• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

      ३ घण्टा अघि

      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

      १३ घण्टा अघि

      आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

      १३ घण्टा अघि

      २०८२ असार २ गते साेमवारकाे राशिफल

      १३ घण्टा अघि

      नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

      १४ घण्टा अघि

      रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

      १४ घण्टा अघि

      नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

      १४ घण्टा अघि

      एनिमल नेपालद्वारा जीवित जनावर ढुवानीमा देखिएका समस्याबारे अन्तरक्रिया

      १ दिन अघि

      राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

      १ दिन अघि

      ‘ताप टापु’ बन्दो काठमाडौँ शीतल पार्न अनुसन्धान निचोड – वन, पार्क र पोखरी बढाऊँ शहरअनुसार फरक रणनीति आवश्यक

      १ दिन अघि

      केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      १ दिन अघि

      असार महिनामा पनि घट्यो बैंकको ब्याजदर, औसत दर ५.९०२ प्रतिशतमा झर्‍यो

      १ दिन अघि

      आज यी प्रदेशमा भारी बर्षाकाे सम्भावना

      १ दिन अघि

      आज असार १ गते आईतवार, हेर्नुहाेस् राशिफल

      १ दिन अघि

      मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ

      २ दिन अघि
    आज: २०८२ अषाढ २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  विश्व

    अमेरिकी राष्ट्रपतिको तलब कति ?

  • लाईभ नेपाल
  • २०८१ कार्तिक २०, मंगलबार (७ महिना अघि)
  • ५२४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • कार्तिक २०, काठमाडौं– अमेरिकामा मंगलबार हुने निर्वाचनबाट भारतीय मुलकी कमला ह्यारिस र डोनाल्ड ट्रम्प मध्ये एकजना राष्ट्रपतिमा निर्वाचित हुने छन् । ह्यारिस बहालवाला उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति ।

    निर्वाचनबाट अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउँछ कि ट्रम्प दोहोरिन्छन् ? यो सर्वत्र चासोको विषय बनेको छ । किन भने अमेरिकी राष्ट्रपति केवल आफ्नो देशका लागि मात्रै नभएर अन्तराष्ट्रिय स्तर र भूराजनीतिक मामिलामा पनि निर्णायक मानिन्छन् ।

    अमेरिकी परम्परा अनुसार नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५ जनवरी २० मा चार वर्षका लागि पदभार ग्रहण गर्ने छन् । अमेरिकाको राष्ट्रपतिलाई विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतिले तलब र सेवा सुविधा कति पाउँछन् त ?

    बीबीसीका अनुसार अमेरिकी राष्ट्रपतिको पारिश्रमिक (तलब) औसत अमेरिकीकाेभन्दा ६ गुणा बढी हुन्छ । एक औसत अमेरिकी नागरिकले वार्षिक ६७ हजार ७९५ डलर अर्थात ८५ लाख ६७ हजार हाराहारी आम्दानी गर्दछ ।

    अमेरिकाका शीर्ष स्थानमा रहेका धनीले वार्षिक ७ लाख ८८ हजार डलर अर्थात १० करोड ५८ लाखभन्दा बढी कमाई गर्दछन् । तर, अमेरिकी राष्ट्रपतिको तलब योभन्दा झण्डै आधा हुन्छ । आम्दानीका हिसाबले अमेरिकी राष्ट्रपति देशका शीर्ष १ प्रतिशत धनीहरूको सूचीमा पर्दैनन् ।

    अमेरिकाको बहालवाला राष्ट्रपति जो बाइडेनलाई वार्षिक ४ लाख डलर अर्थात ५ करोड ३६ लाख रुपैयाँ पारिश्रमिक मिल्दै आएको छ । यसका साथै राष्ट्रपतिलाई अतिरिक्त खर्चवापत ५० हजार डलर अर्थात ६७ लाख रुपैयाँ पाइन्छ ।

    वासिङटन डीसीस्थित ह्वाइट हाउस अमेरिकाका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो । यहाँ खानबस्नका लागि अमेरिकाका राष्ट्रपतिले आफूले केही खर्च गर्नु पर्दैन ।

    राष्ट्रपति पहिलो पटक ह्वाइट हाउस प्रवेश गर्दा उनलाई १ लाख डलर अर्थात १ करोड ३४ लाख रुपैयाँ दिइन्छ । उक्त रकमबाट राष्ट्रपतिले आफ्नो चाहनाबमोजिम निवासको साजसज्जा गर्न सक्छन् । राष्ट्रपतिलाई मनोरञ्जन, स्टाफ र भान्साका लागि वार्षिक १९ हजार डलर मिल्ने गर्दछ ।

    अमेरिकाका राष्ट्रपतिको सम्पूर्ण स्वास्थ्य सेवाहरू निःशुल्क हुन्छ भने यात्राका लागि एक लिमोजिन कार, एक मरिन हेलिकप्टर र ‘एयरफोर्स वन’ नामक हवाईजहाज पनि उपलब्ध गराइन्छ ।

    बीबीसीका अनुसार राष्ट्रपतिको लिमोजिन कार आधुनिक सुरक्षा र सञ्चार प्रणालीजडित हुन्छ भने कारमा राष्ट्रपतिको चाहनाबमोजिम समयसमयमा जरुरी संशोधन गरिन्छ ।

    सन् १७८९ मा अमेरिकी राष्ट्रपतिको तलब २५ हजार डलर थियो भने १८७३ मा वृद्धि भएर ५० हजार डलर पुगेको थियो ।

    अमेरिकी राष्ट्रपतिको तलब सन् १९०९ मा दोस्रोपल्ट वृद्धि हुँदा ७५ हजार र सन् १९४९ मा तेस्रोपल्ट वृद्धि हुँदा १ लाख डलर पुगेको थियो ।

    अमेरिकी राष्ट्रपतिको तलब सन् १९६९ मा दोब्बर वृद्धि भएर दुई लाख डलर पुगेको थियो । यस्तै सन् २००१ मा वृद्धि हुँदा ४ लाख अमेरिकी डलर पुर्‍याइएकाे थियो । त्यसयता अमेरिकामा राष्ट्रपतिको पारिश्रमिक वृद्धि भएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    विश्व सम्बन्धि थप

    इजरायली आक्रमणमा इरानी वैज्ञानिकसहित वरिष्ठ नेता मारिए

    एमसीसी फेरि अघि बढ्ने संकेत, सन् २०२६ का लागि गरियो बजेट प्रस्ताव

    एअर इन्डिया विमान दुर्घटना : कुन देशका कति नागरिक सवार थिए ?

    २३० यात्रु बोकेको एयर इन्डियाको विमान भारतमा दुर्घटना

    इजरायली बन्दुकधारीको आक्रमण : गाजामा १२० जनाको मृत्यु

    दक्षिण कोरियाका राष्ट्रपतिमा बाम झुकावका लि बिजयी

    समाचार

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑