• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ५, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

      १ घण्टा अघि

      अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

      १ घण्टा अघि

      नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

      १ घण्टा अघि

      Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

      ८ घण्टा अघि

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      १ दिन अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ३ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ३ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ३ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ३ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ३ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ३ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ४ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      ४ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      ५ दिन अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      ५ दिन अघि
    आज: २०८३ आश्विन ५, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

  • लाईभ नेपाल
  • २०८३ आश्विन ५, सोमबार (१ घण्टा अघि)
  • २८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपालको पहिलो अटिजम समिट सेप्टेम्बर १९ मा ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको छ । अटिजम समावेशीकरणका विषयमा नेपालमा आयोजित पहिलो राष्ट्रिय तथा बहुक्षेत्रीय सम्मेलनका रूपमा रहेको यस समिटमा ३०० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा वरिष्ठ सरकारी अधिकारी, सांसद, अभिभावक तथा परिवारका सदस्य, गैरसरकारी संस्थाका प्रतिनिधि, चिकित्सक र थेरापिस्टलगायतको उल्लेख्य सहभागिता थियो ।

    समिटको आयोजना इन्क्लुसिभ एजुकेसन नेपाल, समानता स्कुल, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन, अटिजम केयर नेपाल सोसाइटी र आकार फाउन्डेसन नेपाललगायत १९ वटा संस्थाले संयुक्त रूपमा गरेका थिए । समिटलाई छवटा विषयगत क्षेत्रअन्तर्गत सञ्चालन गरिएको थियो । ती विषयमा प्रारम्भिक पहिचान तथा प्रारम्भिक शिक्षा; अभिभावक, परिवार तथा कानुनी अभिभावकत्व; आर्थिक सशक्तीकरण तथा सामाजिक जवाफदेहिता; स्वास्थ्य, विज्ञान तथा प्रविधि; नीति, सुशासन तथा पैरवी; र शिक्षा तथा अनुसन्धान रहेका थिए ।

    प्रत्येक विषयगत क्षेत्रका लागि छुट्टै टोली गठन गरिएको थियो। ती टोलीले समिटअघि विभिन्न चरणमा छलफल गरी तयार पारेका निष्कर्ष समिटमा प्रस्तुत गरेका थिए । समिटका क्रममा विद्यालय र पारिवारिक सहयोग प्रणालीमा अटिजमसम्बन्धी नेपालकै पहिलो राष्ट्रिय तथ्यांक पनि सार्वजनिक गरिएको थियो । यसले नीति निर्माता र हालै गठन गरिएको कार्यदललाई आगामी कामका लागि प्रामाणिक आधार उपलब्ध गराएको छ ।

    समिटको समापनमा नेपाल सरकार तथा समिटका सहआयोजक र साझेदार संस्थाहरूले ‘अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणा २०२६’ मा हस्ताक्षर गरेका थिए । घोषणापत्रमा अटिजम भएका बालबालिकाको प्रारम्भिक पहिचान र शैक्षिक सहयोग, प्रशिक्षित शिक्षक तथा अनुकूलित पाठ्यक्रमसहितको समावेशी शिक्षा प्रणाली, कानुनी अभिभावकत्व तथा पारिवारिक सहयोगका संरचनालाई थप मजबुत बनाउने, अटिजम भएका वयस्कका लागि रोजगारीका अवसर र सामाजिक सुरक्षा विस्तार गर्ने, नेपालको सन्दर्भअनुकूल स्वास्थ्य सेवा तथा अनुसन्धानमा लगानी गर्ने र विभिन्न मन्त्रालयबीच समन्वय गरी नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

    घोषणापत्रले अटिजमसम्बन्धी राष्ट्रिय कार्यदल गठन गर्ने व्यवस्था पनि गरेको छ । कार्यदलमा सरकार, आयोजक संस्थाहरू तथा परिवारका प्रतिनिधिहरूलाई समेटिएको छ। यस कार्यदलले घोषणापत्रमा गरिएका प्रतिबद्धतालाई आगामी दिनमा कार्यान्वयनमा लैजानेछ । इन्क्लुसिभ एजुकेसन नेपालका निर्देशक राम तिवारीले उद्घाटन मन्तव्यका क्रममा भने, “यस विषयलाई कुनै एक संस्था वा व्यक्तिले मात्र सम्बोधन गर्न सक्दैन । यहाँ उपस्थित प्रत्येक मन्त्रालयसँग समस्याको एउटा हिस्सा छ, तर सम्पूर्ण समस्या कसैसँग पनि छैन । त्यसैले हामीले सबैलाई एउटै हलमा, एकै दिन भेला गराएर एउटै प्रश्नको सामूहिक जवाफ खोज्न आमन्त्रण गरेका हौं।”

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    समाचार

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑