• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

      १ घण्टा अघि

      भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

      १ घण्टा अघि

      शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

      १ घण्टा अघि

      कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

      १ घण्टा अघि

      पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

      २ घण्टा अघि

      सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

      २ घण्टा अघि

      तारकेश्वरको सुदर्शन स्मृति खेलमैदानलाई मिनी स्टेडियम बनाउने योजना, खेलकुदमन्त्रीसँग नगर प्रमुखको छलफल

      २ घण्टा अघि

      लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा युवा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

      २ घण्टा अघि

      चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बीच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

      २ घण्टा अघि

      पोखराले गुमायो सातौँ विकेट

      १७ घण्टा अघि

      लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

      १७ घण्टा अघि

      पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक सम्पन्न

      १७ घण्टा अघि

      ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवस सम्पन्न

      १७ घण्टा अघि

      विकासका लागि सरकारी र निजी लगानी प्रतिस्पर्धी होइन, परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

      १७ घण्टा अघि

      सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ शुरु युवा र महिला उद्यमशीलता तथा उद्योग–शैक्षिक सहकार्यबाट आर्थिक रूपान्तरण सम्भव : अध्यक्ष श्रेष्ठ

      १ दिन अघि
    आज: २०८३ कार्तिक १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा युवा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १८, बुधबार (२ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ । सरकारले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

    पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन् । उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनका क्षेत्रमा काम गर्दै आएका छन् । पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । महानगरपालिकामा रहँदा उनले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गरेका थिए ।

    त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । त्यहाँ रहँदा भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्डको परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालिम प्रदान गर्ने काममा संलग्न थिए । त्यस्तै, उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।

    उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा योगदान दिएका थिए । निजी क्षेत्रतर्फ उनले भिजनरी डिजाइन प्रालिमा काम गरेका उनले विभिन्न स्थानमा ‘पैदलयात्री पुल’को संरचनागत डिजाइन तथा विस्तृत प्राविधिक अध्ययन गरेको अनुभव बटुलेका छन् । पाण्डेले काठमाडौंस्थित एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक गरे ।

    त्यसपछि भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट सन् २०१६ मा स्ट्रक्चरल इन्जिनियरिङमा एमटेक गरे । उनले नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन् । सन् २०२४ मा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालले भवन संहिताको समीक्षा समितिमा सक्रिय योगदान गरेका थिए । यसका अतिरिक्त उनले सहरी विकास, जीआईएस, स्मार्ट सिटी, संरचनागत सुरक्षा तथा भवन निर्माणसम्बन्धी विभिन्न तालिम र कार्यशालामा सहभागिता जनाएका छन् ।

    लुम्बिनी विकासमा प्राविधिक अनुभवको उपयोग अपेक्षा लुम्बिनी नेपालको प्रमुख धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा क्षेत्र हो। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संरक्षण, पूर्वाधार विकास, पर्यटकीय सुविधा विस्तार तथा दीर्घकालीन गुरुयोजना कार्यान्वयनमा लुम्बिनी विकास कोषको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । संरचनागत इन्जिनियरिङ, सहरी पूर्वाधार व्यवस्थापन तथा स्थानीय तहमा काम गरेको अनुभव भएका पाण्डेको नियुक्तिसँगै कोषको विकास निर्माण, पूर्वाधार व्यवस्थापन र प्राविधिक पक्ष थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

    विशेषगरी लुम्बिनी क्षेत्रका भौतिक संरचनाको संरक्षण, निर्माणाधीन आयोजनाको गुणस्तर अनुगमन, विकास निर्माणमा प्राविधिक मापदण्डको पालना तथा सम्पदामैत्री पूर्वाधार विकासमा उनको अनुभव उपयोगी हुन सक्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

    भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

    शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

    कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

    सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

    समाचार

    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

    भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

    शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

    कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑