• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

      २0 घण्टा अघि

      Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

      २१ घण्टा अघि

      NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

      २१ घण्टा अघि

      तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

      २१ घण्टा अघि

      सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

      २२ घण्टा अघि

      फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

      १ दिन अघि

      ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

      १ दिन अघि

      नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

      १ दिन अघि

      प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

      १ दिन अघि

      यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

      १ दिन अघि

      साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको ओइरो

      १ दिन अघि

      प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

      १ दिन अघि

      प्रधानमन्त्री शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

      १ दिन अघि

      टायर पन्चर भएर माइक्रो दुर्घटना: ६ जना घाइते

      १ दिन अघि
    आज: २०८३ श्रावण २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    एनपीएल फाइनल आज : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

  • लाईभ नेपाल
  • २०८१ पौष ६, शनिबार (१ साल अघि)
  • १८४७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका कप्तान आशिफ शेख । तस्बिरः एनपीएल

    काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्।

    पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो। दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो।

    सुदूरपश्चिम र जनकपुर कुन बलियो ?
    एनपीएलमा सुदूरपश्चिम र जनकपुरले दुई खेल खेलेका छन्। यी दुई खेलमा जनकपुरमाथि सुदूरपश्चिम हाबी देखिन्छ। दुई खेल हेरेका धेरै दर्शक र क्रिकेट पण्डितले उपाधि सुदूरपश्चिमको पोल्टामा जाने अनुमान गरेका छन्।

     

    पटकपटकको हारको बदला लिनका लागि जनकपुर असक्षम देखिँदैन। सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ। दोस्रो क्वालिफायरबाट फाइनल पुगेको जनकपुरलाई कमजोर आक्न मिल्दैन।

    पहिलो क्वालिफायरः सुदूरसँग जनकपुर आठ विकेटले पराजित
    पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    उक्त खेलमा जनकपुरका जेम्स नीशमले सर्वाधिक ४५ रन बनाए। अन्य ब्याटर सुदूरपश्चिमका बलरसामु टिक्न सकेनन्।

    जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गरेको थियो। ८ विकेटको फराकिलो जित निकालेको सुदूरपश्चिमविरुद्ध जनकपुरका बलर चल्न सकेनन्। ललित राजवंशी र किशोर महतोले एक–एक विकेटमा चित्त बुझाए। अरु सबै बलर विकेटबिहीन रहे।

     

    सुदूरपश्चिमविरुद्ध ४ ओभर बलिङ गरेर ३७ रन दिएका ललित खर्चिला सावित भएका थिए। ३ ओभर बलिङ गरेका जनकपुरका जेम्स नीशमले २५ रन खर्चिए। ३ दशमलव ३ ओभर बलिङ गरेका मोहम्मद मोहसिनले ३३ रन दिए।

    लिग चरणमा जनकपुरविरुद्ध सुदूर ७२ रनले विजयी
    फाइनल पुगेका यी दुई टोली लिग चरणको खेलमा मंसिर २६ गते आमनेसामने भएका थिए। उक्त खेलमा पनि सुदूरपश्चिमले ७२ रनको सहज जित निकालेको थियो।

    उक्त खेलमा टस जितेर जनकपुरले पहिले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो। सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो।

     

    जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो। यो प्रतियोगिताकै सबैभन्दा कम रन हो। सबैभन्दा थोरै रनमा पराजित भएको टिमको रेकर्ड जनकपुरको नाममा छ।

    पहिलो क्वालिफायर र लिग चरणका यी दुई खेललाई तुलना गर्दा सुदूरपश्चिम भन्दा जनकपुर कमजोर देखिन्छ। तर, समग्र प्रतियोगितामा जनकपुरको प्रदर्शन हेर्न लायक छ। उपाधिका लागि सुदूरपश्चिम जति दाबेदार छ जनकपुर पनि त्यत्तिकै ठुलो दाबेदारका रुपमा खडा भएको छ।

     

    लिग चरणमा सुदूरपश्चिमको प्रदर्शन
    सुरुका तीन खेल र अन्तिमका तीन खेलमा विजयी भएको सुदूरपश्चिमले लिग चरणमा एउटा मात्र पराजय भोगेको छ। चौथो खेलमा तिवनले सुदूरपश्चिमलाई ३३ रनले हराउँदै एउटा हारको स्वाद चखाएको थियो। अन्य खेलमा भने सुदूरपश्चिमले शानदार जित निकालेको छ।

    पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौंमाथि ७३ रनको जित निकाल्दा तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले स्तब्ध पारेको थियो। चौथो खेलमा चितवनसँग ३३ रनले पराजित सुदूरपश्चिम पाँचौं खेलमा जनकपुरमाथि ७२ रनले विजयी भयो।

    छैटौं खेलमा पोखरालाई पाँच रनले हराएर सनसनीपूर्ण जित निकालेको सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो।

     

    समूह चरणमा जनकपुरको प्रदर्शन
    समूह चरणका सुरुवाती चार खेल लगातार जितेको जनकपुरलाई पाँचौ खेलमा सुदूरपश्चिमले नै स्तब्ध बनाएको थियो। छैटौं खेलमा पुनः विजयी भएको जनकपुर सातौं खेलमा चितवनसँग पराजित भएको थियो। पहिलो खेलमा विटारनगरमाथि ८ विकेटको शानदार जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णालीमाथि आठ विकेटकै जित निकालेको थियो।

    तेस्रो खेलमा पोखराविरुद्ध ७ विकेटको जित निकालेको जनकपुरले सनसनीपूर्ण बनेको चौथो खेलमा लुम्बिनीमाथि एक रनको जित दर्ता गरेको थियो। चार खेलसम्म अपराजित जनकपुरलाई पाँचौं खेलमा सुदूरपश्चिमले ७२ रनले हराउँदै स्तब्ध पारेको थियो। छैटौ खेलमा काठमाडौंमाथि ६ विकेटको जित निकालेको जनकपुर लिग चरणको अन्तिम खेलमा चितवनसँग ३२ रनले पराजित भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

    समाचार

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑