काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती बिकले ‘भदौ २४ गते सिंहदरबार जलाउने को थियो’ भन्दै प्रश्न उठाएकी छिन्।
बुधबारकाे प्रतिनिधि सभा बैठकमा सांसद बिकले जेनजीहरुले जिम्मा नलिएको अवस्थामा त्यसको पहिचान हुनुपर्ने बताएकी हुन्।
‘२३ गते वास्तविक जेनजी आन्दोलन थियो’, बिकले भनिन्, ‘२४ गते जेनजी आन्दोलन हाइज्याक गरियो। सयौं वर्ष लगाएर बनाइएका संरचना ध्वस्त बनाइयो। कयौं भौतिक संरचना र धेरै मानिसहरुको सम्पत्ति ध्वस्त बनाइयो। आन्दोलन पीडादायक थियो।’
उनले थप प्रश्न गरिन् – ‘२४ गते सिंहदरबार जलाउने दोषी को थियो? अहिले आन्दोलनरत पक्षले २४ गतेको जिम्मा लिन सक्दैनौँ भनेका छन्।’
उनले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेकी छिन्।

