आज: २०८३ भाद्र १६, मंगलबार
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ८ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ९ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ ३१, आईतबार (२ महिना अघि)
  • ३३८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता तथा समग्र विकास सुनिश्चित गर्ने उद्देश्यले टोखा नगरपालिका वडा नं. ४ र ६ लाई संयुक्त रूपमा बालमैत्री वडा घोषणा गरिएको छ । टोखा नगरपालिकाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष सन्तोष बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो भने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई तथा नगर प्रवक्ता बच्चुराम बस्याल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, सम्बन्धित वडाका अध्यक्षहरु तथा सदस्यहरू, कर्मचारीहरु, अभिभावकहरु र बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष सन्तोष बुढाथोकीले बालबालिकामा गरिएको लगानीले राष्ट्रको भविष्य सुनिश्चित हुने बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालअधिकार संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बालमैत्री वडा घोषणा केवल औपचारिकता नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने प्रतिबद्धता भएको बताउनुभयो । उहाँले बालबालिकाको सहभागिता सुनिश्चित गर्दै उनीहरूको प्रतिभा, नेतृत्व क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा नगरपालिका निरन्तर लागिपर्ने धारणा व्यक्त गर्नुभयो ।

    टोखा नगरपालिका वडा नं. ६ की वडा अध्यक्ष शान्ता पौडेलले बालमैत्री वडा निर्माण केवल घोषणा मात्र नभई आगामी पुस्ताप्रतिको दायित्व र प्रतिबद्धता भएको बताउँदै बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनमा वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।

    त्यसैगरी, टोखा नगरपालिका वडा नं. ४ का अध्यक्ष धर्वेन्द्र श्रेष्ठले बालमैत्री वडा निर्माणका लागि समुदाय, विद्यालय, अभिभावक तथा स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित, सम्मानित र अवसरयुक्त वातावरण प्रदान गर्न वडा कार्यालय सदैव प्रतिबद्ध रहने उल्लेख गर्नुभयो ।

    टोखा नगरपालिका वडा नं. ४ का नगर बाल सञ्जाल अध्यक्ष धिरेन्द्र बुढाले बालमैत्री वडा घोषणा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै विशेष रूपमा वडा नं. ४ का वडा अध्यक्ष धर्वेन्द्र श्रेष्ठ तथा वडा नं. ६ की वडा अध्यक्ष शान्ता पौडेलप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले बालबालिकाको क्षमता विकास, सहभागिता र नेतृत्व प्रवर्द्धनमा जनप्रतिनिधिहरूले देखाएको प्रतिबद्धता प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि बालमैत्री समाज निर्माणका लागि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो ।

    टोखा नगरपालिका वडा नं. ६ का नगर बाल सञ्जाल कोषाध्यक्ष प्रत्युश बन्जाडेले बालबालिकाको सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्दै बालमैत्री समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको आवाजलाई सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयो।

    टोखा नगरपालिका वडा नं. ४ र ६ को यो पहललाई आगामी पुस्ताको उज्ज्वल भविष्य निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै सबै सरोकारवालाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑