• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      १ मिनेट अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ११ मिनेट अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      २३ मिनेट अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      ३७ मिनेट अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ७ घण्टा अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      ८ घण्टा अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      ९ घण्टा अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      ९ घण्टा अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      ९ घण्टा अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      ९ घण्टा अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      ९ घण्टा अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      ९ घण्टा अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      ९ घण्टा अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      ९ घण्टा अघि

      कांग्रेस काठमाडौं–५ ‘क’ मा संगठन सुदृढीकरणको एजेन्डासहित रामप्रसाद न्यौपाने मैदानमा

      ९ घण्टा अघि
    आज: २०८३ आश्विन ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  विश्व

    अमेरिकी राष्ट्रपतिको तलब कति ?

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २०, मंगलबार (१ साल अघि)
  • १५३२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • कार्तिक २०, काठमाडौं– अमेरिकामा मंगलबार हुने निर्वाचनबाट भारतीय मुलकी कमला ह्यारिस र डोनाल्ड ट्रम्प मध्ये एकजना राष्ट्रपतिमा निर्वाचित हुने छन् । ह्यारिस बहालवाला उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति ।

    निर्वाचनबाट अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउँछ कि ट्रम्प दोहोरिन्छन् ? यो सर्वत्र चासोको विषय बनेको छ । किन भने अमेरिकी राष्ट्रपति केवल आफ्नो देशका लागि मात्रै नभएर अन्तराष्ट्रिय स्तर र भूराजनीतिक मामिलामा पनि निर्णायक मानिन्छन् ।

    अमेरिकी परम्परा अनुसार नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५ जनवरी २० मा चार वर्षका लागि पदभार ग्रहण गर्ने छन् । अमेरिकाको राष्ट्रपतिलाई विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतिले तलब र सेवा सुविधा कति पाउँछन् त ?

    बीबीसीका अनुसार अमेरिकी राष्ट्रपतिको पारिश्रमिक (तलब) औसत अमेरिकीकाेभन्दा ६ गुणा बढी हुन्छ । एक औसत अमेरिकी नागरिकले वार्षिक ६७ हजार ७९५ डलर अर्थात ८५ लाख ६७ हजार हाराहारी आम्दानी गर्दछ ।

    अमेरिकाका शीर्ष स्थानमा रहेका धनीले वार्षिक ७ लाख ८८ हजार डलर अर्थात १० करोड ५८ लाखभन्दा बढी कमाई गर्दछन् । तर, अमेरिकी राष्ट्रपतिको तलब योभन्दा झण्डै आधा हुन्छ । आम्दानीका हिसाबले अमेरिकी राष्ट्रपति देशका शीर्ष १ प्रतिशत धनीहरूको सूचीमा पर्दैनन् ।

    अमेरिकाको बहालवाला राष्ट्रपति जो बाइडेनलाई वार्षिक ४ लाख डलर अर्थात ५ करोड ३६ लाख रुपैयाँ पारिश्रमिक मिल्दै आएको छ । यसका साथै राष्ट्रपतिलाई अतिरिक्त खर्चवापत ५० हजार डलर अर्थात ६७ लाख रुपैयाँ पाइन्छ ।

    वासिङटन डीसीस्थित ह्वाइट हाउस अमेरिकाका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो । यहाँ खानबस्नका लागि अमेरिकाका राष्ट्रपतिले आफूले केही खर्च गर्नु पर्दैन ।

    राष्ट्रपति पहिलो पटक ह्वाइट हाउस प्रवेश गर्दा उनलाई १ लाख डलर अर्थात १ करोड ३४ लाख रुपैयाँ दिइन्छ । उक्त रकमबाट राष्ट्रपतिले आफ्नो चाहनाबमोजिम निवासको साजसज्जा गर्न सक्छन् । राष्ट्रपतिलाई मनोरञ्जन, स्टाफ र भान्साका लागि वार्षिक १९ हजार डलर मिल्ने गर्दछ ।

    अमेरिकाका राष्ट्रपतिको सम्पूर्ण स्वास्थ्य सेवाहरू निःशुल्क हुन्छ भने यात्राका लागि एक लिमोजिन कार, एक मरिन हेलिकप्टर र ‘एयरफोर्स वन’ नामक हवाईजहाज पनि उपलब्ध गराइन्छ ।

    बीबीसीका अनुसार राष्ट्रपतिको लिमोजिन कार आधुनिक सुरक्षा र सञ्चार प्रणालीजडित हुन्छ भने कारमा राष्ट्रपतिको चाहनाबमोजिम समयसमयमा जरुरी संशोधन गरिन्छ ।

    सन् १७८९ मा अमेरिकी राष्ट्रपतिको तलब २५ हजार डलर थियो भने १८७३ मा वृद्धि भएर ५० हजार डलर पुगेको थियो ।

    अमेरिकी राष्ट्रपतिको तलब सन् १९०९ मा दोस्रोपल्ट वृद्धि हुँदा ७५ हजार र सन् १९४९ मा तेस्रोपल्ट वृद्धि हुँदा १ लाख डलर पुगेको थियो ।

    अमेरिकी राष्ट्रपतिको तलब सन् १९६९ मा दोब्बर वृद्धि भएर दुई लाख डलर पुगेको थियो । यस्तै सन् २००१ मा वृद्धि हुँदा ४ लाख अमेरिकी डलर पुर्‍याइएकाे थियो । त्यसयता अमेरिकामा राष्ट्रपतिको पारिश्रमिक वृद्धि भएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    विश्व सम्बन्धि थप

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    अमेरिका इरान वार्ताको समाचारपछि तेलको मुल्यमा भारी गिरावट

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    टर्कीद्वारा मुद्रास्फीति प्रक्षेपणमा उल्लेख्य वृद्धि

    होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम

    समाचार

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑