• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २९, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      ४ घण्टा अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      ११ घण्टा अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      ११ घण्टा अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १२ घण्टा अघि

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      १ दिन अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      १ दिन अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      १ दिन अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      १ दिन अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      २ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      २ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      ३ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      ३ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      ३ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      ३ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      ३ दिन अघि
    आज: २०८३ भाद्र २९, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    जेनजी आन्दोलनको एक वर्ष

  • लाईभ नेपाल
  • २०८३ भाद्र २३, मंगलबार (६ दिन अघि)
  • १११७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ  – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी बोकेर हजारौँ युवा सडकमा ओर्लिएको त्यो ऐतिहासिक दिनको आज (भदौ २३) एक वर्ष पूरा भएको छ।

    तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध सुरु भएको ‘जेनजी आन्दोलन’ ले नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा नै ठूलो प्रभाव पार्‍यो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।

    सुरुवातमा डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उठेको आवाज विस्तारै राज्य सञ्चालनको शैली, भ्रष्टाचार, नातावाद, बेरोजगारी र अवसरको असमानताविरुद्ध केन्द्रित भयो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभई सूचना, शिक्षा, व्यवसाय र रोजगारीसँग जोडिएको महत्वपूर्ण प्लेटफर्म भएकाले त्यसैमाथि लगाइएको प्रतिबन्धलाई युवाहरूले आफ्नो मौलिक अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए।

    गत वर्ष भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न स्थानमा चर्किएको आन्दोलनले राजनीतिक दल र नेतृत्वमाथि गम्भीर प्रश्न खडा गर्‍यो। निर्वाचनका बेला मात्र सम्झिने मतदाताको भूमिकाभन्दा माथि उठेर नीति निर्माण र शासन प्रक्रियामा सक्रिय सहभागिता जनाउने युवाहरूको संकल्पले मुलुकमा राजनीतिक परिवर्तनको आधारसमेत तयार गर्‍यो।

    आन्दोलनबाट सिर्जित राजनीतिक वातावरणको प्रभाव गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा समेत देखियो। निर्वाचनमा नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेपछि जेनजी आन्दोलनले उठाएका मुद्दाहरू थप बहसको केन्द्रमा आएका छन्।

    आन्दोलनले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई सम्बोधन गर्ने उद्देश्यसहित बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रशासनिक सुधार तथा सरकारी खर्च कटौतीलाई प्राथमिकतामा राखेको छ। सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ मा सीमित गरिएकाले वार्षिक करिब २० अर्ब रुपैयाँ राज्यकोषमा बचत हुने अनुमान गरिएको छ।

    त्यसैगरी, ‘अब लाइन होइन, अनलाइन’ अभियानअन्तर्गत नागरिक एपलाई थप परिस्कृत गर्दै राहदानी, सवारी चालक अनुमतिपत्र र मालपोतलगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सेवाहरूलाई प्रविधिमैत्री र पारदर्शी बनाउने प्रयास अघि बढाइएको छ। विश्वविद्यालय तथा सार्वजनिक संस्थाहरूलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने प्रयाससमेत सुरु भएका छन्।

    तर, जेनजी आन्दोलनको मर्म केवल सरकार परिवर्तनमा सीमित थिएन। राज्यका निर्णय प्रक्रियामा नागरिकको सार्थक सहभागिता, गुणस्तरीय शिक्षा, स्वदेशमै सम्मानजनक रोजगारी र डिजिटल अधिकारको पूर्ण प्रत्याभूति अझै चुनौतीकै रूपमा छन्।

    एक वर्षअघि सडकमा उठेको असन्तोषलाई दीर्घकालीन संस्थागत सुधारमा रूपान्तरण गर्दै त्यसको प्रत्यक्ष प्रभाव नागरिकको दैनिक जीवनमा देखाउन सक्नु नै अबको मुख्य चुनौती हो। युवाहरूले उठाएका आवाज र आन्दोलनका क्रममा भएको बलिदानलाई केवल राजनीतिक परिवर्तनको घटनाका रूपमा सीमित नगरी सुशासन, जवाफदेहिता र अवसरमा समान पहुँच सुनिश्चित गर्ने आधार बनाउन सके मात्र जेनजी आन्दोलनको वास्तविक मर्म पूरा हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

    हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

    भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    समाचार

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

    हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

    भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑