• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      १ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      १ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      १ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      १ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      १ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      १ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      १ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

  • लाईभ नेपाल
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • १८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको क्यू ०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । क्यू ०५ लाई एक भव्य समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया तथा चांगान इन्टरनेसनल कर्पोरेसनका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक डु काइकियान (केभिन) लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

    क्यू ०५ को म्याक्स भेरियन्टलाई ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टलाई ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा प्रस्तुत गरिएको छ । यी प्रारम्भिक मूल्य नाडा अटो शो अवधिभर मात्र लागू हुनेछन् । अटो शोपछि म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको क्यू ०५ ले कम्प्याक्ट बाहिरी आकारभित्र फराकिलो र व्यवहारिक क्याबिन प्रदान गर्छ । यसको आफ्नो वर्गमै अग्रणी २,७३५ मिमि लामो ह्विलबेस र ८६.६ प्रतिशत क्याबिन स्पेस उपयोगले यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ । पछाडिको सिटमा तीन जना वयस्कले सहज रूपमा यात्रा गर्न सक्ने व्यवस्था गरिएको छ । पछाडिको सिटलाई २८ र ३३ डिग्री गरी दुई कोणमा रिक्लाइन गर्न सकिन्छ । सिटमा आरामदायी र प्रभावकारी सपोर्ट प्रदान गर्न नौ तहको एर्गोनोमिक संरचना प्रयोग गरिएको छ ।

    क्यू ०५ मा ९० लिटरको लुकेको स्टोरेजसहित ५४० लिटर क्षमताको डुअल–लेभल बुट पनि उपलब्ध छ । क्याबिनभर २९ वटासम्म व्यवहारिक स्टोरेज स्पेस राखिएका छन् । साथै, ६७ भन्दा बढी ध्वनि इन्सुलेसन तथा आवाज न्यूनीकरण बिन्दुले क्याबिनलाई शान्त बनाउन सहयोग गर्छन् । छनोट गरिएको भेरियन्टमा पावर सनसेडसहितको १.८ वर्गमिटर प्यानोरामिक ग्लास रुफसमेत उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार, क्यू ०५ लाई चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख क्लाउस जेसियोराको नेतृत्वमा विकास गरिएको हो । यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञले योगदान दिएका छन् । फुगुआङ डिजाइन दर्शनबाट प्रेरित क्यू ०५ मा सन्तुलित बडी अनुपात, आत्मविश्वासी सडक उपस्थिति र ०.२६५ सीडी ड्र्याग कोएफिसियन्ट भएको एरोडाइनामिक प्रोफाइल छ ।

    सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड विजेता क्यू ०५ मा डिजिटल विङ २.० फुल–विथ लाइटिङ सिग्नेचर, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट र प्रिमियम सेमी–हिडन डोर ह्यान्डल उपलब्ध छन् । क्यू ०५ मा चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत क्याटल ब्याट्री सेल प्रयोग गरिएको छ । यसको ३सी फास्ट चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । यसमा जडान गरिएको १२० किलोवाटको इलेक्ट्रिक मोटरले गाडीलाई ८.१ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुर्‍याउन सक्छ ।

    क्यू ०५ ले डब्लूएलटीपी परीक्षणअनुसार ४०५ किलोमिटरको दाबी गरिएको रेन्ज प्रदान गर्छ । यसको ऊर्जा खपत प्रतिएक सय किलोमिटर १२.९ किलोवाट–घण्टा उल्लेख गरिएको छ।प्रविधि प्याकेजमा १४.६ इन्चको १०८०पी टचस्क्रिन, अटोमोटिभ–ग्रेड एमटीके ८६७५ सात न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समावेश छन् । भेरियन्टअनुसार १८ वटासम्म चालक सहायता प्रणाली र ५४० डिग्री प्यानोरामिक भ्युइङ सिस्टम पनि उपलब्ध हुनेछ ।

    एमएडब्लू वृद्धिले ‘एम्बासडर्स अफ दिपल’ समेत घोषणा गरेको छ । यसअन्तर्गत दिपलका ब्रान्ड एम्बासडर पारस खड्कासहित अनुपविक्रम शाही, प्रदीप खड्का, श्वेता खड्का, आना शर्मा, जसिता गुरुङ, स्वप्न सुमन, ज्योत्सना योगी र मिरुना मगरलाई समेटिएको छ । उनीहरू चर्चित तथा विश्वासिला व्यक्तित्व हुनुका साथै दिपल सवारीका वास्तविक प्रयोगकर्तासमेत हुन् । एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले उनीहरूलाई सम्मान गरेका थिए । नौ महिनाभित्र एक लाखभन्दा बढी सञ्चित बिक्री र चीनको कम्प्याक्ट एसयूभी बिक्रीमा लगातार चार महिनाको अग्रस्थानसहित दिपल निभो क्यू ०५ बलियो अन्तर्राष्ट्रिय उपलब्धिका साथ नेपाल प्रवेश गरेको छ । यसले नेपाली ग्राहकलाई वास्तविक अर्थमा ‘अ क्लास अबभ’ स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता बोकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    समाचार

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑