काठमाण्डौँ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सांगीतिक कोसेली स्वरूप ‘अधुरो सपना’ एल्बमको ‘सपना मेरो’ गीत सार्वजनिक भएको छ। गुल्शन टण्डनको संगीत तथा विक्रम कार्कीको संगीत संयोजनमा तयार भएको यस गितमा ऋषि कुमार वाग्लेको रचना रहेको छ । 
सरोज सुनारको निर्देशनमा बनेको भिडियोमा सरोज श्रेष्ठ, शिला गजुरेल, सुधिराज श्रेष्ठ, पूजा टण्डन र रचना श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ। गीतलाई ओएसआरको आधिकारिक युट्युब च्यानलबाट हेर्न र सुन्न सकिनेछ।
यस गितको पुरा भिडियो यस लिङ्कमा क्लिक गरेर हेर्न सकिने छ ।

