• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

      १ घण्टा अघि

      न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

      १ घण्टा अघि

      शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

      १ दिन अघि

      जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

      १ दिन अघि

      अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

      १ दिन अघि

      नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

      १ दिन अघि

      Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

      १ दिन अघि

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      २ दिन अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ४ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ४ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ४ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ४ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ४ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ४ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ५ दिन अघि
    आज: २०८३ आश्विन ७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    साउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनी

  • २०८१ माघ २४, बिहिबार (१ साल अघि)
  • ३७९१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ, माघ २४ गते बसुुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा दुइ दिने विज्ञान प्रदर्शनी सुरु भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको विहिबार कलेज परिसरमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो ।

    कलेज स्थापना भएदेखि नै हरेक वर्ष आयोजना भइरहेको प्रदर्शनी कोभिड संक्रमणको समयमा दुुइ वर्ष सञ्चालन गर्न सकिएको थिएन । प्रदर्शनीको उद्घाटन गर्दै उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी भएको बताउनुभयो । राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरुले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको सिंहले बताउनुभयो । विद्यार्थीले सैद्धान्तिक रुपमा जानेको ज्ञान र सिपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन यस्ता प्रदर्शनीले मद्दत पु¥याउने बताउँदै उप्रप्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंले भन्नुभयो, ‘नेपालजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरोकारवालालाई प्रेरणा मिल्नेछ ।’ विज्ञान र प्रविधिको विकास विना देशको विकास गर्न नसकिने भएकोले सरकारले अब शिक्षा निती बनाउँदा यस विषयलाई प्राथमिकता दिनुपर्ने सिंहको भनाई थियो । कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्था भएको बताउनुभयो । नीजि शैक्षिक संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पुर्ण रुपमा उपलब्ध गराइरहेको जानकारी गराउँदै नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘आर्थिक विपन्न र जेहेन्दार विद्यार्थीलाई पढाउने सन्दर्भमा साउथवेस्टर्न कहिले पनि नाइ भनेको छैन । यस हिसावले पनि साउथवेस्टर्न धन्यवादको पात्र बनेको छ ।

    कार्यक्रममा कलेजका अध्यक्ष इन्जिनियर वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास विना कुनै पनि अविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापना कालदेखि नै विज्ञान र प्रविधिलाई जोड दिँदै आएको जानकारी दिनुभयो । कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, सांगितिक कार्यक्रम लगायतका प्रस्तुती रहने छ । प्रदर्शनीबाट विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न युवा प्रतिभालाई हौसला मिल्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा नीजि तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीको तर्फबाट ६० वटा भन्दा बढी स्टलहरु राखिएको छ ।

    प्रदर्शनीमा सहभागी विद्यार्थीहरुलाई विभिन्न चरणको प्रतियोगितामा सहभागी गराएर नगद, शिल्ड तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ । शुक्रबारसम्म चल्ने प्रदर्शनीमा २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । २०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुह अन्तर्गत सञ्चालित छ । यस समुह अन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेण्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरु सञ्चालनमा छ । यि संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

    न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    समाचार

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

    न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑