• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ७, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      १७ मिनेट अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      २५ मिनेट अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      ५९ मिनेट अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      १ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १ घण्टा अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      ७ घण्टा अघि

      जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

      ९ घण्टा अघि

      वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

      ९ घण्टा अघि

      गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

      ९ घण्टा अघि

      काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्याे

      ९ घण्टा अघि

      प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

      ९ घण्टा अघि

      कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

      ९ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

      ९ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेन शाहको आजको कार्यतालिका

      १0 घण्टा अघि

      मासुका लागि ल्याइने पशुपन्छीको अमानवीय ढुवानी, मापदण्ड कार्यान्वयन गर्न NAWES को माग

      १२ घण्टा अघि
    आज: २०८३ मंसिर ७, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

  • लाईभ नेपाल
  • २०८३ मंसिर ७, सोमबार (१७ मिनेट अघि)
  • १२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ। ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का सांसदसमेत रहनुभएका श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजनाहरू सार्वजनिक गर्नुभएको हो।

    सम्बोधनका क्रममा श्रेष्ठले आफ्नो बाल्यकाल स्मरण गर्दै विष्णुमती र बागमती नदीको सफा पानी पिएको, नुहाएको र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीको चिरबिरबीच हुर्किएको अनुभव सुनाउनुभयो। तर, आफ्नै जीवनकालमा ती नदीहरू प्रदूषित र सङ्कटग्रस्त बन्दै गएको देख्दा आफू निकै भावुक हुने गरेको उहाँले बताउनुभयो। पछिल्ला केही दशकमा जथाभाबी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको, धुलो-धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदा कालो हुँदै गएको र वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम भयावह बनेको उहाँले उल्लेख गर्नुभयो।

    जलवायु परिवर्तनले संकट अझ थपेको बताउँदै श्रेष्ठले मात्र ४६ दिनको अवधिमा तीनवटा नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताउनुभयो। तीव्र गतिमा सहरीकरण भइरहेका देशका अन्य नगरपालिकाहरूलाई काठमाडौँको गल्तीबाट पाठ सिकेर बेलैमा नदी, पोखरी र खुला जमिन जोगाउन उहाँले आग्रह गर्नुभयो। साथै, पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकोमा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षहरूको उहाँले प्रशंसा गर्नुभयो। सम्बोधनमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले सरकारका तर्फबाट मुख्य प्रतिबद्धता र योजनाहरू पनि सुनाउनुभयो । उहाँकाअनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली बनाइनेछ ।

    बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गरिनेछ। साथै, झुन्डिएका हिमचट्टान र पग्लिँदो हिमनदीको अनुगमनमा विज्ञ, वैज्ञानिक, अभियन्ता र युवाहरूलाई जोडिनेछ। यसैगरी प्रकृतिमा आधारित नदी संरक्षण गरिनेछ । नदीलाई कडा कङ्क्रिटको पर्खालभित्र थुन्नुको साटो प्राकृतिक रूपमै फैलिन र खुम्चिन दिइनेछ। विष्णुद्वार र वाग्द्वारका मुहान तथा नागार्जुन र गोदावरी क्षेत्र जोगाइनेछ। नदीले प्रशासनिक सिमाना नचिन्ने भएकाले जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौँ महानगर तथा नदी प्रणालीसँग जोडिएका वरपरका १७ वटा नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि नै काम सुरु गर्नेछन्।

    यसैगरी सहर शीतल बनाउने र भूमिगत पानी पुनर्भरण गरिनेछ । घर-घरमा आकाशे पानी सङ्कलन, पानी सोस्ने पैदलमार्ग, खुला ठाउँ र मुख्य सडक किनारमा रैथाने रूख रोप्ने कार्यका लागि महानगरले स्थान पहिचान गरेपछि सङ्घीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ। यसैगरी वायु प्रदूषण नियन्त्रण गरिनेछ । राष्ट्रिय निर्धारित योगदानअनुरूप विद्युतीय सार्वजनिक यातायात, स्वच्छ इँटाभट्टा र फोहोर दहन नियन्त्रणमा जोड दिइनेछ। वायु गुणस्तरको तथ्याङ्क नागरिकका लागि खुला राखिनेछ र जाडो तथा तुवाँलो सुरु हुनुअगावै (अक्टोबरअघि नै) प्रदूषण नियन्त्रणका तयारी पूरा गरिनेछ। यसैगरी फोहोरबाट ऊर्जा र जलवायु वित्त परिचालन गरिनेछ ।

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौँ महानगरबीच भएको समझदारी तथा टेकु बायोग्यास प्लान्टलाई छिटो सञ्चालनमा ल्याउन घरबाटै फोहोर वर्गीकरण गर्न आह्वान गरिएको छ। साथै, ‘जलवायु वित्त शिखर सम्मेलन’ मार्फत हरित बन्ड र जलवायु कोष भित्र्याउन नगर विकास कोषसँग मिलेर काम गरिने मन्त्री श्रेष्ठले बताउनुभयो । भोटेकोशीको विपद्पछि पुनर्लाभका लागि छिटो परिचालन हुने कोषको आवश्यकता महसुस गरिएको उहाँले बताउनुभयो। नवीन प्रविधिमा युवाहरूको सक्रियताको प्रशंसा गर्दै श्रेष्ठले कक्षा १२ का विद्यार्थीहरूले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउने सञ्चार प्रणाली बनाएको उदाहरण दिनुभयो। युवाहरूको प्रविधि र ज्येष्ठ नागरिकहरूको परम्परागत जलप्रणालीको ज्ञानलाई जोडेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    जलवायु न्यायको प्रसङ्ग उठाउँदै श्रेष्ठले विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि हिमनदी पग्लिने र बाढी-पहिरोको मार नेपालीले भोग्नुपरेको बताउनुभयो। नदी किनारका बासिन्दासँगै बोल्न नसक्ने नदी, मुहान, रूख, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान जोगाउनु नै साँचो न्याय भएको उहाँको भनाइ थियो। सम्बोधनको अन्त्यमा श्रेष्ठले रूखै-रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती-विष्णुमती करिडोर, काठमाडौँ वरीपरीका जंगल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना प्रस्तुत गर्नुभयो।

    पार्कमा बुवा-आमा ढुक्कले घाम ताप्ने, चोकमा बालबालिका सुरक्षित खेल्ने र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्रहरू फस्टाउने सुन्दर काठमाडौँ सबै मिलेर निर्माण गर्न उहाँले आह्वान गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

    नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

    जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

    समाचार

    नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑