• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ११ घण्टा अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ११ घण्टा अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ११ घण्टा अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ११ घण्टा अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ११ घण्टा अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      १२ घण्टा अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      १ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      १ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      २ दिन अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      २ दिन अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      २ दिन अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      २ दिन अघि

      उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

      २ दिन अघि

      तोकिएकै समयमा कृष्णभीरमा खुल्यो नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      ३ दिन अघि
    आज: २०८३ आश्विन २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

  • लाईभ नेपाल
  • २०८३ आश्विन २, शुक्रबार (११ घण्टा अघि)
  • ४९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ को उदघाटन गर्ने भएका छन् । विहिवारदेखि आइतवारसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ भने मंगलबारदेखि प्रदर्शनीस्थलमा स्टल निर्माण सुरु गरिएको छ ।

    नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसितको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना हुन लागेको प्रदर्शनीको उदघाटन बिहीबार बिहान १०ः३० मा सभामुख अर्यालले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । प्रदर्शनी संयोजक रोशन भोयद्योका अनुसार स्टल निर्माणको काम बुधबारसम्ममा सम्पन्न भएको छ ।

    प्रदर्शनीको शीर्ष प्रायोजकका रूपमा सिजी प्रोपर्टिज/सिजी होल्डिङ्स रहेको छ । एसियन पेन्ट्स पावर्ड बाई तथा प्रभु इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा सहभागी छन् । त्यस्तै स्मार्ट पानी, केबी र यूएचएस होल्डिङ्स लगायतका संस्था प्रदर्शनीका सहयोगीका रूपमा रहने आयोजकले जनाएको छ । प्रदर्शनी व्यवस्थापनको जिम्मेवारी सिया इभेन्ट एसोसिएट्स प्रालिले सम्हालेको छ ।

    प्रदर्शनीमा अपार्टमेन्ट तथा संयुक्त आवास, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा युपिभिसी ढोका–झ्याललगायतका क्षेत्रका कम्पनी तथा व्यवसायी सहभागी हुनेछन् ।

    त्यसैगरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अस्पताल तथा स्वास्थ्य सेवा, इन्जिनियरिङ तथा वास्तुकला परामर्श, घरजग्गा विकासकर्ता र निर्माण व्यवसायसँग सम्बन्धित संस्थाको समेत सहभागिता रहनेछ । नेपालसँगै भारतबाट समेत विभिन्न कम्पनी तथा व्यवसायी प्रदर्शनीमा सहभागी हुने आयोजकले जनाएको छ ।

    प्रदर्शनीलाई घरजग्गा खरिद–बिक्रीमा मात्र केन्द्रित नगरी सुरक्षित, व्यवस्थित र वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी तथा परामर्श दिने थलोका रूपमा विकास गर्ने तयारी गरिएको छ । भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञहरूले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिनेछन् ।
    प्रदर्शनीको अर्को मुख्य आकर्षणका रूपमा समसामयिक आवास तथा पूर्वाधारका विषयमा प्यानल छलफल आयोजना गरिने भएको छ। जलवायु परिवर्तन, विपद्–प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान र सार्वजनिक–निजी साझेदारीका विषयमा नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट, निजी क्षेत्र तथा सम्बन्धित विज्ञबीच छलफल हुनेछ।

    जलवायु परिवर्तनका कारण बढिरहेको विपद्को जोखिमबीच सुरक्षित बस्ती तथा पूर्वाधार निर्माण, विपद्पछि आवास पुनर्निर्माण र पूर्वाधार विकासमा सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषय छलफलका प्रमुख विषय हुने आयोजकले जनाएको छ।
    प्रदर्शनीमा आधुनिक तथा वातावरणमैत्री निर्माण प्रविधिलाई समेत प्राथमिकता दिइएको छ। सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा पुनःप्रयोग, ऊर्जा बचत, फोहोर व्यवस्थापन र स्मार्ट प्रविधिसहितका समाधान प्रदर्शनीमा प्रस्तुत गरिनेछन्। डिजिटल स्ट्यान्डी, विद्युतीय कियोस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोगमार्फत प्रदर्शनीलाई कागजरहित बनाउने प्रयाससमेत गरिएको छ।

    आयोजकका अनुसार प्रदर्शनीका लागि एक सयभन्दा बढी स्टल बुकिङ भइसकेका छन्। घरजग्गा विकासकर्ता, निर्माण सामग्री उत्पादक तथा वितरक, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, इन्जिनियरिङ, वास्तुकला, इन्टेरियर र आधुनिक निर्माण प्रविधिसँग सम्बन्धित व्यवसायी तथा कम्पनीको सहभागिताले घर निर्माण वा जग्गा खरिदको तयारीमा रहेका उपभोक्तालाई एउटै स्थानबाट विभिन्न विकल्पबारे जानकारी लिन सहज हुनेछ।

    प्रदर्शनीमा सर्वसाधारणका लागि घर तथा जग्गा छनोट, निर्माण सामग्री, सुरक्षित निर्माण प्रविधि, वित्तीय सेवा तथा बीमासम्बन्धी जानकारी र प्रत्यक्ष परामर्शको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यससँगै स्वास्थ्य शिविर, रक्तदान तथा विभिन्न सामाजिक कार्यक्रमसमेत आयोजना हुनेछन्। ओम अस्पताल तथा ग्रान्डे इन्टरनेसनल अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र रसुवा बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेज उपलब्ध गराउने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ।

    ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रदर्शनीमा घरजग्गा कारोबारदेखि आधुनिक तथा सुरक्षित आवास निर्माणसँग सम्बन्धित प्रविधि, सामग्री र सेवालाई एउटै स्थलमा प्रस्तुत गरिनेछ । आयोजकका अनुसार प्रदर्शनीमा नेपालसँगै भारतबाट समेत व्यवसायी तथा कम्पनीको सहभागिता रहनेछ । १०० भन्दा बढी स्टलका लागि स्थान बुकिङ भइसकेको र प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ ।

    चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा घर तथा जग्गासम्बन्धी जानकारीसँगै निर्माण सामग्री, प्रविधि, सुरक्षित आवास, वातावरणमैत्री निर्माण र व्यवस्थित बस्ती विकासका विषयलाई समेत प्राथमिकतामा राखिएको छ । आयोजकले घर निर्माण तथा जग्गा खरिदको तयारीमा रहेका सर्वसाधारण, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता तथा आवास क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

    ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

    समाचार

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑