काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणकाे आजकाे खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयू मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन्।
जारी सिजनमा सुदूरपश्चिमको यो दोस्रो खेल हो । उद्घाटन खेलमा उसले लुम्बिनी लायन्ससँग सात विकेटको पराजय भोगेको थियो । पोखराको भने यो पहिलो खेल हो ।

