• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १५, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

      २ घण्टा अघि

      अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

      ५ घण्टा अघि

      संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

      ८ घण्टा अघि

      पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

      ९ घण्टा अघि

      दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

      ९ घण्टा अघि

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      १ दिन अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      १ दिन अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      १ दिन अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      १ दिन अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      १ दिन अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      १ दिन अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      १ दिन अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      २ दिन अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      २ दिन अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      २ दिन अघि
    आज: २०८३ आश्विन १५, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

  • लाईभ नेपाल
  • २०८३ आश्विन १५, बिहिबार (२ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवनयापनमा आवश्यक व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ मै यससम्बन्धी अध्ययन सम्पन्न गरी आवश्यक व्यवस्था अघि बढाउने जनाएको हो। राष्ट्रिय सभामा माननीय सदस्य पदमबहादुर परियारले पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने विषय उठाएपछि मन्त्रालयले यस्तो जानकारी दिएको हो।

    मन्त्रालयले यो विषयलाई अपाङ्गता भएका व्यक्तिको स्वतन्त्र जीवनयापन, आत्मसम्मान, अधिकार संरक्षण र सामाजिक समावेशीकरणसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा लिएको जनाएको छ। अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७७ को नियम ९ मा सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवासम्बन्धी व्यवस्था छ। सोही व्यवस्थाअनुसार मन्त्रालयले यसअघि नै व्यक्तिगत सहयोगी सेवा सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी २०८० पुस १८ गते अर्थ मन्त्रालयमा रायसुझावका लागि पठाएको थियो।

    तर स्पष्ट राय प्राप्त हुन नसकेपछि कार्यविधि कार्यान्वयनमा आउन सकेको थिएन। अब चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार व्यक्तिगत सहयोगी सेवा सामान्य सहायता वितरणको विषय मात्र होइन। पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिले आफ्नो दैनिक जीवनका काम सकेसम्म आफैँ निर्णय र नियन्त्रणसहित सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु यसको मूल उद्देश्य हो। त्यसका लागि सेवा आवश्यक पर्ने व्यक्तिको अवस्था, सेवा प्रदायकको भूमिका, सेवा सञ्चालनको मापदण्ड, आर्थिक दायित्व र कार्यान्वयनको प्रभावकारिता लगायत विषयमा अध्ययन गरी स्पष्ट व्यवस्था गरिनेछ। अपाङ्गता सेवाका लागि डिजिटल तथ्याङ्क प्रणाली बलियो बनाउँदै व्यक्तिगत सहयोगी सेवा आवश्यक पर्ने व्यक्तिको पहिचान र आवश्यकता मूल्याङ्कनका लागि मन्त्रालयले अपाङ्गता व्यवस्थापन सूचना प्रणाली DMIS लाई सामाजिक सूचना व्यवस्थापन प्रणाली SIMS मा पूर्ण रूपमा एकीकृत गरेको जनाएको छ।

    प्रणालीलाई देशका सबै ७५३ स्थानीय तहमा विस्तार गर्ने काम भइरहेको छ। एकीकृत प्रणालीबाट अपाङ्गता पहिचान, परिचयपत्र वितरण, डिजिटल अभिलेख तथा तथ्याङ्क व्यवस्थापन थप व्यवस्थित हुने र उपलब्ध तथ्याङ्कका आधारमा आवश्यक सेवा तथा स्रोत व्यवस्थापन गर्न सहज हुने मन्त्रालयको अपेक्षा छ। मन्त्रालयले अपाङ्गता भएका व्यक्तिलाई परिवार वा समुदायबाट अलग राख्ने नभई आवश्यक सहयोगसहित सम्मानपूर्वक, सुरक्षित र स्वतन्त्र जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने सरकारको नीति रहेको जनाएको छ।

    व्यक्तिगत सहयोगी सेवा कार्यान्वयनका लागि अपाङ्गता भएका व्यक्तिका संस्था, स्थानीय तह, प्रदेश सरकार, सम्बन्धित निकाय तथा विज्ञसँग परामर्श गरी आवश्यक कानुनी र संस्थागत व्यवस्था अघि बढाइने मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

    दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

    समाचार

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑