• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      १४ घण्टा अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      १४ घण्टा अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      १४ घण्टा अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      १५ घण्टा अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      १ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      १ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      १ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      १ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      २ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      २ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      २ दिन अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      ३ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      ३ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      ३ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      ३ दिन अघि
    आज: २०८३ भाद्र २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • लाईभ नेपाल
  • २०८३ भाद्र २४, बुधबार (३ दिन अघि)
  • ६५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट

  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई सरकारविरुद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी, कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गरे ।

    यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु अन्यायको परिणामका रूपमा लिएर विश्वस्तरमा प्रभावकारी पहल गर्न सरकारसँग उनले आग्रह गरे ।

    बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सभापति लामिछानेले विपत्तिमा परेका नागरिकको उद्धार अझै जारी रहेकाले सुखद समाचारको आशा मार्न नहुने बताए ।

    जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै सभापति लामिछानेले जलवायु परिवर्तनका कारण हुने क्षतिको न्यायोचित अन्तरराष्ट्रिय सम्बोधन हुन आवश्यक रहेको बताए । उनले विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका सामान्य मृतकका रूपमा मात्र हेर्न नहुने धारणा राखे ।

    विपत्तिको समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आम नागरिकले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरे । सभापति लामिछानेले विपत्ति आइलाग्नासाथ राज्य संयन्त्र परिचालन गरी प्राथमिकतासाथ उद्धार, उपचार र राहतको काम सुरु गरेकामा सरकारलाई धन्यवाद दिए ।

    उनले अहिलेको समयमा सरकारले गरेको उद्धार तथा राहत प्रयासको आलोचना मात्र गरेर समय खेर फाल्न नहुने धारणा व्यक्त गर्दै आआफ्नो क्षेत्रबाट बाढी पीडितलाई सक्दो सहयोग गर्न अनुरोध गरे ।

    ‘विपद्को समयमा हामी सरकारको साथमा छौँ’ भन्ने भावनासहित विपत्तिलाई राजनीतिक लाभ–हानिको विषय बनाउन नहुने बताउँदै उहाँले सरकारका कामको रचनात्मक आलोचना गर्दै जवाफदेहिता माग्नु प्रतिपक्षको अधिकार र कर्तव्य भए पनि राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउन नहुने बताए ।

    अहिलेको विषम् परिस्थितिमा राहत र पुनर्निर्माणमा मात्र सीमित नभई त्यसको मूल कारणसम्म पुग्नुपर्नेमा जोड दिर्दै जलवायु परिवर्तनले गहिरिँदै गएको सङ्कटको परिणामका रूपमा यस्ता विपत्ति बढ्न सक्ने भएकाले नेपालले जलवायु न्यायका लागि विश्व अभियान अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    यसका लागि हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा विश्वस्तरमा मान्यता दिलाउन पहल गर्न, हिमालय संरक्षण तथा जलवायु अनुकूलनका लागि ‘ग्रिन क्लाइमेट फन्ड’मा सहज वित्तीय पहुँच सुनिश्चित गर्न र ‘साउथ–साउथ कोअपरेसन’मार्फत हिमालयसम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदानप्रदान अघि बढाउन सभापति लामिछानेले प्रस्ताव गरे ।

    त्यस्तै, सीमा–पार प्रारम्भिक चेतावनी तथा विपद् पूर्वसूचना प्रणाली विकास गर्न, हिमाली समुदायको जीवन, जीविकोपार्जन र सुरक्षित भविष्य संरक्षण गर्न तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधनका लागि अन्तरराष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताए । बाढीबाट भएको मृत्यु, बेपत्ता, विस्थापन तथा आर्थिक र गैरआर्थिक क्षतिको व्यवस्थित राष्ट्रिय ‘क्षति तथा हानि अभिलेख’ तयार गर्नुपर्नेमा जोड दिँदै उनले जलवायु परिवर्तनको भूमिकाबारे स्वतन्त्र वैज्ञानिक अध्ययन गराई त्यसैका आधारमा अन्तरराष्ट्रिय क्षति तथा हानिको दाबी गर्न पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।

    पुनर्निर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थोपर्न नहुने भन्दै उहाँले अनुदानमा आधारित अन्तरराष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने उनले बताए ।

    साथै, हिमताल, हिमनदी, वर्षा र नदीको वास्तविक समय निगरानी तथा सीमापार पूर्वसूचना र तथ्याङ्क आदानप्रदान प्रणालीलाई राष्ट्रिय प्राथमिकतामा राखी सोहीअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

    सभापति लामिछानेले अबको केही दिनमा हुने संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलले जलवायु सङ्कट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए । उनले नेपालले अन्तरराष्ट्रिय मञ्चमा याचना गर्नेभन्दा तथ्य र प्रमाणसहित जलवायु न्यायको पक्षमा सशक्त एवं स्वाभिमानी कूटनीतिक पहल अघि बढाउनुपर्नेमा जोड दिए ।

    विपत्तिबाट पाठ सिक्दै दीर्घकालीन कानुनी, वित्तीय तथा पूर्वतयारीको संरचना निर्माण गर्नुपर्नेमा उनको जोड थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले ‘हामीसँग एउटै विकल्प छ–आँसु पुछेर फेरि उभिनु’ भन्दैँ बाढीमा ज्यान गुमाएका तथा प्रभावित नागरिकको पीडालाई राष्ट्रिय शक्ति र उनीहरूको बलिदानलाई राष्ट्रिय सङ्कल्पमा बदल्नुपर्ने बताए ।

    यही भदौ १० गतेको बाढीपश्चात् सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले संसद्मा समय लिएर प्राकृतिक विपत्तिको सामनाका लागि पहिलोपटक सम्बोधन गरेका थिए ।

    आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेतागणको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    समाचार

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑