• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      १४ घण्टा अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      १४ घण्टा अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      १४ घण्टा अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      १५ घण्टा अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      १ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      १ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      १ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      १ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      २ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      २ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      २ दिन अघि

      संसदमा नेकपा सांसदको प्रश्न– भदौ २४ गते सिंहदरबार जलाउने को थियो?

      ३ दिन अघि

      बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा

      ३ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन सुरु

      ३ दिन अघि

      राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

      ३ दिन अघि
    आज: २०८३ भाद्र २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

  • लाईभ नेपाल
  • २०८३ भाद्र २६, शुक्रबार (१ दिन अघि)
  • ७४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत् तथा पूर्वाधारलाई जलवायु उत्थानशील बनाउँदै विपद्पछिको पुनरुत्थान र एकीकृत विकास योजना अघि बढाउने सहमति भएको छ।

    रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्ला पानीजन्य विपद्बाट भएको क्षतिलाई सम्बोधन गर्दै पुनर्निर्माणलाई सुरक्षित, उत्थानशील र दीर्घकालीन बनाउने विषयमा बिहीबार ऊर्जा मन्त्रालयमा उच्चस्तरीय छलफल भएको हो।

    बैठकमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, मन्त्रालयका सचिव सरिता दवाडी, विद्युत् नियमन आयोगका आयुक्तहरू, राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यहरू, मन्त्रालयका महाशाखा प्रमुख, मन्त्रीका सल्लाहकार तथा सचिवालयका प्रतिनिधिको सहभागिता थियो।

    छलफलमा सम्बन्धित विभागीय मन्त्रालयहरूको प्राविधिक विशेषज्ञता र राष्ट्रिय योजना आयोगको नीतिगत नेतृत्वलाई एकीकृत गरी विकास तथा पुनर्निर्माणका लागि साझा मोडल तयार गर्ने समझदारी बनेको छ।

    मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रारम्भिक क्षति आकलन (IDNA) तथा त्यसपछि तयार हुने पुनरुत्थान योजना (PDNA) का लागि मन्त्रालयले आफ्नो प्राविधिक विज्ञता आयोगलाई उपलब्ध गराउनेछ। निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूमा भएको क्षतिको विवरण सङ्कलनमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनले बताए।

    त्यस्तै, जल तथा ऊर्जा आयोगको सचिवालय (WECS) को संयोजनमा नदी करिडोरको प्राविधिक म्यापिङ गर्ने तथा आवश्यक प्राविधिक समिति गठनको प्रक्रिया अघि बढाइएको छ।

    राष्ट्रिय योजना आयोगले क्षति आकलनका लागि आवश्यक कार्यविधि तयार गरी आगामी सातादेखि नै स्थलगत काम सुरु गर्ने तयारी गरेको जानकारी बैठकमा गराएको थियो।

    आयोगका आयुक्त डा. सुधन झाले वैज्ञानिक प्रमाणमा आधारित आधारभूत तथ्याङ्क (Baseline Scientific Evidence) सङ्कलन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, पुनर्बास योजनाको पुनःइन्जिनियरिङ तथा तथ्याङ्क मानकीकरणमा जोड दिएका थिए। उनले व्यापार तथा आपूर्ति शृङ्खला निरन्तर राख्न पूर्वाधारलाई थप बलियो बनाउनुपर्ने धारणा राखेका थिए।

    मन्त्री श्रेष्ठको सल्लाहकार टोलीले २०७२ सालको भूकम्पपछि भएका एकीकृत बस्ती विकासका सफलता र कमजोरीको समीक्षा गरी पुनर्बास तथा पुनर्निर्माणको नयाँ मोडल विकास गर्नुपर्ने सुझाव दिएको थियो।

    स्थानीय संस्कृतिमा परेको क्षतिलाई समेत पुनरुत्थान योजनामा समेट्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ। स्थानीय बासिन्दासँग प्रत्यक्ष परामर्श र सहमति लिएर मात्रै पुनर्बास तथा पुनर्निर्माणका योजना अघि बढाउनुपर्ने मन्त्रालयको धारणा छ।

    बैठकमा ऊर्जामन्त्री श्रेष्ठले जलविद्युत्, सडक लगायतका पूर्वाधारलाई जलवायु उत्थानशील बनाउँदा थप लागत लाग्ने भएकाले त्यसअनुसार बजेट तथा स्रोत व्यवस्थापन गर्ने गरी भावी विकास रणनीति बनाउनुपर्ने बताए।

    उनका अनुसार उत्तरका सीमावर्ती क्षेत्रदेखि दक्षिणतर्फका नदी करिडोरसम्मलाई समेटेर एकीकृत विकास योजना निर्माण गर्न गृह मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई ऊर्जा मन्त्रालयले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

    सरकारी निकायबीच हुन सक्ने दोहोरोपन अन्त्य गर्न राष्ट्रिय योजना आयोगले एकीकृत ढाँचा तयार गर्ने र त्यसको कार्यान्वयनको मुख्य जिम्मेवारी प्रदेश तथा सम्बन्धित विभागीय मन्त्रालयले लिने समझदारीसमेत भएको छ। पुनरुत्थान योजना (PDNA) मा सबै निकायको भूमिका स्पष्ट गरी साझा जिम्मेवारीका साथ काम अघि बढाइने मन्त्री श्रेष्ठले बताए।

    पछिल्लो बाढीबाट सयौँ किलोमिटर तल्लो तटीय क्षेत्रमा प्रभाव परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भविष्यमा बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर क्यास्केड जलविद्युत् आयोजना तथा नदी करिडोरमा आधारित एकीकृत योजना निर्माण गरिने बताए।

    पुनर्निर्माण तथा पुनरुत्थानमा लगानी बोर्ड, जलविद्युत् लगानी तथा विकास कम्पनीलगायत सम्बन्धित निकायलाई समेत एकीकृत रूपमा परिचालन गरिने उनले जानकारी दिए।

    विपद्को जुनसुकै अवस्थामा पनि मुलुकको आधारभूत ऊर्जा आपूर्ति सुनिश्चित गर्न वैज्ञानिक ‘एनर्जी मिक्स’ अवधारणा लागू गरिने मन्त्री श्रेष्ठको भनाइ छ। त्यसका लागि जल तथा मौसम विज्ञान विभागमार्फत अत्याधुनिक पूर्वसूचना प्रणाली स्थापना तथा सुदृढीकरण गरिने उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

    गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    समाचार

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

    ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑