• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १३, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      १४ घण्टा अघि

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      १४ घण्टा अघि

      बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

      १४ घण्टा अघि

      सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

      १४ घण्टा अघि

      Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

      १४ घण्टा अघि

      बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

      १४ घण्टा अघि

      इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

      १६ घण्टा अघि

      अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

      २१ घण्टा अघि

      जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

      २२ घण्टा अघि

      ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

      २२ घण्टा अघि

      श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

      २२ घण्टा अघि

      एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

      २२ घण्टा अघि

      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

      २२ घण्टा अघि

      धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

      २२ घण्टा अघि

      इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

      २२ घण्टा अघि
    आज: २०८३ कार्तिक १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    घर निर्माणको अनुमति अब अनलाइनबाटै

  • लाईभ नेपाल
  • २०८१ माघ २२, मंगलबार (१ साल अघि)
  • १२२७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवर्द्धन परियोजना’ सुरु गरेको छ ।

    यस परियोजनाले घरधनी, निर्माण व्यवसायी तथा प्राविधिकहरूको ज्ञान र चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।

    नेपाल राष्ट्रिय भवन संहिता अनुरूप भवन निर्माण गर्दा हुनुपर्ने डिजाइन, निर्माण चरणमा हुने चेकजाँच, प्राविधिकहरूको सुपरिवेक्षण क्षमता, निर्माण व्यवसायीको गुणस्तर कायम गर्ने क्षमतामा अभिवृद्धि गरी अब बन्ने घर तथा भवनहरूमा अझ प्रभावकारी ढङ्गले भवन संहिता लागू गराउन यस परियोजनाले सहयोग गर्ने जनाइएको छ ।

    काठमाडौं उपत्यकाका सात वटा स्थानीय तह (ललितपुर महानगरपालिका, टोखा नगरपालिका, महालक्ष्मी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, सूर्यविनायक नगरपालिका र बागमती गाँउपालिका) लाई पाइलट नगरपालिकाका रुपमा छनोट गरी सन् २०२१ देखि यो परियोजना सुरु भएको थियो ।

    परियोजनाले नगरपालिकाहरूमा भवन निर्माण अनुमतिका लागि आवेदन दिने, डिजाइन चेकजाँच गर्ने र निर्माणको क्रममा निरीक्षण गर्ने प्रक्रियाहरूमा सुधार गरी भवन संहिता र भवन निर्माण मापदण्ड पालनाको दर वृद्धि गरी भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।

    नयाँ भवनहरूको नक्सा पास गर्दा लागू हुने भवन निर्माण मापदण्ड, भवन नियमावली, भवन संहिताको कार्यान्वयनमा एकरूपता भएको देखिँदैन । यसबाट अधिकांश नगरपालिकाहरूमा मापदण्ड नभएको र भएकोमा पनि मापदण्ड अपर्याप्त वा नमिलेको देखिएको मन्त्रालयले जनाएको छ ।

    भौतिक विकास, योजना, मापदण्ड तथा नियमावलीको कार्यान्वयनको अभावमा यस्ता नगरपालिकाहरूमा द्रूत गतिमा भइरहेको सहरीकरणले भविष्यमा अस्तव्यस्तता निम्तिने देखिएको मन्त्रालयले जनाएको छ ।

    यस्ता नगरपालिकाहरूमा सहरीकरण प्रक्रियालाई निर्दिष्ट तथा नियमन गरी स्वच्छ, स्वस्थ, दिगो तथा बस्न उपयुक्त सहरी वातावरण निर्माण गर्न वैज्ञानिक आधारमा तयार गरिएका भवन निर्माण मापदण्डको उचित परिपालनाको आवश्यकता देखिएको मन्त्रालयको भनाइ छ ।

    नेपालमा भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता र विभिन्न नगरपालिका/गाउँपालिकाका आ–आफ्ना भवन निर्माण मापदण्डहरू छन् । भवन निर्माण गर्नका लागि सर्वप्रथम घरधनीले नगरपालिकाबाट भवन निर्माण अनुमति लिनुपर्ने हुन्छ ।

    यस्तो अनुमति लिनको लागि घरधनीले भवन निर्माण मापदण्ड र भवन संहिताको पूर्ण पालना हुने गरी आफ्नो आवश्यकता अनुसार घरको डिजाइन र नक्सा तयार गराइ आफ्नो नगरपालिका-गाउँपालिकामा बुझाउनु पर्दछ ।

    यसरी बुझाएको डिजाइन र नक्सा भवन निर्माण मापदण्ड र भवन संहिता अनुरूप छ कि छैन भनी नगरपालिकाले चेकजाँच गरी भवन निर्माण अनुमति दिने गर्दछ । नगरपालिकाबाट नक्सा पास गरी भवन संहिता र भवन निर्माण मापदण्ड पालना गरी नक्सा अनुसार निर्माण गरिएका घरहरू भूकम्प प्रतिरोधी हुन्छन् ।

    भवन संहिता र भवन निर्माण मापदण्ड पालना नगरी निर्माण गरिएका घरहरू भूकम्पको बेला क्षतिग्रस्त हुन सक्छन् । साथै, त्यस्ता घरले छिमेकीका घरहरूलाई समेत जोखिममा पार्न सक्छन् । कतिपय घरधनीहरूले नगरपालिकाबाट भवन निर्माणको अनुमति नलिईकन घर निर्माण सुरु गरेको पाइन्छ । विभिन्न अध्ययनले हाल नेपालमा भवन संहिता र भवन निर्माण मापदण्ड पालना गरी निर्माण गरिएका घरहरूको दर सन्तोषजनक नभएको देखाएको छ ।

    यी समस्या समाधान गर्न नक्सापास प्रक्रियाका सम्बन्धमा सबै सरोकारवालाहरूको बुझाइमा एकरूपता ल्याउन र सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार विशेषगरी नगरपालिका तथा गाउँपालिका, घरधनी, डकर्मी तथा सिकर्मी, निर्माण व्यवसायी, सुपरिवेक्षण परामर्शदाता, इन्जिनियरहरूमाझ पुग्नका लागि भवन निर्माण कार्यविधिमा भएका संशोधन र परिमार्जनका विषयहरूका बारेमा प्रचार प्रसार हुनु आवश्यक छ ।

    पछिल्लो समय अद्यावधिक गरिएको कार्यविधिका महत्वपूर्ण प्रावधानहरूलाई सबै सरोकारवालाहरूमाझ पुर्याई बुझाइमा एकरूपता ल्याउने प्रयास एक एनिमेटेड भिडियो मार्फत गरिएको मन्त्रालयले जनाएको छ ।

    यसले घरधनीहरूलाई भवन संहिता र भवन निर्माण मापदण्डहरू लागू गरी भूकम्पीय सुरक्षा अभिवृद्धि गर्न प्रेरित गरेको मन्त्रालयको भनाइ छ । जसका कारण नगरपालिकाहरूमा निर्माण हुने घरहरू कार्यविधि बमोजिम निर्माण भई भूकम्पीय दृष्टिकोणले सुरक्षित समेत हुने देखिएको जनाइएको छ ।

    यस भिडियोले घर निर्माण गर्न खोजेका जो कोही घरधनीहरूलाई घर निर्माणमा संलग्न हुने सुपरिवेक्षण परामर्शदाता, डकर्मी, निर्माण व्यवसायी, डिजाइनर लगायत सबै व्यक्तिहरू नगरपालिकामा दर्ता भएकामध्येबाट मात्रै छनौट गर्नका लागि प्रेरणा दिन्छ ।

    यस भिडियोबाट नक्सा पास प्रक्रियाका बारेमा घरधनीहरूलाई सूचित गराउँदै नक्सापासको महत्त्व दर्शाउँदै भूकम्पीय सुरक्षा अभिवृद्धि तथा सुरक्षित समुदाय निर्माणको लागि जनचेतना जगाउने अपेक्षा गरिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

    सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

    Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

    बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

    समाचार

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

    सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑