काठमाडौँ– काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा थरीथरीका पुतली पाइन्छन् ।
निकुञ्जको तथ्यांकअनुसार नेपालमा पाइने ६३० मध्ये शिवपुरीमा १२४ प्रजातिका पुतली पाइन्छन् । हरियाली वन, शान्त वातावरण र मनोरम पदमार्गका कारण शिवपुरी हाइकिङ तथा प्रकृति अवलोकनका लागि लोकप्रिय छ ।
वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गी र रंगीचंगी पुतलीहरूले शिवपुरीको प्राकृतिक सौन्दर्यलाई अझ विशेष बनाएका छन् ।

