• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १२, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ३ घण्टा अघि

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      १ दिन अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १ दिन अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १ दिन अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १ दिन अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      १ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      १ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      १ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      १ दिन अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      १ दिन अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ १२, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    नेपालको वैदेशिक व्यापारमा ऐतिहासिक सुधार: ११ महिनामै २ खर्ब ४७ अर्बको निर्यात, खानेतेलको योगदान सर्वाधिक

  • लाईभ नेपाल
  • २०८२ अषाढ ६, शुक्रबार (११ महिना अघि)
  • ७४१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८८ मिनेट

  • काठमाडाैं, ६ असार । चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ। २०८१ साउन महिनादेखि २०८२ जेठसम्मको ११ महिनाको अवधिमा करिब साढे २ खर्ब (२ खर्ब ४७ अर्ब) रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो नेपालको अन्तर्राष्ट्रिय व्यापार इतिहासमै कुनै पनि आर्थिक वर्षमा नदेखिएको उच्च निर्यात वृद्धिदर हो। भन्सार विभागको तथ्यांकअनुसार पछिल्ला सात महिनादेखि निर्यातमा निरन्तर उच्च वृद्धि कायम छ, जसमध्ये पछिल्ला चार महिनामा मात्रै १ खर्ब २१ अर्ब रुपैयाँको निर्यात भएको छ।

    पछिल्ला करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार घट्दै गएकोमा चालु वर्षको पछिल्लो सात महिनामा भने यसमा उल्लेखनीय सुधार आएको छ। विगतमा कुनै पनि आर्थिक वर्षमा वार्षिक २ खर्ब रुपैयाँसम्म मात्र निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भएको २ खर्ब ३ करोड रुपैयाँ नै अहिलेसम्मको उच्च निर्यात थियो। तर, चालु वर्षको ११ महिनाको अवधिमा नै २ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७७ प्रतिशतले बढी हो। यो वृद्धिदर आर्थिक वर्ष २०३१/३२ यता आर्थिक वर्ष २०४०/४१ मा ५० प्रतिशत र त्यसपछिको आर्थिक वर्षमा ६० प्रतिशत पुगेको रेकर्डलाई पनि उछिनेको छ। गत साउनदेखि असोज महिनासम्म जम्मा ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.११ प्रतिशतले कम थियो। तर, त्यसयताको ८ महिनामा भने २ खर्ब १० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ, र पछिल्लो चार महिना लगातार ३० अर्ब माथिको निर्यात कायम छ।

    चालु आर्थिक वर्षमा चिया, धागो लगायतका धेरै मूल्य अभिवृद्धि हुने नेपाली उत्पादनहरूको निर्यात बढेको छ। कुकुर-बिरालोको खानाको निर्यात करिब ३६ प्रतिशतले बढेर ४ अर्ब रुपैयाँ बराबर पुगेको छ भने खयर कत्थाको निर्यात २१ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ। यद्यपि, यो उच्च निर्यात वृद्धिमा सबैभन्दा ठूलो हिस्सा खानेतेलको रहेको छ। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् केशव आचार्यका अनुसार, २०५२ सालदेखि यता नेपालको जहिले पनि निर्यात बढेको हुन्छ, त्यतिबेला वनस्पति घ्यु-तेलको हिस्सा सर्वाधिक रहने गरेको छ। चालु वर्षमा अत्यधिक निर्यात बढ्नुमा प्रशोधित भटमासको तेलको हिस्सा धेरै छ। ११ महिनाको अवधिमा भएको २ खर्ब ४७ अर्ब रुपैयाँको निर्यातमा ३८ प्रतिशत हिस्सा भटमासको तेलको छ। यो अवधिमा ९३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको प्रशोधित भटमासको तेल निर्यात भएको छ। जबकि अघिल्लो वर्ष यही अवधिमा ८७ करोड रुपैयाँ बराबरको मात्र प्रशोधित भटमासको तेल निर्यात भएको थियो।

    भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट आयात गरिन्छ र रिफाइन गरेर उपभोग्य तेल भारतमा निर्यात हुन्छ। २०८१ भदौमा भारतले खाने तेलको आयातमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएको थियो। यसले अन्य राष्ट्रबाट भारतमा जाने तेल महँगो भए पनि नेपाल-भारतको वाणिज्य सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने यस्तो तेललाई भन्साररहित सुविधा छ। यद्यपि, आयात गरिएको कच्चा पदार्थको हकमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्ने शर्त लागू हुन्छ। जेठ महिनादेखि भारतले यस्तो तेलमा १० प्रतिशत विन्दुले भन्सार घटाए पनि नेपाली उद्योगीहरूले १० प्रतिशतसम्मको भन्सारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन्। जेठको निर्यात तथ्यांकमा भन्सार घटेको प्रभाव भने देखिएको छैन। भटमाससँगै सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेको छ। चालु वर्षको ११ महिनामा ११ अर्ब ३३ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १६ करोड रुपैयाँ मात्र थियो। सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेनलगायतका देशबाट किनेर रिफाइन गरिएको उपभोग्य तेल भारतमा बेचिन्छ। यस वर्ष धागो निर्यात पनि बढेको छ। १० महिनाको अवधिमा ११ अर्ब ६२ करोडको धागो निर्यात भएको छ। तर, अघिल्लो आर्थिक वर्षमा नेपालबाट निर्माणजन्य सामग्रीको निर्यात अत्यधिक भएकोमा यो वर्ष भने यस्ता सामानको निर्यात निकै घटेको छ।

    यस्ता छन् ११ महिनामा सबैभन्दा धेरै निर्यात हुने १५ वस्तु

    धेरै निर्यात भएका वस्तु गत वर्षको निर्यात चालु वर्षको निर्यात घटबढ
    भटमासको तेल प्रशोधित ८८ अर्ब ९३ अर्ब ५२ करोड ९२ अर्ब ६४ करोड धेरै
    धागो १० अर्ब ५० करोड १३ अर्ब १ करोड दुई अर्ब ५१ करोड धेरै
    सूर्यमुखीको प्रशोधित तेल १६ करोड ११ अर्ब ३४ करोड ११ अर्ब १८ करोड धेरै
    ऊनी गलैंचा कार्पेट नौ अर्ब ६९ करोड नौ अर्ब ७८ करोड नौ करोड धेरै
    फलामे पाता १० अर्ब २६ करोड नौ अर्ब १० करोड एक अर्ब १६ करोड कम
    तयारी कपडा ७ अर्ब ७२ करोड ७ अर्ब २७ करोड ४५ करोड कम
    फलफूलको जुस ७ अर्ब ९३ करोड ७ अर्ब २५ करोड ६८ करोड कम
    अलैँची ७ अर्ब ४६ करोड ७ अर्ब १९ करोड २७ करोड कम
    प्लाइउड ६ अर्ब ६५ करोड ६ अर्ब ६१ करोड चार करोड कम
    जुटका बुनिएका कपडा ४ अर्ब १३ करोड ६ अर्ब ६६ करोड एक अर्ब ५३ करोड बढी
    जमोठ कपडा ४ अर्ब ३४ करोड ४ अर्ब ६३ करोड २८ करोड बढी
    चिया ३ अर्ब १६ करोड ४ अर्ब २० करोड एक अर्ब ४ करोड बढी
    कुकुर वा बिरालोको खाना २ अर्ब ९३ करोड ३ अर्ब ९९ करोड एक अर्ब ७ करोड बढी
    पिना  २ अर्ब ६६ करोड ३ अर्ब २७ करोड ६१ करोड बढी
    ऊनी,सुती,टेरीकटन बाहेकका कपडा २ अर्ब ८८ करोड २ अर्ब ७७ करोड ४९ करोड बढी

    यो वर्ष आयातमा पनि सुधार देखिएको छ। चालु वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। यो अघिल्लो वर्षको यसै समयको तुलनामा १३ प्रतिशतले बढी हो। आयात बढ्नुमा पनि प्रमुख हिस्सा खाने तेलको नै देखिएको छ। यो अवधिमा ९५ अर्ब ७२ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ, जबकि गत वर्ष यसै समयमा १३ अर्ब रुपैयाँ बराबरको मात्रै आयात भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    समाचार

    लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑