• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ३, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      १ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      १ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      १ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      १ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      १ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      १ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      १ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      २ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      २ दिन अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      ३ दिन अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      ३ दिन अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      ३ दिन अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      ३ दिन अघि

      उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

      ३ दिन अघि

      तोकिएकै समयमा कृष्णभीरमा खुल्यो नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      ३ दिन अघि
    आज: २०८३ आश्विन ३, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    ६ महिनासम्म निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्ने बाटो खुल्यो, कारण खुलाएर नचलाई राख्न पनि पाइने

  • लाईभ नेपाल
  • २०८३ अषाढ १०, बुधबार (२ महिना अघि)
  • ४४३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि प्रयोग विहीन (निष्क्रिय) अवस्थामा रहेका सिमकार्डहरूलाई रिसाइकल गरी पुनः बिक्री वितरण गर्ने बाटो खुला गरिदिएको छ । यद्यपि, आदेशमा पुराना सिम नयाँ ग्राहकलाई बेच्दा पूर्व प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्नुपर्ने र ग्राहकले कारण खुलाएर पूर्वजानकारी गराएमा निश्चित समयसम्म सिम नचलाई सुरक्षित राख्न (होल्ड गर्न) पाउने अनिवार्य व्यवस्था गर्न भनिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २५ पुस २०८१ मा गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको छ । यसअघि अधिवक्ता सपना भण्डारीले पुस २०७९ मा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले निष्क्रिय सिमकार्ड रिसाइकल गरी पुनः बिक्री वितरण गर्ने कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    मोबाइल नम्बर (सिमकार्ड) र फ्रिक्वेन्सी सीमित स्रोत (Limited Resource) भएको तथा निष्क्रिय सिमकार्डको समेत नवीकरण शुल्क बुझाउनुपर्ने जिकीर दूरसञ्चार सेवा प्रदायकहरूले गरेका थिए । जसका कारण लामो समय प्रयोगमा नरहेका सिमकार्ड पुनः वितरण गर्न आवश्यक प्रबन्ध गर्न सकिने कुरामा अदालतले सहमति जनाएको छ ।

    तर, अदालतले मोबाइल नम्बर अहिले डिजिटल पहिचान (Digital Identity) को रूपमा विकसित भइसकेको वास्तविकता पनि औंल्याएको छ । मोबाइल नम्बर बैंकिङ सेवा, ओटीपी र डिजिटल प्रमाणीकरणलगायतका संवेदनशील सूचनासँग जोडिने हुँदा यसको रिसाइकल गर्दा नेपालको संविधानको धारा २८ द्वारा प्रदत्त गोपनीयताको हकको पूर्ण प्रत्याभूति हुनुपर्ने अदालतको ठहर छ ।

    सर्वोच्चले सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र एनसेललगायतका विपक्षीहरूको नाममा ग्राहकको गोपनीयताको सुरक्षा गर्दै ३ वटा प्रस्ट निर्देशनात्मक आदेश (परमादेश) जारी गरेको छ । जसअनुसार गोपनीयताको मौलिक हकको प्रभावकारी संरक्षणका लागि आवश्यक नीतिगत तथा प्राविधिक व्यवस्था गरी सिमकार्ड पुनः वितरण गर्ने कार्यमा पूर्व प्रयोगकर्तालाई पूर्वसूचना दिनुपर्नेछ ।

    त्यस्तै अदालतले पुराना ग्राहकका सूचना (डेटा) नयाँ ग्राहकहरूको पहुँचमा जान नदिने गरी नयाँ ग्राहकहरूलाई उक्त नम्बरको सिम प्रदान गर्ने व्यवस्था गर्न/गराउन भनेको छ । यसैगरी सिम रद्द गर्नु अगावै सोको यथेष्ट जानकारी गराई ग्राहकले आफूले निश्चित समयसम्म सिमको प्रयोग गर्न नसक्ने र भविष्यमा उक्त सिम प्रयोग गर्नुपर्ने कुराको कारणसहित जानकारी गराउन सक्नेछन् । “त्यस्ता ग्राहकहरूको हकमा निजले उल्लेख गरेको निश्चित अवधिसम्म निजले प्रयोग गरेको नम्बर अन्य व्यक्तिलाई प्रदान नगरी यस सन्दर्भमा आवश्यक प्रबन्ध गर्नु/गराउनु,” फैसलामा भनिएको छ ।

    यसअघि प्राधिकरण र सेवा प्रदायकहरूले लिखित जवाफमार्फत फ्रिक्वेन्सी र मोबाइल नम्बर सीमित स्रोत भएकाले ग्राहकले लामो समय होल्ड गरेर राख्दा कम्पनीलाई आर्थिक भार पर्ने र नयाँ ग्राहकले नम्बर नपाउने जिकिर गरेका थिए । त्यस्तै, अध्ययन वा रोजगारीका लागि विदेश गएका नागरिक फर्किंदा पुरानै नम्बर प्रयोग गर्न चाहने तर प्राधिकरणको नीतिअनुसार ६ महिना प्रयोगमा नआएका नम्बर खारेज गरी अरूलाई दिँदा जोखिम बढ्ने रिट निवेदकको तर्क थियो ।

    अदालतले उल्लिखित ३ सर्तसहित सिम पुनः वितरणको बाटो खुला गरिदिएको हो । प्राधिकरणले यसअघि जारी गरेको ‘६ महिना प्रयोगमा नआएका सिमकार्ड खारेज गर्ने’ निर्देशन बदर गरिरहनु (उत्प्रेषणको आदेश जारी गर्न) नपर्ने फैसला अदालतले सुनाएको छ ।

    यो फैसलासँगै अब टेलिकम कम्पनीहरूले आवश्यक प्राविधिक तथा नीतिगत सुरक्षा प्रणाली अपनाएर निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न पाउनेछन् । त्यस्तै विदेश जाने वा अन्य कारणले केही समय सिम प्रयोग गर्न नसक्ने ग्राहकलाई टेलिकम कम्पनीलाई पूर्वजानकारी दिएर आफ्नो नम्बर सुरक्षित राख्न (होल्ड गर्न) पाउने सुविधा मिल्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

    अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

    समाचार

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑