• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

      २ घण्टा अघि

      भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

      २ घण्टा अघि

      शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

      २ घण्टा अघि

      कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

      २ घण्टा अघि

      पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

      २ घण्टा अघि

      सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

      २ घण्टा अघि

      तारकेश्वरको सुदर्शन स्मृति खेलमैदानलाई मिनी स्टेडियम बनाउने योजना, खेलकुदमन्त्रीसँग नगर प्रमुखको छलफल

      २ घण्टा अघि

      लुम्बिनीको संरचनागत विकासका लागि कोषको सदस्य सचिवमा युवा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

      २ घण्टा अघि

      चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बीच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

      २ घण्टा अघि

      पोखराले गुमायो सातौँ विकेट

      १७ घण्टा अघि

      लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव : बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

      १७ घण्टा अघि

      पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित सफलतापूर्वक सम्पन्न

      १७ घण्टा अघि

      ५ औ अन्तर्राष्ट्रिय संरक्षक दिवस सम्पन्न

      १७ घण्टा अघि

      विकासका लागि सरकारी र निजी लगानी प्रतिस्पर्धी होइन, परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

      १८ घण्टा अघि

      सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ शुरु युवा र महिला उद्यमशीलता तथा उद्योग–शैक्षिक सहकार्यबाट आर्थिक रूपान्तरण सम्भव : अध्यक्ष श्रेष्ठ

      १ दिन अघि
    आज: २०८३ कार्तिक १८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १८, बुधबार (२ घण्टा अघि)
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । तिहारको सांस्कृतिक रौनक र मौलिक परम्परालाई सांगीतिक रूपमा प्रस्तुत गर्दै सर्जक तथा संगीतकार सरोज बिरही कार्कीको सिर्जनामा नयाँ देउसी भैलो गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ । सरोजको शब्द, संगीत तथा एरेञ्ज रहेको गीतले तिहारको माहोललाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ ।

    नेपाली मौलिक संस्कृति, देउसी भैलोको परम्परा, पारिवारिक आत्मीयता र चाडपर्वको उमंगलाई समेटेर तयार पारिएको गीतमा सरोज बिरही कार्कीसहित अमृता लुंगेली मगर, राजु परियार, घमेश दुलाल, सीता थापा र राधिका हमालको स्वर रहेको छ । चर्चित गायक–गायिकाको सामूहिक स्वरले गीतलाई थप आकर्षक बनाएको छ ।

    शब्द, संगीत र एरेञ्ज तीनै पक्षको जिम्मेवारी सम्हालेका सरोज बिरही कार्की नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सर्जक हुन् । आफ्नै सिर्जनामार्फत नेपाली मौलिकता र चाडपर्वको सांस्कृतिक महत्त्वलाई गीतसंगीतमा उतार्ने प्रयासस्वरूप उनले ‘झिलीमिली देउसी भैलो’ तयार पारेका हुन् । गीतमा स्वर दिएकी अमृता लुंगेली मगर नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय छन् । उनका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायतका गीत चर्चामा छन् । हाल अमेरिकालाई कर्मथलो बनाउँदै आएकी अमृताले विदेशमा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएकी छन् ।

    ‘झिलीमिली देउसी भैलो’को भिडियो खगेन्द्र गिरीले निर्देशन गरेका हुन् । केशव विश्वकर्माको छायांकन र कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन् । गीत अमृता लुंगेली मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सरोज बिरही कार्कीको शब्द, संगीत र एरेञ्जमा तयार भएको यस गीतले तिहारको मौलिक परम्परा र नेपाली सांगीतिक पहिचानलाई थप उजागर गर्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

    भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

    शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

    कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

    तारकेश्वरको सुदर्शन स्मृति खेलमैदानलाई मिनी स्टेडियम बनाउने योजना, खेलकुदमन्त्रीसँग नगर प्रमुखको छलफल

    समाचार

    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

    भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

    शिवपुरी निकुञ्जमा थरीथरीका पुतली (तस्बिर)

    कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑