• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      ६ घण्टा अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      ६ घण्टा अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      ६ घण्टा अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      ६ घण्टा अघि

      स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

      ६ घण्टा अघि

      मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

      ६ घण्टा अघि

      महालक्ष्मी विकास बैंक नाडा अटो शोमा सहभागी, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

      ६ घण्टा अघि

      लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति

      ६ घण्टा अघि

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      १४ घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      १४ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      १४ घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      १४ घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १ दिन अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १ दिन अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नेपाली खानाको प्रवर्द्धनका लागि पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभलको तयारी तीव्र

  • लाईभ नेपाल
  • २०८१ फागुन १२, सोमबार (१ साल अघि)
  • १४९७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ। विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा यो भव्य कार्यक्रम वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना गरिनेछ।

    यस ऐतिहासिक कार्यक्रममा मध्यपूर्व, युरोप, अमेरिका लगायत ३६ देशमा कार्यरत करिब ५ हजार नेपाली सेफ प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपाली पर्यटन प्रवर्द्धनको दिशामा यो महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास लिइएको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको समेत सहयोग रहने यस कार्यक्रममा नेपाली खानाको स्वाद चाख्न र नेपाली पाककला प्रवर्द्धन गर्न विभिन्न गतिविधिहरू समेटिएका छन्।

    कार्यक्रममा ‘प्रथम केन्द्रीय अधिवेशन तथा फुड फेस्टिभल – २०२५’ को आयोजना गरिनेछ, जसअन्तर्गत नेपाली खानाको स्तर उन्नति र नेपाली सेफहरूको व्यक्तित्व विकासमा केन्द्रित विभिन्न गतिविधि समावेश गरिनेछ। फेस्टिभलको प्रमुख आकर्षणमध्ये सेफ अवार्ड वितरण, सामाजिक अवार्ड प्रदान, सोसाइटीको आफ्नै पुस्तक विमोचन, मौलिक तथा लोपोन्मुख सांस्कृतिक झाँकी प्रदर्शन, अन्तर्राष्ट्रिय सेफ सम्मेलन, इन्टरकलेज फुड प्रतियोगिता, र नेपाली खानाको प्रदर्शनी प्रमुख रहनेछन्।

    फेस्टिभलको दौरान विभिन्न देशका नेपाली सेफहरूद्वारा तयार पारिएका ४० ओटा खानाका स्टलहरू राखिने छन्, जसमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारसम्मको प्रदर्शनी गरिनेछ। नेपाली खानाको माध्यमबाट नेपालका सांस्कृतिक पक्षहरूलाई विश्वसामु चिनाउने लक्ष्य रहेको आयोजकहरूले बताएका छन्। साथै, कार्यक्रममा सेफहरूबीच ज्ञान आदान–प्रदान हुने र उनीहरूको पेशागत उन्नतिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय संयोजक अरुण अधिकारीका अनुसार, “यो फेस्टिभलले नेपाली सेफहरूलाई एकताबद्ध गर्न मात्रै होइन, नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पनि ठूलो योगदान दिनेछ।” त्यस्तै, सोसाइटी नेपालका महासचिव गिरिराज भट्टले पनि यस फेस्टिभलले नेपालका पाक उद्यमलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने बताउँदै, “नेपाली खानाका परिकारहरूलाई विशेष रूपमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ” भन्ने धारणा राखे।

    यस फेस्टिभलसँगै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम महाधिवेशनको तयारी पनि तीव्र रूपमा भइरहेको छ। महाधिवेशनमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। हालसम्म ११ देशमा अधिवेशन सम्पन्न भइसकेको र अन्य मुलुकहरूमा प्रक्रिया जारी रहेको जानकारी प्रवक्ता युवराज तामाङले दिए।

    नेपाली सेफ सोसाइटीले नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूलाई एकसाथ जोड्ने कार्य गरिरहेको छ। २०१८ मा युएईबाट सुरु भएको यो संस्था हाल ३६ देशमा फैलिइसकेको छ। नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भइसकेको यस संस्थाले नेपाली खानाको प्रवर्द्धन गर्दै सेफहरूको हकहितको लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ।

    यस भव्य फेस्टिभलले नेपाली खानाको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा अझ फैलाउने र नेपाली पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

    मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

    समाचार

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑