७ मङ्सिर, काठमाडौं । दुर्गा प्रसाई नेतृत्वले भोलिबाट तिनकुनेमा आन्दोलन गर्ने घोषणा गरेको छ । आज प्रसाईले सानोठिमीस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएका हुन् ।
राष्ट्र, राष्ट्रियत, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियानले राजतन्त्र पुनस्थापनासहितका नारा लिएर प्रसाईको नेतृत्वमा आज काठमाडौंको बल्खुमा आन्दोलन गरेको थियो । आन्दोलनको क्रममा केही झडप समेत हुन पुगेको थियो ।