• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक २७, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली सेनाले मनायो कुकुर तिहार

      ४ दिन अघि

      कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

      ४ दिन अघि

      तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

      ४ दिन अघि

      तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

      ६ दिन अघि

      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

      ६ दिन अघि

      कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

      ६ दिन अघि

      हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

      ६ दिन अघि

      वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

      १ हफ्ता अघि

      दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

      १ हफ्ता अघि

      दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

      १ हफ्ता अघि

      अमेरिकाका उपराष्ट्रपति भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ

      १ हफ्ता अघि

      कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

      १ हफ्ता अघि

      भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

      १ हफ्ता अघि

      माईखोलाको बगरमा बदामखेती

      १ हफ्ता अघि

      राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गर्दै

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक २७, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

  • लाईभ नेपाल
  • २०८३ कार्तिक २२, आईतबार (४ दिन अघि)
  • १०५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुन् ।

    यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्यामा सोचअनुसार आउन सकेका थिएनन् ।

    तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    यहाँका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या दुई तिहाइले वृद्धि भएको हो । तिहार पर्वको छेकोमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, टोल समितिलगायतको व्यक्तिहरु मुस्ताङ घुम्न आउने गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जसअन्तर्गत स्वदेशी पर्यटकको सङ्ख्या २७ हजार १०७ जना र विदेशी पर्यटकको सङ्ख्या आठ हजार ७५१ जना रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

    विदेशी पर्यटकतर्फ सार्क राष्ट्रबाट सात हजार ७१४ जना र अन्य राष्ट्रबाट एक हजार ३७ जनाले मुस्ताङको भ्रमण गरेका उहाँको भनाइ छ ।

    तिहारको छेकोमा मुस्ताङ भ्रमणमा आएकामध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका र केही पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । मुस्ताङमा हिउँदयामको चिसो ह्वात्ते बढेका भए पनि छठ पर्वसम्म सरकारी बिदा पर्ने भएकाले स्वदेशी पर्यटकको आगमन रहिरहने पर्यटन व्यवसायीको भनाइ छ ।

    तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाई मुस्ताङ बन्दै गइरहेको मुक्तिनाथका पर्यटन व्यवसाय सुरज गुरुङले उल्लेख गरे ।

    यसरी आएका पर्यटक मुक्तिनाथको दर्शन गर्ने बहानामा मुस्ताङका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किने गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए ।

    धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा बर्सेनि सडक यातायात सहज भएसँगै पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ । यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूलताका कारण पर्यटन आवागमनमा असर पुगेका तापनि गत वर्ष आगमन सङ्ख्यामा भने कुनै असर परेको देखिँदैन ।

    पर्यटकीय अनुकूलमा दिनहु हजारौँ पर्यटक मुस्ताङ भित्रिने गरेका हुन्छन् भने दसैँतिहार र छठ पर्वजस्ता चाडपर्वहरूमा स्कुल र कलेजका विद्यार्थी मुस्ताङ घुम्न आउँछन् ।

    मुस्ताङ घुम्न आएका पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन पहिलो गन्तव्य हुने गरेको छ । त्यसपछि भने कोरला नाका, लोमान्थाङ दरबार झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जामसोम, मार्फा र थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गरी फर्किने गरेका छन् ।

    हिमाली जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा ,जैविक विविधता, रहनसहन र वेषभूषा र हिमाली सम्यताको अवलोकन गरी फर्किने गर्छन् । पछिल्लो समय नेपाल-चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नेपाली सेनाले मनायो कुकुर तिहार

    कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

    तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

    हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

    समाचार

    नेपाली सेनाले मनायो कुकुर तिहार

    कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

    तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑