
काठमाडौं । जन्मदिनमा मात्र सीमित रहेको केक काट्ने परम्परा आजकाल हरेक उत्सवको अपरिहार्य अंग बनेको छ। यही सन्दर्भमा नेपाल हाउस रेस्टुरेन्टका हातिसार र बालुवाटार शाखाहरूले आमाको मुख हेर्ने दिन (वैशाख कृष्ण औँसी) लाई लक्षित गर्दै विशेष प्रकारका केकहरू उपलब्ध गराउने घोषणा गरेका छन्। “आमाको मुख हेरौं, मिठो केक सँगै मनाऔं” भन्ने भावनाका साथ नेपाल हाउसले आमाका लागि समर्पित आकर्षक डिजाइन र स्वादमा तयार पारिएका केकहरू बजारमा ल्याउन लागेको हो।
नेपाल हाउसले आमाको सम्मानमा मनाइने यस विशेष दिनलाई अझ मिठो, स्मरणीय र अर्थपूर्ण बनाउने लक्ष्य लिएको जनाएको छ। पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको उपयुक्त गन्तव्यका रूपमा नेपाल हाउस परिचित बन्दै आएको छ ।
शान्त वातावरण, भरपर्दो सेवा र आधुनिक सुविधाहरूको संयोजनले नेपाल हाउसलाई छोटो समयमा नै लोकप्रिय बनाएको छ। नेपाल हाउसले नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्दै पारिवारिक तथा सामाजिक एकता बलियो बनाउन विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको सञ्चालक रुद्र शर्माले जानकारी दिए ।


