• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १२, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      २ घण्टा अघि

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      २ घण्टा अघि

      बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

      २ घण्टा अघि

      सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

      २ घण्टा अघि

      Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

      २ घण्टा अघि

      बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

      ३ घण्टा अघि

      इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

      ५ घण्टा अघि

      अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

      १0 घण्टा अघि

      जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

      १0 घण्टा अघि

      ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

      १0 घण्टा अघि

      श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

      १0 घण्टा अघि

      एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

      १0 घण्टा अघि

      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

      १0 घण्टा अघि

      धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

      १0 घण्टा अघि

      इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

      ११ घण्टा अघि
    आज: २०८३ कार्तिक १२, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    श्रमदानबाट तमोर नदीमा काठे पुल निर्माण

  • लाईभ नेपाल
  • २०८१ पौष १, सोमबार (१ साल अघि)
  • २३४०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।

    फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकै पटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो ।

    तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छ । अन्य ठाउँमा समेत आवश्यकता हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताए ।

    प्रत्येक वर्ष मङ्सिर महिनामा पानीको सतह घटेपछि पुल निर्माण थाल्ने गरिएको छ । हालै निर्माण सम्पन्न काठे पुल जेठ महिनासम्म सञ्चालन हुनेछ । यसपछि वर्षा याम सुरु भएसँगै नदीमा पानीको सतह बढ्ने र पुल बगाउने अवस्था आउँछ ।

    विगतमा यस क्षेत्रमा चारदेखि पाँच अस्थायी काठे मोटरेबल पुल बनाइने गरेकामा अहिले केही स्थानमा स्थायी पक्की पुल निर्माण भइसकेका छन् । केही पुलको निर्माण प्रक्रिया जारी रहेको अध्यक्ष लिम्बूले जानकारी दिइ ।

    उनका अनुसार विगतमा एउटा अस्थायी पुल निर्माण गर्न झन्डै चार लाखदेखि पाँच लाख खर्च लाग्ने गरे पनि यसपटक श्रमदानमार्फत जनशक्ति जुटाएर निर्माण सामग्री खरिद गर्न मात्र ६० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

    स्थानीय तहमा विकासका गतिविधि सञ्चालन गर्न सीमित बजेटको बाध्यता रहेकाले श्रमदानको उपयोग गरिएको हो । गाउँपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको छ भने पुल निर्माणका लागि श्रमदानमार्फत जनशक्ति जुटाइएको छ । गाउँपालिकाले मङ्सिर महिनामा पुल निर्माण गरेर हिउँदभरि स्थानीयलाई यातायातको सुविधा दिने प्रयासलाई निरन्तरता दिइरहेको छ ।

    पुल निर्माणसँगै स्थानीय बासिन्दाको जीवन सरल भएको छ । दैनिक आवतजावत र आवश्यक सामग्री ढुवानीमा सहजता आएको छ । ग्रामीण क्षेत्रका बासिन्दाले यस्तो पहलले आफूहरूको दैनिकीमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।

    तमोर नदीले गाउँपालिकाको भूगोललाई दुई भागमा विभाजित गरेको छ । यसले शिक्षा, स्वास्थ्य, व्यापार, तथा अन्य आवश्यक कार्यका लागि एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा स्थानीयलाई कठिनाइ झेल्नुपर्ने अवस्था सिर्जना गरेको थियो । अस्थायी काठे पुलले यी चुनौतीलाई केही हदसम्म समाधान गरेको छ ।

    गाउँपालिकाले स्थायी पुलहरू निर्माण गर्न दीर्घकालीन योजना बनाएको भए पनि सीमित बजेटका कारण यो प्रक्रिया ढिलो भइरहेको छ । हाल गाउँपालिकाले स्थायी पक्की पुल निर्माणका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गर्दै केही स्थानमा काम अघि बढाइरहेको छ । तर, बाँकी स्थानमा भने हालका लागि अस्थायी पुल नै विकल्प बनेको छ ।

    श्रमदानले बजेट बचत गर्न सहयोग पुर्‍याएकाे छ, यसले सामुदायिक एकताको भावना पनि बलियो बनाएको छ । स्थानीय बासिन्दाले स्वेच्छाले दिएको श्रमदानको माध्यमबाट पुल निर्माण हुनु ग्रामीण विकासमा जनसहभागिता कस्तो प्रभावकारी हुनसक्छ भन्ने उदाहरण बनेको छ ।

    तमोर नदीजस्ता ठूला नदीमा स्थायी पुल निर्माण गर्न ठूलो बजेट र प्राविधिक जनशक्तिको आवश्यकता पर्छ । यस्तो अवस्थामा अस्थायी पुलले तत्कालका लागि आवतजावतको समस्यालाई समाधान गरे पनि दीर्घकालीन रूपमा यस्ता अस्थायी पुलहरूले टिकाउ समाधान दिन सक्दैनन् । गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा थप स्थायी पुलहरू निर्माणको योजना बनाउँदैछ ।

    श्रमदानमार्फत स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै सीमित बजेटमा पनि विकास निर्माण सम्भव छ भन्ने देखाएको छ । अस्थायी काठे पुलले ग्रामीण बासिन्दालाई यातायातको सहजता दिनुका साथै आर्थिक गतिविधि प्रवर्द्धनमा पनि योगदान पुर्‍याएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

    सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

    Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

    बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

    समाचार

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

    सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑