• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ८ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ९ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ ३१, आईतबार (२ महिना अघि)
  • ३४७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • पोखरा । कास्की को नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल ,देवका पाहारी, नन्दकला नेपालीले संयुक्त उदघाटन उद्घाटन गर्नु भएको थियो । सो क्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले जिल्ला समन्वय समिति बर्तमान कानुनि ब्यबस्था अनुसार ,प्राप्त अधिकारको उच्चतम सदुपयोग मार्फत प्रभाबकारी कार्य सम्पादनमा तल्लिन रहेको भन्दै यसको थप मजबुतिकरणका सन्दर्भमा कानुन निर्माण र अन्य ब्यबस्थापनका बिषयमा प्रयत्नशील रहने उल्लेख गर्नुभयो ।

    प्रदेश सभा सदस्य देवका पाहारीले सदन मार्फत जिससहरूको भूमिकालाइ थप शसक्त बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि पहलकदम लिने उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तीनै तहको सरकारको प्रतिनिधित्व गरी विकास समन्वय, सहजीकरण ,अनुगमन जस्ता कार्यभार सुम्पिएको राजनितिक इकाइको रुपमा रहेको जनप्रतिनिधिमुलक संस्था जिल्ला समन्वय समिति माथि अनेक वाहानामा विभिन्न कोणवाट प्रश्न उठाउने काम भएको भन्दै प्रत्येक जिल्ला वासीको भौगोलिक पहिचानसंग जोडिएको जिल्लाको चिनारी वा अस्तित्वलाइ कमजोर वनाउने र जन प्रतिनिधीहरुलाइ निरुत्साहित गर्ने कार्य प्रति जिल्ला सभाले खेद व्यक्त गरेको उल्लेख गर्नुभयो ।

    प्रमुख पौडेललेका अनुसार संविधान संसोधनका समयमा जिससको भूमिकालाइ अझै थप प्रभावकारी वनाउन, नेपाल सरकार कार्य विस्तृतीकरण प्रतिवेदन पुनरावलोकन गर्दा जिल्ला समन्वय समिति महासंघको प्रतिनिधित्वको व्यवस्था अनिवार्य वनाउन, अधिकार, कर्तव्य र कार्यलाइ अझ स्पष्ट पार्न, समन्वयकारी भूमिकालाइ सुदृढ गर्न, अनुगमन तथा मूल्यांकन कार्यलाइ व्यवस्थित वनाउन, विवाद समाधान संयन्त्रका रुपममा विकास गर्न जिल्ला सभाले माग गरेको छ ।

    त्यसैगरी कानूनी आधार सहित भूमिका दिइ योजना तथा विकास समन्वय केन्द्र वनाउन, जिल्ला तथ्यांक तथा सूचना केन्द्र स्थापना गर्न ,नियमित क्षमता अभिवृद्धि कार्यक्रम, भ्रष्टाचार रहित समाज सिर्जाना गर्न, सुशासन र जवाफदेहिताको प्रवर्द्धन गर्न, ठूला योजनामा सार्वजनिक सुनाइ साथै सामाजिक परीक्षणको कार्य गरी सुशासनमा सहयोग पुर्याउन संघीय संसदका सदस्यहरुलाइ जिल्लामा रहेका विकास निर्माण तथा समस्याका वारेमा छलफल र सूचना प्रवाहका लागि जिल्ला समन्वय समितिमा मुख्य सम्पर्क कार्यालय स्थापना गर्न पर्ने जिल्ला सभाले औल्याएको छ ।

    संघ प्रदेश र स्थानीय तह वीचको प्रभावकारी पुल, विकास समन्वयकर्ता र अनुगमनकारी संस्थाकारुपमा थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न जिल्ला समन्वय समिति कास्कीको नवौं जिल्ला सभाले जोडदार माग गरेको छ । कार्यक्रममा प्रदेश सभा सदस्य गणेशमान गुरुङ, नन्दकला नेपाली, पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, तत्कालिन जिल्ला बिकास समिति कास्कीका सभापति पुण्य प्रसाद पौडेल, कास्कीका पूर्ब प्रमुख बैन बहादुर अधिकारी क्षेत्री ,कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ,पोखरा महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृतमुक्तिराम अर्याल,एमाले कास्कीका उप सचिब सन्तु सुबेदी, नेपाली कम्युनिस्ट पार्टीका खड्ग हमाल, रा प्र पा का नारायण गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमाराज बास्तोला,नेपाल रेडक्रस कास्कीका अध्यक्ष उर्मिला खड्का,जिसस तनहुँका उप प्रमुख बासुदेब थापा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल सहितले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    सभाले आगामी बर्ष २०८३-८४ को बार्षिक नीति तथा कार्यक्रम समेत पारित गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न सभामा स्वागत उप-प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑