• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १७, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पद्मोदय माविमा सामुदायिक विद्यालय लक्षित १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु

      १३ घण्टा अघि

      शहीद शुक्र माध्यमिक विद्यालयमा १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु

      १४ घण्टा अघि

      पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

      १ दिन अघि

      अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

      १ दिन अघि

      संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

      २ दिन अघि

      पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

      २ दिन अघि

      दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

      २ दिन अघि

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      २ दिन अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      २ दिन अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      २ दिन अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      २ दिन अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      २ दिन अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      २ दिन अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      २ दिन अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      ४ दिन अघि
    आज: २०८३ आश्विन १७, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    शहीद शुक्र माध्यमिक विद्यालयमा १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु

  • लाईभ नेपाल
  • २०८३ आश्विन १६, शुक्रबार (१४ घण्टा अघि)
  • ४९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट

  • काठमाडौँ, भदौ १६

    साबित्री बस्नेत (साबु)

    काठमाडौँ महानगरपालिका वडा नं. २८ को सहयोग तथा लाईभ नेपाल नेटवर्क प्रा. लि. को आयोजनामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु भएको छ।

    शहीद शुक्र माध्यमिक विद्यालयमा आयोजित एक भव्य समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष श्री भाइराम खड्गीले ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै वडा अध्यक्ष खड्गीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सामुदायिक विद्यालयका भाइबहिनीहरूलाई माथि उकास्न र उनीहरूको स्तर उन्नति गर्न पुलको काम गर्ने बताउनुभयो। स्थानीय सरकारसँग मिलेर गरिने यस्ता कार्यक्रमहरू कोशढुङ्गा साबित हुने र यसबाट सबैलाई फाइदा पुग्ने उहाँको भनाइ थियो।

    कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं. २८ का वडा सचिव कृष्ण सोतीले स्थानीय सरकार र विद्यालयको सहकार्यमा सञ्चालित यो कार्यक्रम अत्यन्तै सराहनीय रहेको भन्दै आगामी दिनहरूमा पनि वडाको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, शहीद शुक्र माविका प्रधानाध्यापक शैली सिंह राठौरले आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई व्यावहारिक र उपयोगी ज्ञान दिलाउन ठुलो मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

    समारोहमा राष्ट्रिय अभिभावक सङ्घ केन्द्रीय सचिवालय सदस्य गोविन्द भुसालले १० दिनसम्म विभिन्न विषयमा सञ्चालन हुने यो कार्यक्रम विद्यार्थीका लागि मात्र नभई अभिभावकहरूका लागि समेत उपलब्धिमूलक हुने बताउनुभयो।

    सामुदायिक प्रहरी साझेदारी सदस्य (काठमाडौँ महानगरपालिका वडा नं. १५) सञ्जय  श्रेष्ठले बालबालिकालाई कानुनी परामर्शसमेत समावेश गरी आयोजना गरिएको यो फरक किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ र व्यावहारिक कुरा सिक्न मद्दत पुग्ने बताउनुभयो।

    कार्यक्रमको पहिलो दिन विद्यालय प्रशिक्षक, उत्प्रेरक तथा लेखक प्रबिम् बस्नेतले जलवायु परिवर्तनसम्बन्धी विशेष क्लास सञ्चालन गर्नुभयो। कक्षाका क्रममा हालै रसुवामा आएको बाढीको उदाहरण पेस गर्दै सहभागी विद्यार्थीहरूलाई जलवायु परिवर्तन र यसका असरहरूबारे सजग गराइएको थियो।

    त्यस्तै, सामाजिक अभियन्ता तथा कुशल व्यवसायी गणेश रायले कार्यक्रममा बोल्दै विद्यार्थी स्वयं पनि यस्ता कार्यक्रममा सहभागी भई आत्मबल बढाउनुपर्ने र यसबाट धेरै फाइदा लिन सक्नुपर्ने बताउनुभयो। कुनै संस्थाले सिकाएर मात्र नपुग्ने उल्लेख गर्दै उहाँले विद्यार्थीले आफूले पनि निरन्तरता दिनुपर्ने तथा धैर्य र अनुशासित भएमा सबै काम गर्न सकिने धारणा राख्नुभयो। साथै, कार्यक्रम अत्यन्तै राम्रो भएको जानकारी गराउँदै विद्यार्थीहरूलाई १० दिनसम्म विभिन्न सीपमूलक र ज्ञानवर्द्धक कुरा सिक्न आग्रह गर्नुभयो।

    लाइभ नेपाल नेटवर्क प्रा. लि. का अध्यक्ष एवं कार्यक्रमका सभापति पुष्कर राज पाण्डेयले संस्थाले विगतदेखि नै यस्ता सामाजिक तथा शैक्षिक काम गर्दै आएको जानकारी दिनुभयो। यसपटक १० दिनसम्म विभिन्न विषयमा तालिम दिएर विद्यार्थीहरूमा सचेतना फैलाउनुका साथै सीपमूलक बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।

    लाइभ नेपाल नेटवर्ककी निर्देशक, पत्रकार तथा सामाजिक अभियन्ता साबित्री बस्नेत (साबु) ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त उद्घाटन समारोहमा विभिन्न निकायका प्रतिनिधि, शिक्षक, प्रशिक्षक, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    पद्मोदय माविमा सामुदायिक विद्यालय लक्षित १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

    दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

    समाचार

    पद्मोदय माविमा सामुदायिक विद्यालय लक्षित १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु

    शहीद शुक्र माध्यमिक विद्यालयमा १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑