काठमाडौँ । भारत–नेपाल संयुक्त सैन्य अभ्यास पिथौरागढमा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास यही मंसिर २१ गते सकिने छ।
सैन्य अभ्यासमा सहभागी हुन ३ सय ३४ नेपाली सेना भारत गएका छन् । यस्तै भारत बाट ३ सय ५४ सेना सो अभ्यासमा सहभागी भएका छन् ।
यसको उद्देश्य जंगल युद्धमा अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्ने, हिमाली भूभागमा आतंकवाद विरोधी अभियान र शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र संघको बडापत्र अन्तर्गत मानवीय सहायता र विपद् राहत प्रदान गर्नु रहेको जनाइएको छ। यो अभ्यासले सेनाहरूको क्षमता बढाउने विश्वास लिइएको छ ।
यो अभ्यासले भारत र नेपालबिचको मित्रता, विश्वास, साझा सांस्कृतिक सम्बन्ध बलियो हुने दुई देशका सेनाले विश्वास लिएका छन् ।