• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      १ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      १ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      १ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      १ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      १ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      १ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      १ दिन अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      २ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      २ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      २ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ३ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ३ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ४ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ४ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ४ दिन अघि
    आज: २०८३ भाद्र १९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    हलगोरु पाल्ने किसानले पाए पोषणभत्ता

  • लाईभ नेपाल
  • २०८२ बैशाख २५, बिहिबार (१ साल अघि)
  • ११९६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • बागलुङ। बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई पाँच हजार रुपैयाँका दरले पोषणभत्ता वितरण गरेको हो ।

    परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार रुपैयाँ पोषणभत्ता सोझै किसानको हातमा पुर्‍याइएकाे अध्यक्ष राजु थापाले बताए ।

    उनले गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको बताए । ‘हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौँ, हाल १७८ किसानले लाभ उठाउनुभएको छ । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको हो’, अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिन्छ, दूध उत्पादन गर्ने किसानले प्रतिलिटर साढे दुई रुपैयाँका दरले अनुदानसमेत पाएका छन्भने वडास्तरमा माइनर ल्याब स्थापना गरी पशु सेवा दिइएको छ ।’

    आधुनिकताको नाममा मिनी टिलर हलो वितरण हुन थालेपछि परम्परागत गोरुपालक किसानलाई समस्यामा परेको महसुसपछि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । ‘विभिन्न स्थानीय तहमा कृषिमा आधुनिकीकरणका नाममा मिनी टिलर हलो वितरण गर्ने लहडै चलेको तर हामीले गाउँ–गाउँमा परम्परागतखेती गर्नका लागि हलगोरु नै उपयुक्त देखेका छौँ । कृषिमा मलमूत्रको प्रयोग अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरेका हौँ’, अध्यक्ष थापाले भने ।

    गाउँपालिका पशु शाखा प्रमुख होमबहादुर थापा गोरु पाल्दा वातावरणमा सकारात्मक प्रभाव पर्ने भएकाले यसलाई जोगाइ राख्नुपर्ने आवश्यकता देख्छन् । त्यसैकारण पालिका आफैँले यो अभियानको सुरुआत गरेको उनले बताए ।

    गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलोपटक सहयोग पाउँदा सम्मानको महसुस गरेको बताए । उनले रेशमा आफूजस्ता हलगोरु पाल्ने पाँच जना किसानले अनुदान पाएको बताए ।

    काठेखोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए । यस्तै, किसानलाई निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाईभैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले बताए । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणमा सहयोग गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    समाचार

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑