काठमाडाैं । स्रोत नखुलेको ३१ लाख नेपाली रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ चौमतीस्थितमा घर भाडामा लिई बस्दै आएका ५२ वर्षीय मा यागुबी छन् ।
घर भाडामा लिएर लागुऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
प्रहरीले उनकाे घरबाट स्रोत नखुलेको ३१ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

