• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ३, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      २१ घण्टा अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      २१ घण्टा अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      २१ घण्टा अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      २१ घण्टा अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      २१ घण्टा अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      २१ घण्टा अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      १ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      १ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      २ दिन अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      २ दिन अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      २ दिन अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      २ दिन अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      २ दिन अघि

      उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

      २ दिन अघि

      तोकिएकै समयमा कृष्णभीरमा खुल्यो नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      ३ दिन अघि
    आज: २०८३ आश्विन ३, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    लुम्बिनी प्रदेशमा डिजिटल साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ आश्विन २१, सोमबार (१ साल अघि)
  • १६९६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • रीना श्रेष्ठ

    काठमाडौं । लुम्बिनी प्रदेशको बुटवल उपनगरपालिकामा आयोजित डिजिटल साक्षरता अभिवृद्धि कार्यक्रमले यहाँका नागरिकलाई डिजिटल सीप र प्रविधिमा सशक्त बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ । कार्यक्रमले इन्टरनेटको प्रभावकारी प्रयोग, सुरक्षित सामाजिक सञ्जाल प्रयोग, अनलाइन सुरक्षा, पासवर्ड व्यवस्थापन, आर्टिफिसियल इन्टेलिजेन्स र साइबर अपराधबारे सजगता बढाउने उद्देश्य राखेको थियो । विशेष गरी महिलाहरुको उल्लेख्य सहभागी रहेको र सहभागीहरूले ईमेल, मेसेजिङ, भिडियो कलजस्ता डिजिटल माध्यमहरूको प्रभावकारी प्रयोगमा तालिम लिएका थिए ।

    सूचना प्रविधिको छाता संगठन क्यान महासंघको वुमेन इन आईसीटी कमिटी र लायन्स क्लब अफ बुटवल सयपत्रीको संयुक्त आयोजनामा यसै साता सम्पन्न कार्यक्रमलाई एनसेल फाउण्डेशनको विशेष सहयोग रहेको थियो । कार्यक्रमले विशेष गरी महिलाहरूलाई प्रविधिमा सशक्त बनाउन मद्दत पु¥याएको थियो ।कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो जसमा पहिलो चरणमा उद्घाटन सत्र रहेको थियो । प्रमुख अतिथि क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले कार्यक्रमको उद्घाटन गरेको थियो । विशेष अतिथिका रूपमा लायन्स डिस्ट्रिक्ट ३२५ पी का उपाध्यक्ष सन्दीप सौधन, क्यान महासंघका पूर्व अध्यक्ष तथा सूचना प्रविधिको अन्तर्राष्ट्रिय महासंघका उपाध्यक्ष नवराज कुँवर, पूर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठ, क्यान महासंघका केन्द्रिय सचिव नारायण प्रसाद श्रेष्ठ, एनसेलका प्रतिनिधि अनिश शाह, क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्याल, लायन्स डिस्ट्रिक्ट एफडब्ल्यूसी कोर्डिनेटर लायन सुलोचना श्रेष्ठ लगायत अतिथिका रुपमा उपस्थित रहेका थिए भने लायन्स क्लबका पदाधिकारी, सदस्यहरु विभिन्न क्लब, टोल विकास संस्था र सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु सहित १२५ जनाको उल्लेख्य सहभागीता रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता गर्नुहुने उमेन इन आईसिटी कमिटीका सदस्य तथा लायन्स क्लब अफ बुटवल सयपत्रीका अध्यक्ष कमला बस्नेत कुँवरले आफ्नो उद्घाटन मन्तव्यमा डिजिटल साक्षरता कार्यक्रमले नागरिकहरूलाई आधुनिक प्रविधिमा सशक्त बनाउने उद्देश्य रहेको बताइन् । उनले विशेष गरी महिलाहरूलाई डिजिटल उपकरणहरूको सही प्रयोग, इन्टरनेटको पहुँच, र सूचना प्रविधिको आधारभूत ज्ञान दिन कार्यक्रम महत्त्वपूर्ण रहेको बताउँदै यसले रोजगारीका अवसरहरू बढाउने र व्यापार विस्तारमा सहयोग पु¥याउने अपेक्षा व्यक्त गरिन् ।

    कार्यक्रमको औचित्यका बारेमा क्यान महासंघका केन्द्रिय सदस्य तथा उमेन इन आईसिटीका संयोजक रीना श्रेष्ठले प्रकाश पारेकी थिईन्  । संयोजक श्रेष्ठले डिजिटल साक्षरता समाजका हरेक वर्गका लागि समावेशी विकासको प्रमुख आधार भएकोले महिला, ग्रामीण बस्तीका नागरिक, अपांगता भएका व्यक्तिहरू, र समाजका हरेक तहका जनतालाई प्रविधिमा साक्षरता बनाउन आवश्यक रहेको बताइन् । क्यान महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रणजित कुमार पोदारले सूचना प्रविधिमा भइरहेको तीव्र विकासलाई ध्यानमा राख्दै डिजिटल साक्षरताको कमीले ग्रामीण भेगका नागरिकहरू प्रविधिबाट पछि परेको उल्लेख गरे। उनले यस्तो कार्यक्रमले डिजिटल विभाजनलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्यालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । लायन्स डिस्ट्रिक्ट ३२५ पी का उपाध्यक्ष सन्दीप सौधनले लायन्स क्लबको मोटो समाजसेवा भएको बताउँदै प्रविधिमा जनचेतना फैलाउनु आवश्यक भएको बताए । उनले कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गरे । एनसेलका प्रतिनिधि अनिश शाहले एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतको योगदानबारे चर्चा गरे ।

    कार्यक्रमको दोस्रो चरणमा डिजिटल साक्षरता सम्बन्धी आईटी विज्ञ पदमराज पन्तले प्रस्तुतिकरण गरेका थिए । उनले डिजिटल उपकरणहरूको सही प्रयोग, सूचना प्रविधिको महत्त्व, र यसको प्रभावबारे जानकारी दिए । एनसेलकी प्रतिनिधि यास्मिन भट्टराईले साइबर सुरक्षा र अनलाइन गोपनीयताबारे विस्तृत जानकारी गराइन् ।

    सन वे कलेजकी विभागीय प्रमुख सिमोली गौतम देसाईले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को दैनिक जीवनमा प्रयोग, उद्योग, व्यापार, र शिक्षा क्षेत्रमा यसको भूमिकाबारे प्रस्तुति दिइन् ।
    कार्यक्रमको तेस्रो चरणमा प्यानल छलफल सम्पन्न भयो । छलफलमा सहभागी एनसेलकी यास्मिन भट्टराई, शिक्षा क्षेत्रबाट सिमोली गौतम देशाई, पदमराज पन्त,  उद्योग क्षेत्रबाट सृष्टि गुरुङ, र विद्यार्थीहरू सहभागी थिए । छलफलमा नेपथ्य कलेजका प्रिन्सिपल सञ्जीव भण्डारीले सहजकर्ताको भूमिका निर्वाह गरे ।

    समापन आयोजकको तर्फबाट एली क्षेत्रीले कार्यक्रमको सफलता प्रति खुसी व्यक्त गर्दै सहभागी अतिथि, वक्ता, र सहभागीहरूलाई धन्यवाद मन्तव्य दिएकी थिईन् । विशेष अतिथिद्धारा उमेन इन आईसिटीका सदस्य तथा कार्यक्रम संयोजक पार्वती श्रेष्ठलाई विशेष अतिथि सौधनले प्रशंसा गर्दै लायन्सको पिन हस्तान्तरण गरेका थिए । सहभागीहरुको सक्रिय सहभागिताले कार्यक्रम सफल र प्रभावकारी रहेको उमेन इन आईसिटीका संयोजक रीना श्रेष्ठले हामीलाई बताईन् ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

    अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

    समाचार

    OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

    चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

    रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

    ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑