• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १२, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

      ८ घण्टा अघि

      कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

      ८ घण्टा अघि

      दोहोरो आइजिन लागू नगर्ने तयारीमा धितोपत्र बोर्ड

      ८ घण्टा अघि

      मेटाले प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट हटाइएको भिडियो फिर्ता

      १२ घण्टा अघि

      समावेशी महिनावारी शिक्षा प्रवर्द्धन सम्बन्धी छलफल

      १३ घण्टा अघि

      ढाड दुखाइलाई सामान्य नठान्नुहोस्: डा. विनोद बिजुक्छेसँग गरिएकाे कुराकानी

      १४ घण्टा अघि

      छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

      १४ घण्टा अघि

      नेपालभर राष्ट्रिय एआई शिक्षा सुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच ऐतिहासिक साझेदारी

      १४ घण्टा अघि

      ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न

      १५ घण्टा अघि

      नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच पेन्सन योजना सञ्चालन सम्झौता

      १५ घण्टा अघि

      मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प

      १६ घण्टा अघि

      उपायको आक्रामक विस्तार : एक वर्षमै कारोबार ५४ प्रतिशतले वृद्धि

      १६ घण्टा अघि

      ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

      १६ घण्टा अघि

      inDrive Nepal certifies first cohort of Driving Naari Nepal

      १६ घण्टा अघि

      सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य

      १६ घण्टा अघि
    आज: २०८३ श्रावण १२, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ‘बीपी प्रतिष्ठानको सेवा, जनशक्ति र पूर्वाधारमा उल्लेख्य काम गरेका छौँ’

  • लाईभ नेपाल
  • २०८१ फागुन १७, शनिबार (१ साल अघि)
  • १४४४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा बढी बिरामीले सेवा लिनेमध्ये संस्थाका रूपमा रहेको छ । दैनिक सेवा लिन आउने करिब तीन हजार पाँच सय बिरामीमध्ये झन्डै ३० प्रतिशत बिरामी भारतीय रहेको प्रतिष्ठानको तथ्याङ्क छ ।

    काठमाडौँ बाहिर मुलुककै प्रतिष्ठित स्वास्थ्य संस्थाका रूपमा स्थापित यो प्रतिष्ठानले पछिल्लो समय आवश्यक पूर्वाधार निर्माणका साथ स्वास्थ्य सेवालाई थप विस्तार र आधुनिकीकरण गर्दै आएको जनाएको छ ।

    हालैमात्र निर्माण सम्पन्न भएको चार सय शय्याको ‘एमसीएच’ भवनलाई आगामी महिना उद्घाटन गरी मातृशिशु सेवा विस्तार र सञ्चालन गर्ने प्रतिष्ठानको योजना छ । यसै गरी प्रतिष्ठानले आइसियुको सङ्ख्या ३२ शय्याबाट वृद्धि गरेर ७४ शय्या पुर्‍याएको छभने डायलायसिस सेवा पनि विस्तार गरी १० शय्याबाट विस्तार गरी २३ शय्याको पुर्‍याएको छ ।

    यही सन्दर्भमा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले रासससँग कुरा गर्दै लामो समयदेखि थन्केर बसेको एमसीएच भवन आफू उपकुलपति नियुक्ति भएर आएपछि विभिन्न आरोह–अवरोध पार गरी निर्माण सम्पन्न गर्न सफलता प्राप्त भएको बताए।

    चिकित्सकसमेत रहेका उनले भने , ‘चार सय शय्याको यो भवन यस क्षेत्रकै लागि गौरवको विषय हो । यो भवनमा आगामी महिना उद्घाटन गरी तत्काल दुई सय शय्याको मातृशिशु सेवा विस्तार गरी सुरू गर्दैछौँ भने बाँकी दुई सय शय्यामा विशिष्ट सेवा विस्तार गर्ने योजना बनाएका छौँ ।’

    उहाँले आफू नियुक्त भएर आउने बेला कैयौँ पूर्वाधार विभिन्न कारणले निर्माण स्थगित भई भग्नावशेष भएर रहेका जानकारी गराउँदै भने, ‘एमसीएच, फार्मेसीलगायत महत्त्वपूर्ण भवन लेनदेनले कुरा नमिलेर अन्योलमा रहेका थिए, म आएको तीन महिनामा निर्माण सुरू गर्न लगाएँ । निर्माणलगायत विवादको विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो । सबै कानुनी प्रक्रिया पूरा गरी ‘पिजी’ होस्टल निर्माणदेखि इमर्जेन्सी सेवालाई समेत विस्तार गरेर अत्याधुनिक बनायौँ ।’

    अहिले प्रतिष्ठानको इमर्जेन्सी सेवा मुलुककै आधुनिक, ठूलो र सुविधासम्पन्न बनेको उनको भनाइ छ ।

    सन् १९९३, जनवरी १८ मा स्थापना भएको प्रतिष्ठानपछि सामाजिक रूपमा उत्तरदायी, सक्षम स्वास्थ्य कार्यबल विकास गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने तथा नवीन स्वास्थ्य अनुसन्धानमा संलग्न हुने जनादेशका साथ एक स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा अक्टोबर २८, १९९८ मा स्तरोन्नति गरिएको थियो । यसको नाम नेपालका सामाजिक उत्थान र राष्ट्रिय एकताका दूरदर्शी नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको नामबाट राखिएको हो । भारत सरकारको सहयोगमा स्थापित यो प्रतिष्ठान नेपाल–भारत सहयोगको सफल उदाहरणका रूपमा रहेको छ ।

    उहाँले कोरोना महामारीकै बेला २०७६ साल चैत २६ गते आफू उपकुलपतिमा नियुक्त भएपछि अन्योलको परिस्थितिमा डेढ महिनामै एक सय शय्याको अस्पताल निर्माण गरी सबै प्रकारका बिरामीको उपचार हुनेगरी सञ्चालन गरेको स्मरण गरे।

    प्रतिष्ठानले हाल अनुसन्धानका क्षेत्रमा पनि विभिन्न स्वदेश र विदेशमा विश्वविद्यालयसँग सम्झौतामा हस्ताक्षर गरी शोधपत्र तथा अनुसन्धानका काम गरिरहेको छ । विसं २०७४ चिकित्क्षा शिक्षा आयोग बनेपछि कानुनी प्रावधानका कारण प्रतिष्ठानले विदेशी विद्यार्थी भर्ना लिन नपाउँदा आर्थिक समस्या परेको जानकारी दिँदै उनले अहिले आफूहरू उक्त समस्यालाई समाधान गर्न लागिपरेको उल्लेख गरे।

    ‘मेरै नेतृत्वमा सबै प्रतिष्ठानका उपकुलपतिको सहभागितासहित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ भेट्न गयौँ, उहाँले हाम्रो समस्या राम्रोसँग बुझ्नुभयो । प्रधानमन्त्रीकै पहल र अग्रसरतामा हालै मात्र हामीले ‘पोष्ट ग्राजुएट’ तहमा १० प्रतिशत विदेशी विद्यार्थी भर्ना गर्न पाउने भएका छौँ’, उपकुलपति डा गिरीले भने, ‘विदेशी विद्यार्थीबाट प्रतिष्ठानलाई प्रतिविद्यार्थी दुई करोड शुल्क प्राप्त हुन्छ । चिकित्सा अध्ययन गर्ने विद्यार्थीको समग्र कोटामा पनि वृद्धि भएको छ ।’

    दश वर्षदेखि रोकिएको कम्भोकेसन सुरू भएको, सिनेटका बैठक नियमित भएको, नीतिगत सुधार गरिएको विषयलाई उनले आफ्नो कार्यकालको उपलब्धिका रूपमा लिएका छन् ।

    उनले प्रतिष्ठानको फार्मेसी भवन निर्माणपछि सञ्चालन हुँदा बिरामीले पनि सहज रूपमा औषधि पाएका र प्रतिष्ठानलाई पनि लाखौँ आम्दानी वृद्धि भएको राससलाई जानकारी गराए।

    अबको आफ्नो बाँकी समयावधिमा सिनेटको बैठक बोलाउने, एमसीएस भवन उद्घाटन गरी सञ्चालनमा ल्याउने, हालै संशोधन गरिएको कर्मचारीको नयाँ नियमावलीलाई सिनेटबाट अनुमोदन गराउने, मुटु र क्यान्सरसम्बन्धी सेवा विस्तार गर्ने, जलनसम्बन्धी सेवालाई आधुनिक र विस्तार गर्ने योजना रहेको उनले सुनाए। प्रतिष्ठानले भारत सरकारको सहयोगमा कार्यालयका सेवा डिजिटलाइज्ड बनाउने योजना अघि सारेको छ । ट्रमा सेन्टर र ट्रान्सप्लान्ट सेवा सुरू गर्न सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रियासमेत अघि बढेको उपकुलपति डा गिरीले बताए।

    उनले नियुक्त भएर आएपछि विभिन्न चुनौतीको सामना गर्नुपरेको प्रसङ्ग निकाल्दै आधा कार्यकाल आफूले विभिन्न मुद्दा मामिला लड्दालड्दै बितेको जानकारी गराए। काम गर्ने क्रममा प्रतिष्ठानकै केही पदाधिकारी तथा कर्मचारीबाट अवरोधको सामना गर्नुपरेको बताउँदै उहाँले त्यसलाई चिर्दै आजको अवस्थासम्म पुगेको जानकारी गराए।

    मुलुकभरका अन्य प्रतिष्ठानलाई नेपाल सरकारले तलब भत्ताको व्यवस्था गरेको भए पनि आफूहरूले आफैँ कमाएर व्यवस्था गर्नुपरेको जानकारी गराउँदै उपकुलपति डा गिरीले स्वास्थ्य बिमाको ५० प्रतिशत रकम अहिले पनि रोकिएको गुनासो गरे।

    प्रतिष्ठानमा डाक्टर अफ फिलोसोफी ९पिएचडी०, स्नातकोत्तर, स्नातक र विश्वविद्यालय प्रमाणपत्र कार्यक्रम सञ्चालित छन् । साथै मेडिकल, डेन्टल, नर्सिङ र पब्लिक हेल्थ कलेजसमेत छन् । प्रतिष्ठानमा एउटा सात सय बढी शय्याको केन्द्रीय शिक्षण अस्पताल रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

    कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

    दोहोरो आइजिन लागू नगर्ने तयारीमा धितोपत्र बोर्ड

    मेटाले प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट हटाइएको भिडियो फिर्ता

    समावेशी महिनावारी शिक्षा प्रवर्द्धन सम्बन्धी छलफल

    ढाड दुखाइलाई सामान्य नठान्नुहोस्: डा. विनोद बिजुक्छेसँग गरिएकाे कुराकानी

    समाचार

    राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

    कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

    दोहोरो आइजिन लागू नगर्ने तयारीमा धितोपत्र बोर्ड

    मेटाले प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट हटाइएको भिडियो फिर्ता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑