
काठमाडाैं, ५ असार । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। यसअघि मूल्यमा केही कमी आएकोमा आज थप गिरावट देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। आज छापावाला सुन प्रति तोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन १ लाख ९५ हजार ९०० रुपैयाँ प्रति तोलामा किनबेच भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि तोलामा २५ रुपैयाँले कमी आएको छ। आज चाँदी प्रति तोला २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य २ हजार २२५ रुपैयाँ प्रति तोला रहेको थियो।
