनुपर्छ,” पीडित परिवारको आग्रह छ।

    बाढीबाट प्रभावित नागरिकको उद्धारसँगै उनीहरूको बसोबास, खाद्यान्न, स्वास्थ्य उपचार, बालबालिका तथा सुत्केरी महिलाको विशेष संरक्षण र पुनर्स्थापनाका लागि तत्काल राहत प्याकेज घोषणा गर्न पनि सरकारसँग माग गरिएको छ।

    विपद्को यो कठिन घडीमा उद्धारको पर्खाइमा रहेका नागरिकको जीवनरक्षा र पीडित परिवारलाई न्याय तथा राहत दिलाउन राज्यका सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑