
काठमाडौं। “Empowering Persons with Disabilities through Advanced Tailoring and Garment Production for Income Generation” नारासहित एक विशेष परियोजना आज काठमा
एविलिस फाउन्डेसनकाे सहयाेगमा अपाङ्गता भएका व्यक्तिहरुकाे लागि एड्भान्स सिलाई तालिम र गाम्रेन्ट उत्पादनहरु मार्फत आर्थिक सशक्तीकरण सम्बन्धि परियाेजनाकाे उद्घाटन कार्यक्रम सुरु गरिएकाे हाे।
नेपाल अपांग समाजको आयोजनामा र Abilis Foundation काे सहयोगमा सुरु गरिएको यो परियोजनाको उद्देश्य अपांगता भएका व्यक्तिहरूलाई आधुनिक सिलाई–कटाई तालिम प्रदान गरी उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु हो।
‘Project Inception Program’ शीर्षकको उद्घाटन कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको सीप विकास तथा रोजगारीको सम्भावनामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। कार्यक्रममा परियोजनाको उद्देश्य, सञ्चालन प्रक्रिया र लाभार्थीहरूको छनोट प्रक्रियाबारे जानकारी दिइएको थियो।
आयोजक संस्था नेपाल अपांग समाजका अनुसार परियोजना सफल भएमा अझ विस्तार गर्ने योजनासमेत बनाइएको छ।
डौंमा सन्चालन भएकाे छ ।


