• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      ९ घण्टा अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      ९ घण्टा अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      १0 घण्टा अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      १0 घण्टा अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      १0 घण्टा अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      १0 घण्टा अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      १0 घण्टा अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      १0 घण्टा अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      १0 घण्टा अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      १0 घण्टा अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      २ दिन अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      २ दिन अघि

      सुनचाँदीको मूल्य घट्यो

      २ दिन अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      २ दिन अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      २ दिन अघि
    आज: २०८३ कार्तिक १, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ आश्विन १५, बिहिबार (२ हफ्ता अघि)
  • १७९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट

  •  शर्मिला विश्वकर्मा

    काठमाडौं । अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले Disability Rights Fund (FRF) को सहकार्यमा अपाङ्गता भएका महिलाहरूको क्षमता विकासको लागि लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम काठमाडौँमा सम्पन्न गरेको छ । असोज १३ र १४ गते काठमाडौँमा आयोजना गरिएको उक्त तालिममा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी महासचिव रमा ढकालले सहभागीहरूलाई स्वागत गर्दै अपाङ्गता भएका महिला तथा बालबालिलकाहरु माथि हुने विभिन्न प्रकारका लैङ्गिक हिंसाको पहिचान, रोकथाम तथा प्रतिकार्य सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गराउने र उनीहरूको क्षमता विकास गराउने उद्देश्यले यस तालिमको आयोजना गरिएको बताउनु भयो ।

    यस तालिमको पहिलो दिनमा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धिताल र महासचिव रमा ढकाल, हिंसा, भेदभाव, बहु-आयामिक भेदभाव र लैङ्गिक समानताका विषयमा, नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले अपाङ्गता भएका महिला तथा बालिका माथि हुने “लैङ्गिकतामा आधारित हिंसा” Gender-Based Violence का स्वरूप, कारण र प्रभावका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

    त्यसै गरी International Commission of jurists (icj) का कानुनी सल्लाहकार करुणा पराजुलीले हिंसा प्रभावित अपाङ्गता भएका महिला, बालबालिकाको अधिकार र संरक्षण (नेपालको कानुनी तथा नीतिगत व्यवस्था) का विषयमा, अधिवक्ता तथा अपाङ्गता अधिकारकर्मी मुकुन्द हरी दाहालले न्यायमा पहुँचका लागि निर्णय प्रक्रियामा सहयोग सम्बन्धी अवधारणा तथा व्यवस्था” का विषयमा र न्यायमा पहुँच आयोगका सदस्य तथा अधिवक्ता राजन कुमार के.सी.ले न्यायमा पहुँचका अवरोध, मार्गचित्र, स्थानीय सेवा पहिचान र समाधानका उपायहरूका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

    अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले असोज १३ र १४ गते काठमाडौँमा आयोजना गरेको अपाङ्गता भएका महिलाहरूको क्षमता विकासको लागि लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिमको दोस्रो दिन आयोजक संस्थाकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिला तथा बालबालिका माथि भएका हिंसाका घटनाहरू अध्ययन, छलफल र समाधानका उपायहरूका विषयमा समूहगत छलफल गरी प्रस्तुतीकरण गर्नु भयो ।

    यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ का अनुसारका अधिकारहरूको बारेमा जानकारी दिँदै अपाङ्गता भएका महिलाहरूका यौन हिंसाका घटनाहरूमा गोपनीयता पीडितको सम्मान महत्त्वपूर्ण हुनु पर्ने, हरेक कुरामा गोपनीयता अपनाउनु पर्ने, भेदभाव गर्न नहुने, पीडितलाई संरक्षण र सुरक्षित राख्नु पर्ने, उनीहरूलाई शिक्षा, तालिम, रोजगार, आय-आर्जन प्रदान गरी पुनर्स्थापना गर्नु पर्ने कुरामा जोड दिनु भयो । यसै तालिमका क्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीशप्रसाद अधिकारीले अपाङ्गता भएका महिला तथा बालबालिकाको संरक्षणमा सरोकारवालाहरू (एक द्वार सङ्कट व्यवस्थापन केन्द्र, स्थानीय तह, प्रहरी, अदालत, सरकारी वकिल र कानुनी सहायता संस्था) को भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

    यसै क्रममा उहाँले एक द्वार सङ्कट व्यवस्थापन केन्द्रको बारेमा जानकारी दिँदै यसको व्यवस्थापन, स्थानीय तह, प्रहरी, सरकारी वकिलको भूमिका, सरोकारवाला बिचको समन्वयका विषयमा जानकारी गराउनु भयो । त्यसै गरी अपाङ्गता अधिकारकर्मी तथा अध्ययन अनुसन्धानकर्ता महेश्वर घिमिरेले अपाङ्गता भएका महिला, किशोरीका अधिकार सुनिश्चित गर्नका लागि पैरवी विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उहाँले अपाङ्गता भएका महिला माथि हुने हिंसा, न्यायमा पहुँचका सन्दर्भमा वकालत तथा कार्य योजनाका विषयमा प्रस्ट पार्नु भयो । उहाँले आफ्नो वा अरूको हक अधिकारको लागि बोल्ने, आवाज उठाउने र सम्बन्धित निकायलाई झकझकाउने काम नै पैरवी भएको र यसमा तथ्य र प्रमाण सहित आफ्ना कुरा सम्बन्धित निकायमा पुर्‍याइने कुरामा जोड दिनु भयो ।

    साथै उहाँले प्रस्तुतीकरण क्रममा पैरवीको आवश्यकता, प्रकार, रणनीतिहरू, अनौपचारिक पैरवीका मुख्य ३ वटा चरणहरूका विषयमा पनि प्रस्ट पार्नु भएको थियो । उक्त २ दिने तालिममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालका सदस्य संस्थाको नेतृत्व तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ती सहभागीहरूले अपाङ्गता मैत्री संरचना, न्यायमा पहुँच, सेवा सुविधाका लागि आ-आफ्नो क्षेत्रमा वकालत तथा पैरवी गर्ने बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑