• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

      १ मिनेट अघि

      डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

      ७ मिनेट अघि

      जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

      ५१ मिनेट अघि

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      १ दिन अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      १ दिन अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १ दिन अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १ दिन अघि

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      २ दिन अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      २ दिन अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      २ दिन अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      २ दिन अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      ३ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      ३ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      ४ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      ४ दिन अघि
    आज: २०८३ भाद्र ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

  • लाईभ नेपाल
  • २०८३ भाद्र २९, सोमबार (१ दिन अघि)
  • ६२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले चीनबाट सिक्दै आफ्नै नयाँ विकास मोडल र समाजवाद निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

    काठमाडौंमा आयोजित तेस्रो संस्करणको काष्ठमण्डप संवादको आईतवार समापन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनले सन् १९४९ को क्रान्तिपछि हासिल गरेको राजनीतिक स्थिरता र विकासबाट नेपालले महत्वपूर्ण शिक्षा लिनुपर्ने बताउनु भयो । चीनले स्थिरतालाई विकासको पहिलो र प्राथमिक शर्तका रूपमा लिएको उल्लेख गर्दै उहाँले नेपालमा पनि दिगो स्थिरताको आधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

    स्थिरता बिना दीगो विकास सम्भव नहुने उहाँको भनाई छ । चीनले आफ्नो राजनीतिक, आर्थिक र सामाजिक विकासका लागि अन्य देशको मोडलको नक्कल नगरी आफ्नै देशको विशेषताअनुसार बाटो तय गरेको उहाँले बताउनुभयो । नेपालले पनि परिवर्तन र रूपान्तरणका क्रममा नेपाली विशेषताअनुसारको मोडल विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

    खनालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिका क्रममा उपलब्ध अन्य मोडललाई जस्ताको तस्तै अनुकरण नगरी चिनियाँ विशेषताअनुसारको बाटो विकास गरेको थियो । समाजवाद निर्माणमा पनि चीनले सोभियत संघ तथा पूर्वी युरोपका मुलुकहरूको मोडलको हुबहु अनुकरण नगरेको उहाँले बताउनुभयो ।

    चीनले विकास गरेको राजनीतिक प्रणाली र शासन व्यवस्थाबाट नेपालले सिक्नुपर्ने भएपनि चिनियाँ मोडलको प्रत्यक्ष अनुकरण गर्न भने नहुने उहाँको भनाई छ । नेपालले आफ्नै इतिहास, संस्कृति र सामाजिक विशेषतामा आधारित राजनीतिक तथा विकासको मोडल निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हाल नेपालले पश्चिमा लोकतन्त्रको ठाडो नक्कल गरेको उहाँको आरोप छ ।

    उहाँले भन्नुभयो, ‘चीनले सन् १९४९ मा क्रान्तिमा विजय प्राप्त गरेदेखि नै नितान्त स्थिरता कायम गरिरहेको छ । यो हामीले पनि सिक्नुपर्ने कुरा छ, कसरी हामी स्थिरता प्राप्त गर्न सक्छौँ ? चीनले बारम्बार के भनिरहेको हुन्छ भने स्थिरताबिना विकास सम्भव हुँदैन । त्यसकारण स्थिरता नै विकासको पहिलो र प्राथमिक सर्त हो भन्ने कुरा उहाँहरू भन्नुहुन्छ । उहाँहरूले हामीलाई पनि ‘किन तपाईंहरूकोमा चाहिँ स्थिरता भएन  भनेर सोध्ने गर्नुहुन्छ ? चीनले जुन स्थिरता जुन कारणले प्राप्त गर्नुभएको छ, त्यसका जुन आधारहरू छन्, ती आधार कसरी निर्माण गर्ने भन्ने कुरा नेपालका निम्ति पनि ठूलो चुनौतीको विषय हो । त्यसबाट हामीले गम्भीर रूपमा सिक्नुपर्ने कुराहरू छन् । चीनमा क्रान्ति गर्दा अरू कुनै पनि देशको क्रान्तिको मोडालिटी प्रयोग गरेर क्रान्ति भएको होइन । अरू कैयौँ मोडालिटीहरू अगाडि हुँदाहुँदै पनि चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नै देशको विशेषताअनुरूप आफ्नै मोडल विकास गर्यो । यो धेरै महत्त्वपूर्ण कुरा हो , अब हाम्रो देशमा पनि हामीले परिवर्तन र रूपान्तरणका प्रक्रियाहरू अगाडि बढाउँदाखेरि नेपाली विशेषताकै बाटो हामीले पत्ता लगाउन सक्नुपर्छ । तब मात्रै हामी हाम्रो देशलाई पनि रूपान्तरण गर्न सक्छौँ, क्रान्तिकारी रूपान्तरण गर्न सक्छौँ र चीन जस्तै समाजवादको चरणमा पुग्न सक्छौँ । समाजवादको निर्माणमा पनि सोभियत संघ समाजवादमा गइरहेको थियो, पूर्वी युरोपका मुलुकहरू समाजवादमा गइसकेका थिए । तर चीनले ती मोडालिटीहरू जस्ताको तस्तै नक्कल गर्ने काम गरेन । चीनले आफ्नै विशेषताको समाजवाद निर्माण गर्ने बाटो अगाडि बढायो, जसलाई उनीहरू ‘चिनियाँ विशेषताको समाजवाद’ भन्ने गर्छन् । कतिपयले यो त क्यापिटलिजमसँग सम्झौता गरेको हो पनि भन्छन् । जसले माक्र्सवाद बुझेका छैनन्, समाजवाद बुझेका छैनन्, चीनले गरिरहेको विकासको प्रवाहलाई बुझेका छैनन्, ती साथीहरूले यस प्रकारको टिप्पणी गर्नुलाई म कुनै ठूलो आपत्ति मान्दिनँ । चीनले समाजवाद निर्माणको जुन उदाहरण प्रस्तुत गरेको छ, त्यसबाट हामीले सिक्नुपर्छ । हामीले नक्कल–झक्कल गर्ने होइन , हामी अहिले लोकतन्त्रको कुरा गरिरहेका छौँ । हामीले पश्चिमा लोकतन्त्रको करिब–करिब ठाडो नक्कल गरेका छौँ । ठाडो नक्कल । तर चीनले पाँच हजार वर्षअघिदेखिको चीनको सांस्कृतिक विकास, उनीहरूको इतिहासको विकास, राजनीतिक–वैचारिक विकास र दार्शनिक विकास, यो सम्पूर्ण विकासको अनिवार्य परिणति हो यो भनेर प्रमाणित गरेर त्यो व्यवस्था स्थापना गरेका छन् । हामीले पनि हाम्रो देशको सन्दर्भमा सोच्नुपर्छ । हामी पनि पाँच हजार वर्षकै एउटा लामो इतिहास बोकेको मुलुक हौँ । पाँच हजार वर्षदेखिको हाम्रो सांस्कृतिक विकास छ । चाहे तपाईं वैदिक सभ्यता आएपछिको कुरा गर्नुस्, चाहे किरात कालको कुरा गर्नुस्, चाहे बुद्धकालको कुरा गर्नुस्, चाहे लिच्छवि कालको कुरा गर्नुस्, चाहे खस राज्य पश्चिमको कुरा गर्नुस्, चाहे पूर्वतिरका विविध अन्य राज्यहरूको कुरा गर्नुन्, यो लामो इतिहासमा हाम्रा आफ्नै विशेषताहरू विकसित भएर आएका छन् । त्यो विशेषतासँग आजको परिवर्तनका हाम्रा आकांक्षा, लक्ष्य र विचारहरू जोड्न सकेनौँ भने केही पनि हुँदैन । त्यो जोड्ने कुराका लागि चीनले गरेका कुराहरूबाट हामीले नतमस्तक भएर सिक्नुपर्ने अवस्था छ । चीनको मोडल हामीले पछ्याउनुपर्ने कुरा होइन । चीनले त नपछ्याऊ भन्छ । हामीले पनि पछ्याउनु हुँदैन । हामीले आफ्नै मोडल विकास गर्ने हो ।’

    उहाँले पार्टी निर्माण र सुशासन दुवै क्षेत्रमा चीनको अनुभवबाट नेपालले सिक्नुपर्ने बताउनुभयो । नेपालको आफ्नै ऐतिहासिक, सांस्कृतिक र सामाजिक विशेषतालाई आधार बनाएर राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

    डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

    भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    समाचार

    एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

    डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑