भदौ ०२, काठमाडौँ । अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ टिजर बुढा सुब्बा डिजिटल युटुब बाट सार्वजनिक भएको छ । उक्त टेजर छोटो समयमानै टेन्डिङमा पर्न समेत सफल भएको छ । टेजरमा डेब्यु अभिनेता समीर भट्टले प्राथमिकता पाएको छ । समीर निर्देशक भट्टका छोरा हुन् ।
समिरले भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका छन् । आगामी दसैँमा प्रदर्शनमा आउने ‘१२ गाउँ’ अहिले सम्पादनको अन्तिम चरणमा छ ।
फिल्ममा समिरको अलवा अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेकि छिन् । बिराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शङ्कर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय फिल्ममा रहेको छ ।
बिराज भट्ट फिल्म प्रोडक्सन, प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा अर्जुन पोखरेल र निरजको सङ्गीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।