• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक २७, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली सेनाले मनायो कुकुर तिहार

      ४ दिन अघि

      कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

      ४ दिन अघि

      तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

      ४ दिन अघि

      तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

      ६ दिन अघि

      एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

      ६ दिन अघि

      कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

      ६ दिन अघि

      हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

      ६ दिन अघि

      वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

      १ हफ्ता अघि

      दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

      १ हफ्ता अघि

      दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

      १ हफ्ता अघि

      अमेरिकाका उपराष्ट्रपति भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ

      १ हफ्ता अघि

      कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

      १ हफ्ता अघि

      भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

      १ हफ्ता अघि

      माईखोलाको बगरमा बदामखेती

      १ हफ्ता अघि

      राष्ट्र बैंकले आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गर्दै

      १ हफ्ता अघि
    आज: २०८३ कार्तिक २७, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

  • लाईभ नेपाल
  • २०८३ कार्तिक २२, आईतबार (४ दिन अघि)
  • ११७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताउनुभएको छ । नेपालकी प्रथम महिला सबिना काफ्लेज्यूले आयोजना गर्नुभएको कुकुर तिहार विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले कुकुर तिहारले मानवता, करुणा, कृतज्ञता, निष्ठा, प्रकृतिप्रतिको सम्मान तथा मानिस र अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने बताउनुभयो । उहाँले पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै ‘एक स्वास्थ्य अवधारणा’ (One Health Approach) अन्तर्गत रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले कुकुर तिहारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रवर्द्धन गर्ने निकाय तथा अन्तर्राष्ट्रिय पशु कल्याणसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने बताउनुभयो ।

    यसबाट नेपालको मौलिक संस्कृति र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो । तर, कुकुर तिहारको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुभन्दा पनि यसको मौलिक सांस्कृतिक मर्म र व्यवहारलाई संरक्षण गर्नु उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा पशु संरक्षणको ऐतिहासिक र कानुनी आधारबारे चर्चा गर्दै मन्त्री चौधरीले वि.सं. १९१० को मुलुकी ऐनमै गाईवस्तुको संरक्षणसम्बन्धी व्यवस्था रहेको र वि.सं. १९९४ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेको स्मरण गराउनुभयो ।

    नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ तथा पशु कल्याण निर्देशिका, २०७३ ले समेत पशु संरक्षण र कल्याणका लागि कानुनी आधार प्रदान गरेको उहाँले बताउनुभयो। सरकारले पशु कल्याणसम्बन्धी छुट्टै कानुन निर्माणका लागि पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालाबाट सुझाव संकलन गरिरहेको जानकारी दिँदै उहाँले पशुमाथि हुने क्रूरता नियन्त्रण र संरक्षणका कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी, स्थानीय तहसँगको समन्वयमा सडक कुकुर व्यवस्थापनका लागि खोप, बन्ध्याकरण, उपचार तथा मानवीय व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो। पशु कल्याणका पाँच आधार—भोक र तिर्खाबाट मुक्ति, असहजताबाट मुक्ति, पीडा, चोटपटक र रोगबाट मुक्ति, स्वाभाविक व्यवहार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता तथा भय र तनावबाट मुक्ति—लाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो। छाडा छोडिएका, घाइते तथा अपाङ्गता भएका गाईवस्तु र कुकुरको उद्धार, उपचार तथा आश्रय व्यवस्थापनमा सरकारसँगै पशु कल्याणका क्षेत्रमा कार्यरत संघसंस्थाहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

    मन्त्री चौधरीले वर्षको एक दिन माला लगाएर पूजा गर्ने तर बाँकी दिन भोक, रोग र दुर्व्यवहारमा बाँच्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै धार्मिक आस्थालाई करुणा र परम्परालाई जिम्मेवारीसँग जोड्नुपर्ने धारणा राख्नुभयो । पशुहरूलाई वर्षभरि नै सम्मान, संरक्षण र मानवीय व्यवहार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नेपाली सेनाले मनायो कुकुर तिहार

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

    तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

    एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

    हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, ठेहे आसपास केन्द्रबिन्दु

    समाचार

    नेपाली सेनाले मनायो कुकुर तिहार

    कुकुरको पूजा एक दिन होइन, वर्षभरि नै माया र संरक्षण गर्नुपर्छ : मन्त्री चौधरी

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

    तिहार, छठ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑