• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

      १ घण्टा अघि

      अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

      ५ घण्टा अघि

      संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

      ८ घण्टा अघि

      पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

      ८ घण्टा अघि

      दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

      ८ घण्टा अघि

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      १ दिन अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      १ दिन अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      १ दिन अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      १ दिन अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      १ दिन अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      १ दिन अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      १ दिन अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      २ दिन अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      २ दिन अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      २ दिन अघि
    आज: २०८३ आश्विन १५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

  • लाईभ नेपाल
  • २०८३ आश्विन १५, बिहिबार (८ घण्टा अघि)
  • ४०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । डिजिटल प्रविधिको उपयोगसहित ज्ञान, सीप र जीवनानुभवको अभिलेखीकरण गरिने, अन्तरपुस्ता ज्ञान हस्तान्तरणमार्फत नयाँ पुस्तालाई ज्येष्ठ नागरिकको अनुभवसँग जोडिने काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले “ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ।

    ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई राष्ट्रका ज्ञान, सीप र अनुभवका अमूल्य स्रोतका रूपमा स्थापित गर्दै उहाँहरूको अनुभवलाई भावी पुस्तासँग जोड्ने नयाँ अवधारणा अघि सारेको हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा भएको बताउनुभएको छ। “ज्येष्ठ नागरिकहरूसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइहरू राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा हुन्।

    ती अनुभवहरूको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई संस्थागत रूप दिन डिजिटल प्रविधिको उपयोगसहित ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाइएको छ,” मन्त्री बादीले भन्नुभएको छ। उहाँका अनुसार यस पहलले एक पुस्ताले आर्जन गरेको ज्ञान र अनुभवलाई अर्को पुस्ताको मार्गदर्शनमा रूपान्तरण गर्दै अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई सुदृढ बनाउनेछ।

    हेरचाह र संरक्षण मात्र होइन, अनुभवको पनि उपयोग मन्त्रालयले अघि बढाएको अनुभव बैंकले ज्येष्ठ नागरिकप्रतिको परम्परागत दृष्टिकोणलाई फराकिलो बनाउने लक्ष्य राखेको छ। सामाजिक सुरक्षा, स्वास्थ्य, हेरचाह र संरक्षणसँगै उहाँहरूसँग रहेको ज्ञान, सीप र जीवनानुभवलाई समाज तथा भावी पुस्ताका लागि उपयोग गर्ने यसको मूल अवधारणा हो। मन्त्री बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको आवश्यकता भएका व्यक्तिका रूपमा नभई समाजका सक्रिय, अनुभवी, सम्मानित र अपरिहार्य साझेदारका रूपमा हेर्नुपर्ने बताउनुभएको छ। ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा कृषि, उद्यम, पेशा, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान, सामाजिक जीवन तथा विभिन्न व्यावहारिक क्षेत्रमा आर्जन गरेका अनुभवलाई डिजिटल प्रविधिको उपयोगसहित अभिलेखीकरण गरी पुस्तान्तरणलाई संस्थागत गर्ने सोच मन्त्रालयको छ।

    एक पुस्ताको अनुभव, अर्को पुस्ताको मार्गदर्शन अनुभव बैंकको मुख्य आधार अन्तरपुस्ता ज्ञान हस्तान्तरण हुनेछ। ज्येष्ठ नागरिकले दशकौँको अभ्यास र जीवनयात्राबाट आर्जन गरेको ज्ञान र अनुभव उहाँहरूसँगै हराएर जान नदिई त्यसलाई भावी पुस्ताका लागि सुरक्षित र उपयोगी बनाउने उद्देश्य राखिएको छ। अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान र सीपलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई त्यससँग जोड्ने आधार तयार हुनेछ। यसलाई क्रमशः विकास गर्दै विद्यार्थी, युवा तथा नयाँ पुस्ताले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र जीवनका सिकाइबाट निःशुल्क रूपमा सिक्न र मार्गदर्शन लिन सक्ने माध्यमका रूपमा विकास गर्ने अवधारणा रहेको छ।

    यसले एक पुस्ताले लामो समय लगाएर आर्जन गरेको अनुभव अर्को पुस्ताका लागि मार्गदर्शन बन्ने र समाजमा रहेको व्यावहारिक तथा परम्परागत ज्ञानको पुस्तान्तरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। ज्येष्ठ नागरिक लाभग्राही मात्र होइनन्, ज्ञानदाता पनि हुन् मन्त्रालयको अवधारणाले ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा र सुविधा प्राप्त गर्ने लाभग्राहीका रूपमा मात्र नभई ज्ञान दिने, सीप बाँड्ने, अनुभव हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने ज्ञानदाताका रूपमा समेत स्थापित गर्ने लक्ष्य राखेको छ। मन्त्री बादीले वास्तविक सम्मान त्यतिबेला स्थापित हुने बताउनुभएको छ, जब ज्येष्ठ नागरिकका अनुभव सुनिन्छन्, उहाँहरूको ज्ञानलाई सम्मानपूर्वक उपयोग गरिन्छ र सामाजिक तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको वातावरण निर्माण हुन्छ।

    उहाँले बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ, शहरीकरण र जीवनशैलीसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह, एक्लोपन र सामाजिक सहभागितासँग सम्बन्धित नयाँ चुनौती देखिएको उल्लेख गर्दै उहाँहरूको जीवनलाई सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउनु परिवार, समुदाय, समाज र राज्य सबैको साझा दायित्व भएको बताउनुभएको छ। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा अघि सारिएको “ज्येष्ठ नागरिक अनुभव बैंक” ले ज्येष्ठ नागरिकको सम्मानलाई हेरचाह र संरक्षणमा मात्र सीमित नराखी उहाँहरूको जीवनभरको ज्ञान र अनुभवलाई राष्ट्रको सम्पदाका रूपमा संरक्षण गर्ने तथा नयाँ पुस्तासँग जोड्ने आधार तयार गर्ने मन्त्रालयको विश्वास छ।

    एक पुस्ताले आर्जन गरेको ज्ञान अर्को पुस्ताको मार्गदर्शन बनोस् र ज्येष्ठ नागरिकका अमूल्य अनुभव पुस्तासँगै हराउने होइन, पुस्तान्तरण हुँदै जाऊन् भन्ने सोचका साथ अनुभव बैंकको निर्माण तथा विकास प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    समाचार

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑