काठमाडौं । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रदान गरेका छन् ।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा पठाइएको अभिनेता हमालले जानकारी दिए ।
सोमबार क्यानबेरामा हमालसँग फ्यानको मिट एन्ड ग्रीट कार्यक्रम आयोजना भएका थिए । ५ सेप्टेम्बरमा क्वीन्सल्यान्डको उत्तरी सहर केन्र्स र ९ तारिखमा ब्रिसबेसनमा आयोजना हुन थप दुई कार्यक्रमबाट संकलन हुने रकम समेत कोषमा प्रदान गर्ने जनाइएको छ ।
यी सबै कार्यक्रमको आयोजना ८८४८ मःम हाउसले आयोजना गरेको हो, जहाँ हमाल सहभागी छन् । हमाल १० सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

