काठमाण्डौँ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सांगीतिक कोसेली स्वरूप ‘अधुरो सपना’ एल्बमको ‘सपना मेरो’ गीत सार्वजनिक भएको छ। गुल्शन टण्डनको शब्द , संगीत तथा विक्रम कार्कीको संगीत संयोजनमा तयार भएको यस गीतलाई सरोज श्रेष्ठले रचना गर्नुभएको हो।
सरोज सुनारको निर्देशनमा बनेको भिडियोमा सरोज श्रेष्ठ, शिला गजुरेल, सुधिराज श्रेष्ठ, पूजा टण्डन र रचना श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ। गीतलाई ओएसआरको आधिकारिक युट्युब च्यानलबाट हेर्न र सुन्न सकिनेछ।

