• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

      ४ घण्टा अघि

      इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

      ४ घण्टा अघि

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      ८ घण्टा अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      ८ घण्टा अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      ८ घण्टा अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      ९ घण्टा अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      ९ घण्टा अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      ९ घण्टा अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      ९ घण्टा अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      १ दिन अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      १ दिन अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      १ दिन अघि

      ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

      १ दिन अघि

      पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष शर्मा

      १ दिन अघि

      भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

      १ दिन अघि
    आज: २०८३ मंसिर १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    पद्मोदय माविमा सामुदायिक विद्यालय लक्षित १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न: बालबालिकाको चौतर्फी विकास र सचेतनाका लागि विभिन्न विषयमा प्रशिक्षण

  • लाईभ नेपाल
  • २०८३ आश्विन २५, आईतबार (१ महिना अघि)
  • ३३८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट

  • काठमाडौँ, भदौ २६

    साबित्री बस्नेत (साबु)

    काठमाडौँ महानगरपालिका वडा नं. २८ को सहयोग तथा लाइभ नेपाल नेटवर्क प्रा. लि. को आयोजनामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि पद्मोदय माध्यमिक विद्यालयमा सञ्चालित १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम विभिन्न रचनात्मक गतिविधि र समापन समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष श्री भाइराम खड्गीले ब्यानर पढेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो भने समापन समारोहमा पनि प्रमुख अतिथिको रूपमा उहाँको विशेष उपस्थिति रहेको थियो। उद्घाटन तथा समापन दुवै सत्रमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष खड्गीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सामुदायिक विद्यालयका भाइबहिनीहरूलाई माथि उकास्न र उनीहरूको स्तर उन्नति गर्न महत्त्वपूर्ण पुलको काम गर्ने बताउनुभयो। स्थानीय सरकारसँग मिलेर गरिने यस्ता कार्यक्रमहरू कोशढुङ्गा साबित हुने र यसबाट सबैलाई फाइदा पुग्ने उहाँको भनाइ थियो।

    कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं. २८ का वडा सचिव कृष्ण सोतीले स्थानीय सरकार र विद्यालयको सहकार्यमा सञ्चालित यो कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताउँदै आगामी दिनहरूमा पनि वडाको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यस्तै, पद्मोदय माविकी प्रधानाध्यापक डा. शर्मिला पोखरेलले आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई व्यावहारिक र उपयोगी ज्ञान दिलाउन ठुलो मद्दत पुर्याएको विश्वास व्यक्त गर्नुभयो। विद्यालयकी सहायक प्रधानाध्यापक सुजना लामिछानेले पनि विद्यार्थीहरूका लागि यो अवसर अत्यन्तै फलदायी र प्रभावकारी भएको बताउनुभयो।

    समारोहमा राष्ट्रिय अभिभावक सङ्घ केन्द्रीय सचिवालय सदस्य गोविन्द भुसालले १० दिनसम्म विभिन्न विषयमा सञ्चालन भएको यो कार्यक्रम विद्यार्थीका लागि मात्र नभई अभिभावकहरूसमेतका लागि अत्यन्त उपलब्धिमूलक भएको बताए। सामुदायिक प्रहरी साझेदारी सदस्य (काठमाडौँ महानगरपालिका वडा नं. १५) सञ्जय धायकु श्रेष्ठले बालबालिकालाई कानुनी परामर्शसमेत समावेश गरी आयोजना गरिएको यो फरक किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ र व्यावहारिक कुरा सिक्न मद्दत पुगेको बताए।

    कार्यक्रमको समापन समारोहमा लाइभ नेपाल नेटवर्क प्रा. लि. का अध्यक्ष एवं सभापति पुष्कर राज पाण्डेयले स्वागत मन्तव्य तथा कार्यक्रमको पृष्ठभूमीबारे प्रकाश पार्दै संस्थाले विगतदेखि नै यस्ता सामाजिक तथा शैक्षिक काम गर्दै आएको र यसपटक १० दिनसम्म विभिन्न विषयमा तालिम दिएर विद्यार्थीहरूमा सचेतना फैलाउनुका साथै उनीहरूलाई सीपमूलक बनाउने लक्ष्य सफल भएको बताए। लाइभ नेपाल नेटवर्ककी निर्देशक, पत्रकार तथा सामाजिक अभियन्ता साबित्री बस्नेत (साबु) ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, शिक्षक, प्रशिक्षक, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    १० दिनको यस कार्यक्रममा विभिन्न विज्ञ प्रशिक्षकहरूले प्रदान गर्नुभएको प्रशिक्षणका प्रमुख अंशहरू यसप्रकार रहेका छन्:

    • ब्रविम बस्नेत (प्रशिक्षक/लेखक): उहाँले जलवायु परिवर्तनको वर्तमान अवस्था र यसको असरबारे उत्कृष्ट प्रशिक्षण दिनुभयो। यसका साथै उहाँले वाकला प्रतियोगिताको निर्णायकको भूमिका समेत निर्वाह गर्नुभयो।

    • गोविन्द भुसाल (सामाजिक अभियन्ता): उहाँले वातावरणीय समस्या र स्थानीय स्तरमा भइरहेका प्रयासहरूबारे विस्तृत वर्णन गर्दै वातावरण संरक्षणका लागि गर्नुपर्ने र नपर्ने कुराहरूमाथि गम्भीर जानकारी गराउनु भयो।

    • सञ्जय थापा श्रेष्ठ (सामुदायिक प्रहरी साझेदारी प्रतिनिधि): उहाँले बालबालिकाको सुरक्षाका लागि प्रहरीले गर्ने कार्यहरू र बालबालिकाले अपनाउनुपर्ने सावधानीहरूबारे जानकारी दिनुभयो।

    • साधना बस्नेत (अधिवक्ता): उहाँले साइबर अपराध, यसबाट बच्ने उपायहरू, बालबालिकाले भोग्नुपरेका समस्या र त्यसको कानूनी समाधानबारे सचेत रहन आग्रह गर्नुभयो। साथै, कानूनी व्यवस्था र दैनिक जीवनमा यसको प्रयोगबारे पनि प्रकाश पार्नुभयो।

    • कृष्ण राज तिमिल्सिना (प्रशिक्षक/सामाजिक अभियन्ता): उहाँले विद्यार्थीहरूमा क्षमता अभिवृद्धि (Capacity Building) तथा नेतृत्व विकास (Leadership Development) सम्बन्धी व्यावहारिक प्रशिक्षण दिनुभयो।

    • पुष्पराज पाण्डे (प्रशिक्षक): पत्रकारिता क्षेत्रको लामो अनुभव बटुल्नु भएका उहाँले पत्रकारिताको आधारभूत ज्ञान र समसामयिक विषयमा जानकारी गराउनुभयो।

    • सावित्री बस्नेत (प्रशिक्षक/पत्रकार): उहाँले वक्ता कला (वाकला) मा प्रयोग हुने महत्त्वपूर्ण टिप्स र प्रस्तुति कलाबारे सिकाउनुभयो भने समिति संयोजकको रूपमा कार्यक्रमको समापन समेत गर्नुभयो।

    अतिथिमण्डलका सम्पूर्ण महानुभावहरूले १० दिनसम्म सिकेका ज्ञानलाई विद्यार्थीहरूले आफ्नो व्यावहारिक जीवनमा उतार्नुपर्ने जोड दिनुभयो।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

    Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

    समाचार

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑